१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

खेलाडीलाई दोष नलगाउनुस्, गल्ती मेरो हो: प्रशिक्षक केसी

यू–२० राष्ट्रिय च्याम्पियनसिप अन्तर्गतमा नेपाल भारतसँग पराजित भएसँगै प्रशिक्षक मेघराज केसीले गल्ती आफ्नै भएको बताएका छन्।  

आइतबार भुवनेश्वरको कालिङ्गा रंगशालामा भएको खेलमा नेपाललाई घरेलु टिम भारतले ८-० गोलले पराजित गरेको थियो।  

केसीले सामाजिक सञ्जालमार्फत भनेका छन्,‘टिमलाई समर्थन गर्नु भएकोमा सबैलाई धन्यवाद। खेलाडीहरुमा अनुभवको कमी छ तर ट्यालेन्ट पनि त्यत्तिकै छ।,’ ‘सबैलाई खुशी दिन नसकेकोमा दुःखी छौं। खेलाडी र एन्फालाई दोष नलगाउनुस्, यो मेरो गल्ती हो।’  

उनले आफूहरुलाई ‘रिकभर’ हुन दुई दिन लाग्ने पनि उल्लेख गरेका छन्। आफू टिममै रहेर आफ्नो फाइदाको लागि फुटबल डुबाउन नसक्ने पनि उनले बताएका छन्। 

सुरुको दुई खेलमा नेपालले जित निकालेको थियो। भारतसँग पराजित भएपछि फाइनल पुग्ने सम्भावना भने कठिन बनेको छ।

प्रकाशित: १६ श्रावण २०७९ ०३:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App