७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

बँदेलका लागि थापेको पासोमा चितुवा परेपछि...

डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलका अनुसार आज बिहान हेर्न जाँदा स्थानीयले चितुवा पासोमा परेको देखेका हुन्। उनले भने, 'चितुवाको ढाडमा पासो परेको छ। उद्धारका लागि महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोली बैतडी आउँदैछ।'

चितुवा नियन्त्रण गर्न स्वचालित क्यामेरा जडान

निकुञ्ज कार्यालयबाट अरू क्यामेरासमेत ल्याएर चितुवा बस्ती छिर्ने ठाउँको पहिचान गरी जडान गर्ने कार्य हुने उनले बताए। चितुवाले दुई सातादेखि सो नगरपालिकाका वडा नं १ र २ मा गरी स्थानीय किसानले पालेका दुई दर्जन बढी बाख्रा र त्यही सङ्ख्याका गाईका बाच्छाबाच्छी मार्ने र खाने गरेको छ।

सडकमै दैनिक भेटिन्छन् चितुवा

‘बाटैभरी चितुवा छ,‘साँझपख एक्लै यात्रा नगरेकै राम्रो हुन्छ’, शिक्षक थापाले भने। सडकखण्डमै देखिएको अवस्थामा मोटरसाइकललाई पछ्याउने गरेकाले मानवीय दुर्घटनाको जोखिमले यात्रु त्रसित हुनु परेको छ।

बन्दीपुर क्षेत्रमा चितुवाको त्रास

असोज अन्तिम साता बन्दीपुर –५ बाहुन भञ्ज्याङमा चितुवाको आक्रमणबाट ९ वर्षीया स्वीकृति थापाको मृत्यु भएको थियो । यसपछि बन्दीपुरमा चितुवाको त्रास बढेको भन्दै डिभिजन वन कार्यालय तनहुँले सतर्कता अपनाउन आग्रह समेत गरेको छ।

चितुवाको छाला र हड्डीसहित तीन जना पक्राउ

उनीहरुको साथबाट एक थान चितुवाको छाला र एक किलो ४० ग्राम हड्डी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता (डिएसपी) मधुसुदन न्यौपानेले जानकारी दिएका छन्।

हिमचितुवा ‘के वान सुपर वेल्टरवेट सुपर फाइट’ मा भिड्दै

आज सामाजिक सञ्चालमा के वान क्लबले ‘के वान सुपर वेल्टरवेट सुपर फाइट’ प्रतियोगितामा बक्सरद्वय अविरल र फुजीमुरा बीचमा भिडन्त हुने जनाएको छ। ‘

उत्तरी गोरखामा हिमचितुवाले १६ वटा खच्चड मार्‍यो

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका ६ चुम्चेतमा हिमचितुवाले १६ वटा खच्चड र एउटा घोडा मारेको छ।

हिउँ चितुवाको खाना सम्बन्धी अनुसन्धान हुने

गौरीशंकर संरक्षण क्षेत्रमा रहेको हिउँ चितुवाको खाना सम्बन्धी खोज अनुसन्धान हुने भएको छ।

चितुवाको छालासहित दुई पक्राउ

चितुवाको छालासहित दुई जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ। अछाम मेललेख गाउँपालिका वडा नम्बर ३ दर्पा निवासी २७ वर्षीय डम्बर बुढा र रामारोशन गाउँपालिका वडा नम्बर ५ का ३५ वर्षीय नन्दु बुढालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो।

चितुवाको आक्रमणबाट महिला घाइते

चितुवाको आक्रमणबाट सुर्नया गाउँपालिका–८, सेलाकी ४२ वर्षीया जानकी साउद घाइते भएकी छन् । मंगलबार दिउँसो करिब साढे एक बजे घर नजिकैको जंगलमा गोरुबाख्रा चराउन गएकी साउँदलाई चितुवाले आक्रमण गरि घाइते बनाएको वडाध्यक्ष आनन्दसिंह बोहराले जानकारी दिए । जंगलमा चितुवाले बख्रालाई आक्रमण गरेको र बाख्रा बचाउने क्रममा साउदलाई आक्रमण गरेको बताइएको छ ।

गोठमा बाँधेका जनावर चितुवाले खान थालेपछि लक्ष्मीपुरवासी चिन्तित

चितुवाले दैनिक घरपालुवा जनावर गोठबाटै लगेर खान थालेपछि शुक्लाफाँटा नगरपालिका–२ लक्ष्मीपुरका बासिन्दा निकै चिन्तित भएका छन्। गाउँजजिकैको लक्ष्मी मध्यवर्ती सामुदायिक वनबाट राति आउने चितुवाले स्थानीय बासिन्दाका गोठमा बाँधेका जनावर खान थालेको छ।

सवारीको ठक्करबाट चितुवाको मृत्यु

डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार आठ महिनाको जस्तो देखिने पोथी बच्चालाई सवारी साधनले ठक्कर दिँदा मृत्यु भएको हो।

बैतडीमा मृत चितुवा फेला

बैतडीमा मृत चितुवा फेला परेको छ । सुर्नया गाउँपालिका–३ को बकजेवला भन्ने स्थानमा शनिबार मृत चितुवा फेला परेको वडाध्यक्ष दिलाराम भट्टले जानकारी दिए । २ फिट उचाई र झण्डै ६ फिट लम्बाईको मृत चितुवा देखे पछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । आइतबार बिहान प्रहरी टोली र डिभिजन वन कार्यालय बैतडीको टोलीले वन कार्यालय ल्याएर मृत चितुवाको व्यवस्थापन गरिएको डिभिजन वन कार्यालयका डिभिजन प्रमुख केशब पराजुलीले बताए ।

डोटीमा चितुवा आतङ्क, स्थानीयवासी चिन्तित

शिखर नगरपालिका–३ आलीअतुरालीको गुबाडी क्षेत्रमा चितुवाले आतङ्क मच्चाउन थालेपछि स्थानीयवासी चिन्तित भएका छन्। स्थानीयवासी तेजबहादुर बोगटीका अनुसार चितुवाले एक हप्ताको अवधिमा कम्तीमा पनि आठ चौपाया मारेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्