२२ असार २०८१ शनिबार
image/svg+xml

पोखरा सडक महोत्सवमा पाहुनाः तीनकिलोमिटर दूरी भरिभराउ

कोरोना संक्रमण सुरु भएको दुई पुगेर तीवर्ष लाग्यो। यो बीचमा पर्यटन क्षेत्रले कहिले सुस्ताउने त कहिले ब्यूँतने प्रयत्न ग¥यो। संक्रमण सुरु भएपछिको दुईवर्ष पुरा अवधिमा पर्यटन क्षेत्रले जे जति सकस खेप्यो, त्यो सकस बिर्साउने गरि शुक्रबार पोखरामा पाहुनाको मानवसागर ओर्लियो।

पोखरामा नयाँ वर्ष स्वागतार्थ सडकमा उत्रिएको भीड (फोटोफिचर)

अंग्रेजी वर्ष २०२१ को बिदाई गर्दै नयाँ वर्ष २०२२ लाई पर्यटकीय क्षेत्र लेकसाइडले सडकबाटै भव्य स्वागत गरेको छ। सडकमा रहेका हजारौं सहभागी पाहुनाले लेकसाइडको सडकबाटै नयाँ वर्षको स्वागत गरेका थिए।

पोखरामा तीनदिने सडक महोत्सव सुरु

बिहीबार महोत्सवमा फरकफरक ठाउँका सांस्कृतिक झाँकी प्रदर्शन गरियो, जसमा भक्तपुरको कुमारी नाच, हिमाली जिल्लाको याक नाच, गुरुङ समुदायको छ्याँडु र घाटु नाच, भजन किर्तन, थारु नाच लगायत थिए।

गृहमन्त्रीको चाहनाः पर्यटकीय क्षेत्र चौबिसै घण्टा खुलोस

पर्यटकीय क्षेत्र लेकसाईड चौबिसै घण्टा खोल्ने विषयमा छलफल र बहस चलिरहँदा गृहमन्त्री बालकृष्ण खाँणले भने पर्यटकीय क्षेत्रलाई आवश्यक अनुसार पूरैदिन (२४ घण्टा) घण्टा खोल्ने तयारीमा सरकार रहेको बताएका छन्।

पोखरा सडक महोत्सवः थप आन्तरिक पाहुना तान्ने प्रयास

पुरानो अंग्रेजी वर्ष बिदाई र नयाँवर्ष स्वागतको अवसर पारेर अझै बढी आन्तरिक पाहुना पोखरा भिœयाउने तयारीमा व्यावसायी जुटेका छन्। आन्तरिक पाहुना भिœयाउन सके कोरोनाबाट थलिएको व्यवसाय अझ माथि उकासिने व्यवसायीको विश्वास छ।

पर्यटनमा कोरोना असरः दर्जन प्याराग्लाइडिङ कम्पनी बन्द

कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्र अझै उठ्न सकेको छैन। कोरोना संक्रमणका कारण प्याराग्लाइडिङका झन्डै एकदर्जन कम्पनि बन्द भएका छन्। कर्मचारी, कार्यालय, सवारी व्यवस्थापन सहित विभिन्न निकायमा नवीकरण बापत वर्षमा ठुलो रकम तिर्नुपर्ने र खर्चबापतको रकम कमाई हुने अवस्था नभएपछि कम्पनि नै संचालन नगरि बसेको व्यावसायीले बताएका छन्।

पोखरा सडक महोत्सवका लागि सहकार्य

अंग्रेजी नयाँवर्षको अवसरमा यहाँ आयोजना हुने पोखरा सडक महोत्सवमा नेपाल रिपब्लिक मिडिया र मेला आयोजक रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान) बीच सहकार्य हुने भएको छ। त्यसका लागि मिडिया र रेबानबीच सम्झौता भएको छ।

२३ औं संस्करणको ‘पोखरा सडक महोत्सव’ तयारी

यो पटकको २३ औं संस्करण पनि तीनदिन मात्र हुने आयोजक रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान) पोखराले जनाएको छ। रेबानका अध्यक्ष लक्ष्मण बरालले २३ औं संस्करण पुस १५ देखि १७ गतेसम्म आयोजना गर्न थालेको जानकारि दिए।

पाहुना बोलाउन पोखरामा एकदिने सडक महोत्सव हुँदै

लामो समयदेखि ठप्प रहेको पर्यटन क्षेत्रलाई ब्यूताउँन पर्यटन व्यवसायी सक्रिय बन्न थालेका छन् । त्यसका लागि पर्यटक तान्ने विभिन्न कार्यक्रम व्यवसायीले गर्न थालेका छन् । व्यवसायीले पाहुनालाई पोखरासम्म तान्नकै लागि विश्व पर्यटन दिवसका अवसर पारेर आगामी सोमबार लेकसाइडमा एक दिनका लागि सडक महोत्सव आयोजना गरेका छन् ।

सुस्ताएको पर्यटन ब्यूताउँने प्रयास

अघिल्ला वर्षसम्म पाँचदिन अवधि हुने महोत्सव अहिले घटाएर तीनदिनमा झारिएको छ । औपचारिकता र निरन्तरताका लागि मात्र यो पटक महोत्सव हुन थालेको आयोजकको भनाई छ ।

सडक महोत्सवमा बिच भलिबल प्रतियोगिता

पोखराको लेकसाईडस्थित फेवा किनारमा रहेको बिच भलिबल कोर्टमा १३ महिनापछि प्रतियोगिता आयोजना हुँदैछ ।

पोखरा खुला रहेको सन्देश दिन खोजेका हौं

पोखरामा रेबानले विगत २२ वर्षदेखि यो महोत्सव आयोजना गर्दै आएको छ । अघिल्ला वर्षसम्म पाँचदिन आयोजना गरिने महोत्सव यो पटक कोरोना त्रासका कारण तीनदिनमा खुम्च्याइएको छ ।

‘पोखरा सडक महोत्सव’ तीनदिन मात्र

पुरानो अंग्रेजी वर्ष बिदाई र नयाँवर्षको स्वागत गर्दै रेबानले हरेकवर्ष एकै समय र अवधिका लागि यहाँ सडक महोत्सव आयोजना गर्दै आईरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्