२१ आश्विन २०८१ सोमबार
image/svg+xml

गत वर्ष १३ अर्ब ३२ करोड रुपैयाँ दाबी भुक्तानी

निर्जीवन बिमा कम्पनीले गत आर्थिक वर्ष ०७५/७६ मा १३ अर्ब ३२ करोड १२ लाख रुपैयाँ बिमा दाबी भुक्तानी गरेका छन्। सो अवधिमा एक लाख तीन हजार आठ सय ६८ वटा दाबी परेकामा ८२ हजार दुई सय ८० वटाको भुक्तानी भइसकेको छ।

भुक्तानी नपाए सिनो हाइड्रोलाई काम गर्न नदिने चेतावनी

मेलम्ची खानेपानी आयोजनाको बाँकी काम गर्न चिनियाँ कम्पनी सिनो हाइड्रो छनोट भएपछि पूर्वठेकेदार इटालियन सिएमसीका आपूर्तिकर्ता, स्थानीय बिक्रेता र मजदुरले आफ्नो बाँकी रकम भुक्तानी नपाए नयाँ कम्पनीलाई काम गर्न नदिने चेतावनी दिएका छन्।

मेलम्ची आयोजनामा डेढ अर्ब माग्दै सरकारलाई सात दिने अल्टिमेटम

आयोजनाको सुरुङ निर्माण सामग्री आपूर्ति, मजदुर पारिश्रमिक र स्थानीय विक्रेताको उधारोसमेत सिएमसीसँग एक अर्ब ६५ करोड ७४ लाख रुपैयाँ भुक्तानी पाउनुपर्ने दाबी गरेका उनीहरुले सात दिनको अल्टिमेटम दिएर आन्दोलनको चेतावनी दिएका छन्।

उखु किसानले अझै पाएनन् भुक्तानी

पश्चिम नवलपरासीका उखु किसानले चिनी उद्योगहरुलाई अघिल्लो वर्ष उधारोमा उखु दिएबापतको रकम अहिलेसम्म पनि पाउन सकेका छैनन्।

अनुगमनबिनै तीन करोड बढी भुक्तानी

३९० घण्टाको तालिम सञ्चालन गरेबापत् विद्यालयले तीन लाख ३९ हजार दुई सय रुपैयाँ भुक्तानी पायो। विद्यालयले भुक्तानीका लागि पेस गरेको विवरण र सिटिइभिटीको अनलाइन विवरणमा उल्लेख भएका विद्यार्थी विवरण कुनै पनि विवरण मिल्दैन।

श्रमदानले हुने काममा साढे २ अर्ब खर्च

गत आवमा पाँच सय ९९ स्थानीय तहले ६ हजार आठ सय ६४ कार्यक्रममा संलग्न भएर सरसफाइ, नाला मर्मत र झार टिपेबापत एक लाख ७५ हजार नौ सय नौजनालाई साढे २ अर्ब रुपैयाँ भुक्तानी दिएका छन्।

'चोरबाटो’बाट मेला–महोत्सवलाई भुक्तानी

कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले चालू आर्थिक वर्षका लागि भेरी र कर्णाली नदीमा -याफ्टिङ सञ्चालन गर्न १० लाख रुपैया छुट्यायो।

नवलपरासीका उखु किसानले ६१ करोड भुक्तानी पाएनन्

बर्सेनि उधारोमा उखु बेच्न बाध्य नवलपरासीका किसानले यसपालि पनि उखुको भुक्तानी समयमै नपाउँदा मर्कामा परेका छन्।चिनी मिल बन्द भएको महिना दिन बितिसक्दा पनि आफूहरुले भुक्तानी नपाएको उखु किसानले बताएका हुन्। यो वर्ष जिल्लामा करिब १३ लाख क्विन्टल उखु क्रसिङ भएको छ।करिब एक लाख क्विन्टल उखु खेतमा छदै मिल बन्द गरेर किसानलाई बिचल्लीमा पारेका उद्योगीले क्रसिङ गरेको उखुको भुक्तानीसमेत नदिँदा किसान थप मर्कामा परेका हुन्।

मेलम्चीको काम ठप्प पार्ने चेतावनी

मेलम्ची खानेपानी आयोजनाको इटालियन ठेकेदार कम्पनी सिएमसीले काम छाडेको छ महीना बितिसक्दा पनि स्थानीय मजदूर र ठेकेदारले पाउनुपर्ने रकम भुक्तानीको सुनिश्चितता नभएपछि आयोजना पीडित स्थानीय सङ्घर्ष समिति थप आक्रोशित बनेको छ।

भुक्तानी नपाउँदा मर्नु न बाँच्नु भइयो

पैसा माग्न चिनी उद्योगमा धाउँदाधाउँदा आजित भएको सिंह र महतोको गुनासो छ। ‘उद्योग महिना दिनअघि बन्द भइसक्यो, पैसा माग्न जाँदा एक–दुई जना भेटिन्छन्,’ महतोले भने, ‘तर उनीहरुले पैसा दिन त परै जाओस् केही कुरै गर्न चाहँदैनन्।’

भुक्तानी माग्दै उखु किसान अनशनमा

उधारो उखुको रकम भुक्तानी माग गर्दै उखु किसान संघर्ष समितिले आइतबारबाट मलंगवामा रिले अनशन सुरु गरेको छ। धनकौल गाउँपालिकामा रहेको अन्नपूर्ण सुगर एन्ड जेनरल इन्डस्ट्रिज प्रालिले विगत तीन आर्थिक वर्षको र गोडैता नगरपालिकास्थित बगदहमा रहको श्री महालक्ष्मी सुगर प्रालिले पाँच महिनाको बाँकी राखेको रकम भुक्तानी माग गर्दै मलंगवाको सहिद पार्कमा उखु किसानले रिले अनशन सुरु गरेका हुन्।

किसानलाई अझै सात अर्ब तिर्न बाँकी

समयमा किसानलाई भुक्तानी नदिएर अल्झाउँदै आएका चिनी उद्योगी र सरकारले यो वर्ष पनि अझै सात अर्ब रुपैयाँ दिएका छैनन्। उखु क्रसिङको सिजन सकिए पनि किसानले भुक्तानी पाएका छैनन्।

रकम भुक्तानीका लागि ‘चोर बाटो’ प्रयोग

कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले डिभिजन वन कार्यालय सुर्खेतलाई ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५ प्रवद्र्धन कार्यक्रम’ शीर्षकमा चालू आर्थिक वर्षको सुरुमै पाँच लाख रुठायो। वन कार्यालयले उक्त बजेटमार्फत सुर्खेतको कुनै पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने तयारी गरेको थियो। तर वन कार्यालयले कामका बारेमा कुनै निर्णय गर्नुअगावै मन्त्रालयबाट फर्म तोकेर रकम भुक्तानी गर्न विशेष निर्देशन आयो।

६८ करोड बाँकी राख्दै उद्योग बन्द

करोडौं रुपैयाँ भुक्तानी बाँकी राख्दै उखु उद्योग बन्द भएपछि किसानमा फेरि निराश बनेका छन्। विगतका वर्षको आठ करोड र चालू क्रसिङ सिजनको ६० करोड रुपैयाँ भुक्तानी दिनुपर्ने रकम बाँकी राख्दै गत हप्ता गरुडास्थित श्रीराम सुगर मिल्स बन्द भयो।

कछुवा गतिमा सिक्टाको पूर्वी नहर

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको पूर्वी नहर निर्माणमा सुस्तता छाएको छ। उक्त नहर निर्माणका लागि ठेकेदार ‘कुमार कालिका जेभी’ले २०७४ साउन १० (२४ जुलाई २०१७) मा सम्झौता गरेको थियो। कुल तीन अर्ब ६ करोड ९८ लाख ५९ हजार दुई सय ५९ रूपैयाँ लागतमा सम्झौता भएको उक्त काम सम्पन्न गर्न ठेकेदारले २८ महिनाको समय पाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्