५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

नागरिकता कानुन विधेयकविरुद्ध जनकपुरमा प्रदर्शन

विवाह गरी नेपाल आउने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने नयाँ कानुनी व्यवस्थाको विरोधमा जनकपुरमा प्रदर्शन भएको छ । जनता समाजवादी पार्टी (जसपा) को पुर्व निर्धारित कार्यक्रम अनुुसार मंगलावर प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार विरुद्ध मन्त्री, सांसद, मेयर लगायत जिल्लाका विभिन्न ठाउँ आएका नेता कार्यकर्ताले प्रदर्शन गरेका हुन् ।  

जनकपुरको जनक चोकबाट जसपाले निकालेको विरोध जुलुशमा प्रदेशका भौतिक पुर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव, भूमी व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्र साह, प्रतिनिधिसभा सदस्य उमाशंकर अरगरिया, प्रदेशसभा सदस्य परमेश्वर साह, रामअशिष यादव, जनकपुरधाम उपमहागरका प्रमुख लालकिशोर साह लगायतका सयौँ नेता तथा कार्यकर्ताले सहभागी जनाएका थिए ।  

जुलुसपछि कोणसभालाई सम्बोधन गर्दै नेताहरुले नागरिकता संशोधन विधेयक फिर्ता नलिए आन्दोलन चर्काउने चेतावनी दिए । नागरिकता संशोधन विधेयकको विरुद्धमा आफ्नो आधार क्षेत्र प्रदेश २ मा जनता समाजवादी पार्टीले दिनहु प्रदर्शन गरिरहेको छ भने नेपाली कांग्रेसले समेत यो विधेयक फिर्ता लिन माग गर्दै जनकपुरमा नारा–जुलुस र प्रदर्शनलाई निरन्तरता दिएको छ ।

प्रकाशित: १६ असार २०७७ १२:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App