१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

खराब मौसमका कारण नेपालगञ्जबाट हुने दैनिक उडान प्रभावित

हुस्सु र शितलहरका कारण नेपालगञ्ज विमानस्थलबाट पहाडी भेगमा हुने दैनिक उडान प्रभावित बन्न थालेका छन्। 

नेपालगञ्ज विमानस्थलबाट पहाडी भेगमा हुने उडानहरु ढिलो र स्थगित हुने गरेका हुन्। हरेक दिन जहाजले एउटा मात्रै उडान भएपनि यात्रुहरु धेरै नहुने गरेको स्थानीयहरु बताउँछन्। जहाजको क्षमता १८ जनाको भएपनि जहाजमा समानहरु भरेर करिब दैनिक १२ देखि १५ जना मात्रै हुने गरेको स्थानीयहरुले बताए।

नेपालगञ्ज विमानस्थलबाट समान्य मौसममा दैनिक २० देखि २५ वटा उडान हुँदै आएको छ। विमान स्थालबाट काठमाडाैं, पोखरा लगायत विभिन्न पहाडी जिल्ला हुम्ला, जुम्ला, मुगु, बाजुरा, रुकुम जिल्लामा पनि उडान हुँदै आएको छ। अहिले जाडो सिजनमा हुस्सु र शितलहरका कारण विमानस्थलबाट हुने उडान प्रभावित हुँदै आएको नेपालगञ्ज नागरिक उड्डयन प्राधिकरणका प्रमुख सुरेशप्रसाद खनालले बताए। उनले बिहान हुने उडान मौसम खराबीका कारण दुईदेखि तीन घण्टा ढिलो हुने गरेको बताए।

चिसोका कारणले पहाडी भेगका मानिसहरु धेरै कम मात्रामा जहाजबाट यात्रा गरिरहेको प्रमुख खनालले बताए। उनले जहाजमा मानिसहरु यात्रा कम गर्न थालेपछि एयारलइन्सहरुले कार्गो गरिरहेको बताए। 

प्रकाशित: २७ पुस २०७९ १३:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App