१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बँदेलका लागि थापेको पासोमा चितुवा परेपछि...

बैतडीमा बँदेलका लागि थापेको पासोमा चितुवा परेको छ। दशरथचन्द नगरपालिका–४ बिनासौँमा स्थानीयले जङ्गली बँदेलका लागि मकैबारीमा  थापेको पासोमा चितुवा फसेको हो।  

डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलका अनुसार आज बिहान हेर्न जाँदा स्थानीयले चितुवा पासोमा परेको देखेका हुन्। उनले भने, 'चितुवाको ढाडमा पासो परेको छ। उद्धारका लागि महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोली बैतडी आउँदैछ।'  

उद्धार टोली आज बेलुकासम्म आइपुग्ने बताइएको छ। 'त्यतिबेलासम्म नेपाली सेनाको टोलीले चितुवालाई खोरमा हाल्ने प्रयास गर्नेछ', कँडेलले भने।रासस

प्रकाशित: १ भाद्र २०७९ ०६:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App