१५ मंसिर २०८१ शनिबार
image/svg+xml

लिभरपुलले युनाइटेडलाई कम नआँक्ने

लगातार दुई हारपछि म्यानचेस्टर युनाइटेड इङ्लिस प्रिमियर लिगमा पछिल्लो ३० वर्षमा पहिलो पटक अंकतालिकाको पुछारमा पुगेको छ।

नवौं राष्ट्रिय खेलकुदः प्रशिक्षक बिनै सुरु भयो खेलाडी छनौट र प्रशिक्षण

गण्डकी प्रदेशले प्रशिक्षक बिना नै खेलाडी छनौट र प्रशिक्षण सुरु गरेको छ। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको खेलाडी छनौट र प्रशिक्षण सुरु हुँदा पनि प्रशिक्षक छैनन्।

चालीस सदस्यीय प्रारम्भिक टोली

नेपाली राष्ट्रिय फुटबल टोलीका कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईंले बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेलका लागि ४० खेलाडीको प्रारम्भिक टोली घोषणा गरेका छन्।

प्रभाकरको प्राथमिकता ब्याटिङ सुधार

नवनियुक्त नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज प्रभाकरले क्रिकेट खेलाडीले अपनाउँदै गरेको ब्याटिङ शैली गलत भएको भन्दै आफ्नो प्रशिक्षणमा पहिलो प्राथमिकता ब्याटिङ सुधार रहेको बताएका छन्।

काठमाडौँ आइपुगेपछि प्रशिक्षक प्रभाकरले भनेः छोटो समयमै टिममा परिवर्तन देख्नुहुनेछ

‘मेरो लागि यो चुनौती हो। त्यसलाई स्वीकार गर्दै आएको छु’ उनले भने। ‘म सँग धेरै अनुभव छ। मलाई लाग्छ मैले राम्रो नतिजा दिन सक्नेछु। कसरी सबै कुरा सुधार गर्ने युवा खेलाडीसँग कसरी काम गर्ने मलाई थाहा छ। यो सानो कुरा हो सुधार मात्रै आवश्यकता छ तपाईँले दुई देखि तीन महिनामा भिन्नता पाउनुहुनेछ। त्यही सबै कुरा सुधार्नका लागि म यहाँ आएको छु।,’

खेल प्रतिभा खोजी गर्न विद्यालयमा प्रशिक्षण

विद्यालय क्षेत्रबाट खेल प्रतिभा खोजी गर्ने उद्देश्यले काठमाडौँ जिल्ला खेलकुद विकास समितिले विद्यालयमा खेलकुद प्रशिक्षण कार्यक्रम अगाडि बढाएको छ।

ग्वार्डिओलाले सिल्भालाई नरोक्ने

इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले स्पेनिस क्लब बार्सिलोनासँग अनुबन्धनको इच्छा देखाएका बेर्नान्डो सिल्भालाई नरोक्ने बताएका छन्।

प्रशिक्षकले चुने ३५ खेलाडी

साफ महिला च्याम्पियनसिपका लागि प्रशिक्षणमा रहेका खेलाडीमध्ये मुख्य प्रशिक्षक कुमार थापाले नेपाली टोलीलाई ३५ खेलाडीमा झारेका छन्।

इङ्ल्यान्डलाई पहिलो अन्तर्राष्ट्रिय उपाधि

अतिरक्त समयमा जर्मनीलाई २–१ ले निराश पार्दै महिला युरो कप २०२२ जितेसँगै इङ्ल्यान्डकी प्रशिक्षक सरिना वेजम्यानले विश्व फुटबलले आफ्ना खेलाडीलाई हेर्ने नजरमा परिवर्तन आउने प्रतिक्रिया दिएकी छिन्।

खेलाडीलाई दोष नलगाउनुस्, गल्ती मेरो हो: प्रशिक्षक केसी

यू–२० राष्ट्रिय च्याम्पियनसिप अन्तर्गतमा नेपाल भारतसँग पराजित भएसँगै प्रशिक्षक मेघराज केसीले गल्ती आफ्नै भएको बताएका छन्।

यु-२० टोलीको कप्तानमा घलान

राष्ट्रिय टोलीबाट खेलिससकेका मिडफिल्डर आयुष घलानले सोमबारबाट भारतमा हुने यु–२० साफ च्याम्पियनसिपमा नेपाली टोलीको कप्तानी सम्हाल्ने भएका छन्।

नेपाली क्रिकेट टिमका प्रशिक्षक पुबुदुद्वारा राजीनामा

उनले एक साताअघि नै मेलमार्फत क्यानलाई राजीनामा पत्र बुझाएका थिए। राजीनामापत्रमा उनले व्यक्तिगत कारण भनेका छन्।

पिएसजी जापानमा

जापान भ्रमणमा निस्किएको टोलीलाई पहिलो पटक नयाँ प्रशिक्षक क्रिस्टोफले नेतृत्व गर्नेछन्। ५५ वर्षीय क्रिस्टोफले पिएसजी आउनुअघि सेन्ट इटिनी, लिले र निसको समेत प्रशिक्षण सम्हालिसकेका छन्।

माटियोसँग तुलना नगर्न गाल्टियरको आग्रह

फ्रेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) का प्रशिक्षक क्रिस्टोफ गाल्टियरले आफ्नो टोली च्याम्पियन्स लिग जित्न सक्षम रहेको र आफूलाई चेल्सीका पूर्वप्रशिक्षक रोबर्टो माटियोसँग तुलना नगर्न आग्रहसमेत गरेका छन्।

चोटले लिभरपुललाई चिन्ता

लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले शुक्रबार क्रिस्टल प्यालेसविरुद्ध २–० को जित निकालेको खेलमा एलेक्स अक्सलेड चेम्बरलिनको चोटले चिन्तित बनाएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्