नक्कली प्रतिवेदनको आधारमा नगरपालिकाद्वारा रकम भुक्तानी गरेको खुलासा
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाले कामै नभएर नक्कली योजना अनुगमन प्रतिवेदनको आधारमा एक योजनामा रकम भुक्तानी गरेको रहस्य बाहिरिएको छ। पर्यटन पूर्वाधार विकास कार्यक्रमको आर्थिक वर्ष ०७५/०७६ को स्वीकृत कार्यक्रम अन्तर्रगत त्रिपुरासुन्दरी नगरपालिका–१ मा पर्ने त्रिपुरासुन्दरी मन्दिरदेखि कुमारीकोट बगर हुँदै फोक्सुण्डो प्रवेशद्वार सुलगाड जाने पदमार्ग निर्माणको नाममा नेपाल पर्यटन वोर्डले उपलब्ध गराएको दश लाख रुपैयाँ कामै नभएको अवस्थामा पनि नक्कली अनुगमन प्रतिवेदनको आधारमा उपभोक्तालाई भुक्तानी गरिएको पाइएको हो।