coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
फोटो फिचर

पोखरामा नयाँ वर्ष स्वागतार्थ सडकमा उत्रिएको भीड (फोटोफिचर)

पोखरामा जारी सडक महोत्सवमा रमाउन शुक्रबार मध्यरात लेकसाइड पुगेका पाहुनाको भीड। तस्बिरः उमेश पुन/नागरिक

अंग्रेजी वर्ष २०२१ को बिदाई गर्दै नयाँ वर्ष २०२२ लाई पर्यटकीय क्षेत्र लेकसाइडले सडकबाटै भव्य स्वागत गरेको छ। सडकमा रहेका हजारौं सहभागी पाहुनाले लेकसाइडको सडकबाटै नयाँ वर्षको स्वागत गरेका थिए।  

पोखरामा नयाँ वर्ष स्वागत र पुरानो वर्ष बिदाई गर्न सडक महोत्सव आयोजना गरिएको छ। रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान) पोखराले सडक महोत्सव आयोजना गरेको हो। त्यही महोत्सवमा सहभागी हुन पाहुनाले सडकबाटै नयाँ वर्षलाई स्वागत गरेका थिए।  

यो महोत्सवमा सहभागी हुन स्थानीयसहित पोखरा भित्र र आसपासका जिल्लासहित राजधानी काठमाडौं, चितवन, बुटवल, वीरगञ्ज लगायतका सहरबाट हजारौं पाहुना पोखरा आएको पर्यटन व्यावसायीको भनाई छ। धेरै भारतीय पाहुना पनि यो भीडमा मिसिन आएका थिए। पोखरामा हुने सडक महोत्सवका सबैभन्दा बढी भीडभाड हुने दिन हो–डिसेम्बर ३१।  

हरेक वर्ष हुने यो महोत्सवमा अंग्रेजी पूरानो वर्ष बिदाई र नयाँ वर्ष स्वागत गर्ने दिनको बेलुकी यहाँ पाहुनाको थेगिनसक्नु भीड हुन्छ। त्यो भीड यो पटक पनि उत्तिकै भएको मेला आयोजक रेबानका अध्यक्ष लक्ष्मण बरालले बताए। उनका अनुसार शुक्रबार बेलुकीको भीड शनिबार बिहानसम्म पनि थियो।  

सहिदचोकदेखि खहरेसम्मको विभिन्न ठाउँमा भएका कार्यक्रममा आन्तरिक पर्यटकको भिड बढी थियो। यस्तै नयाँ वर्षकै उत्सवमा पोखरेलीले भिटेन र विपुल क्षेत्रीको प्रस्तुतिमा रम्ने मौका पाएका थिए। कोमागाने पार्कमा भएको प्रस्तुतिमा नाच्दै नयाँ वर्षको स्वागत गर्नेको संख्या बढी थियो। यसैगरी आतिसबाजी गरेर निकै उत्साहजनक रुपमा नयाँ वर्षकोलाई  पोखरेलीले स्वागत गरेको अध्यक्ष बरालले बताए।  

प्रकाशित: १७ पुस २०७८ ०८:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App