८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

नेपालगञ्जमा तरकारी पकेट क्षेत्र निर्माण

तरकारी आयात कम गर्ने र स्थानीय किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले नेपालगञ्जमा तरकारी पकेट क्षेत्र निर्माण गरिएको छ।

खराब मौसमका कारण नेपालगञ्जबाट हुने दैनिक उडान प्रभावित

हुस्सु र शितलहरका कारण नेपालगञ्ज विमानस्थलबाट पहाडी भेगमा हुने दैनिक उडान प्रभावित बन्न थालेका छन्।

ट्रकको ठक्करबाट एकजनाको मृत्यु

नेपालगञ्जको न्यूरोडस्थित भानुभक्त चोकमा ना७ख १७ नम्बरको ट्रकले ठक्कर दिँदा साइकलयात्री दैलेखको नारायण नगरपालिका–५ का १८ वर्षीय तेजन थापा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तिमगरले जानकारी दिए।

आठौं संस्करणको नेपालगञ्ज म्याराथन मंसिर २४ गते हुने

आठ वर्षदेखि नियमित सञ्चालन हुँदै आएको नेपालगञ्ज म्याराथनलाई विश्व म्याराथनको सर्वोच्च निकाय एशोसिएशन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) को अफिसियल क्यालेन्डरमा समावेश गरेको छ।

नेपालगञ्ज विमानस्थल: सुरक्षाकर्मीले हातले छामेर र हेरेर सामान पठाउँछन्

सामान चेकजाँच गर्न एक्स–रे मेसिन स्थापना तथा जडान गर्न छुट्टै सेड बनाएर राख्नुपर्ने भए पनि त्यसको अहिलेसम्म व्यवस्थापन हुन नसकेको विमानस्थलका प्रमुख सुरेश खनालले बताए।

जहाजको टिकट नपाउँदा सर्वसाधारण अलपत्र

उनले बिरामी लिएर काठमाडौँबाट गएको तर १२ दिन बितिसक्दा समेत टिकट नपाएको बताए। त्यस्तै हुम्लाका धनभक्त बुढाले विकट जिल्लामा जाँदा फाइदा नहुने र पूर्वतिर उडान भर्दा धेरै फाइदा भएकाले हुम्ला, जुम्ला, डोल्पा लगायतका जिल्लामा उडान गर्न आनाकानी गरिरहेको बताए।

नेपालगञ्जमा दसैँ पर्व लक्षित बजार अनुगमन

चाडपर्वको बेलामा बजारमा कृतिम मूल्यवृद्धि, म्याद नाघेका सामानको बिक्रीलगायत गुणस्तरहीन सामानसमेत बिक्री गरिने हुँदा अनुगमनलाई तीव्र पारिएको छ। उपभोक्ताले हानिकारक मिसावटयुक्त खाद्य वस्तु खान नपरोस् भन्ने उद्देश्यले अनुगमन गरेर व्यापारीलाई सचेत बनाइएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले बताए।

धार्मिक पर्यटनको लागि बागेश्वरीमा महाआरतीको तयारी

बागेश्वरी मन्दिर परिसरमा नियमित महाआरतीका लागि सहमति जुटेको नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले जानकारी दिए।

दशैँ मनाउन घर फर्किनेको लर्को

लुम्बिनी तथा कर्णाली प्रदेशका अधिकांश युवा रोजीरोटीका लागि भारत जाने गरेका छन्। मौसमीरुपमा भारत जाने महत्वपूर्ण चाडपर्व र खेतीपातीका समयमा भने स्वदेश फर्किने गर्छन्।

नेपालगञ्जमा संभावित भूकम्पीय जोखिम सर्वेक्षण सुरू

नेपालगञ्जमा संभावित भूकम्पीय जोखिमबाट हुने क्षति न्यूनीकरणको लागि उपमहानगरपालिकाले बस्ती तथा भूबनोटको सर्वेक्षण सुरु गरेको छ।

रेड मर्करीको कारोबारका नाममा महिलालाई ठग्ने चार जना पक्राउ

‘मैले उनीहरु सबै मिलेर लुट्न खोजेको थाहा पाए’ प्रहरीसँगको बयानमा ती महिलाले भनिन्, ‘म पैसा नदिएर त्यहाँबाट भागे।’

गाडी बिग्रिएपछि कर्णाली राजमार्ग अवरुद्ध

राजमार्ग अवरुद्ध भएपछि नेपालगञ्ज र सुर्खेतबाट कालिकोट, जुम्ला र मुगुका लागि हिँडेका ट्रक तथा बस जीप बीच बाटोमै रोकिएका छन्। खोल्सोमा भएको बलौटे माटो पानी पर्नासाथ बगाउने भएकाले त्यहाँ सधै सडक अवरुद्ध हुने गरेको छ।

बाँकेमा रगतको अभाव हट्यो

बाँके जिल्लामा केही समयअघि भएको रगतको अभाव अहिले टरेको छ। जिल्ला रेडक्रसको आह्वानमा रक्तदाता स्वयंसेवकको संख्या दिन-प्रतिदिन बढ्दै गएपछि रगतको अभाव टरेको हो।

नेपालगञ्जमा भएको झडपमा नौ प्रहरीसहित सर्वसाधरण घाइते

नेपालगञ्जको धम्बोझी चोकमा पूर्वराजा वीरेन्द्र शाहको शालिक राख्ने विषयमा प्रहरी र राष्ट्रवादी युवा समूहका सदस्यबीच झडप हुँदा केही घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्