१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

यु-२० टोलीको कप्तानमा घलान

राष्ट्रिय टोलीबाट खेलिससकेका मिडफिल्डर आयुष घलानले सोमबारबाट भारतमा हुने यु–२० साफ च्याम्पियनसिपमा नेपाली टोलीको कप्तानी सम्हाल्ने भएका छन्। १८ वर्षीय युवा खेलाडी आयुषलाई कप्तानको जिम्मेवारी दिने निर्णय भएको मुख्य प्रशिक्षक मेघराज केसीले जानकारी दिए।

बिहीबार प्रशिक्षणपछिको बैठकले निर्णय गरेको हो। राष्ट्रिय टोलीका नियमित सदस्य आयुषले यससँगै पहिलो पटका उमेर समूहको कप्तानी सम्हाल्ने भएका हुन्। उनकै कप्तानीमा नेपालले आगामी सोमबारबाट भारतमा आयोजना हुने साफ यु–२० प्रतियोगिता खेल्दै छ।

‘बी’ डिभिजनमा खुमलटार युथ क्लबबाट खेलेका आयुष पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) मा पोखरा थन्डर्सबाट खेलेका थिए। क्लबको प्रदर्शन सम्झनलायक नभए पनि सोही प्रतियोगिताबाटै उनी नेपाली राष्ट्रिय फुटबल टोलीमा परेका थिए। मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राष्ट्रिय टोलीमा स्थान दिएका थिए।

यस्तै त्रिभुवन आर्मी क्लबसँगको अभ्यास खेलमा चोटग्रस्त भएका स्ट्राइकर दीपेश राईको स्थानमा रोहित सुब्बालाई समावेश गरिने भएको छ। भारतको भुवनेश्वरमा हुने प्रतियोगिताको तयारीका क्रममा मंगलबार युवा स्ट्राइकर दीपेशलाई दायाँ कुर्कुच्चामा चोट लागेको थियो। कुर्कुच्चामा समस्या देखिएपछि उनी उपचारका लागि बी एन्ड बी अस्पतामा भर्ना भएका छन्।

उनको स्वास्थ्य अवस्था बुझ्न बिहीबार एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङसहित महासचिव अस्पताल पुगेका थिए। नेपाली टोली शुक्रबार भारततर्फ प्रस्थान गर्नेछ। उक्त प्रतियोगितामा नेपालले माल्दिभ्स, श्रीलंका, बंगलादेश र भारतसँग प्रतिस्पर्धा गर्नेछ। पाँच टोलीको सहभागिता रहने प्रतियोगिता राउन्ड रोबिन प्रणालीमा खेलाइनेछ। पहिलो चरणका शीर्ष दुई टोलीले उपाधिका लागि साउन १८ गते फाइनलमा प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित: ६ श्रावण २०७९ ०१:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App