८ वैशाख २०८१ शनिबार
खेल

ग्वार्डिओलाले सिल्भालाई नरोक्ने

इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले स्पेनिस क्लब बार्सिलोनासँग अनुबन्धनको इच्छा देखाएका बेर्नान्डो सिल्भालाई नरोक्ने बताएका छन्।

ग्वार्डिओलाले म्यानचेस्टर सिटीले पोर्चुगिज मिडफिल्डर सिल्भालाई बेच्नका लागि कुनै मनसाय नदेखाए पनि उनको इच्छाविपरीत क्लबले नराख्ने समेत स्पष्ट पारेका हुन्। सिल्भालाई बार्सिलोनाले १.३ बिलयोन युरोमा अनुबन्धनका लागि चासो देखाए पनि थप प्रक्रिया भने अगाडि बढ्न सकेको छैन। सिटीले ग्राबियल जिसस र अलेक्जेन्डर जिनचेन्कोलाई आर्सनलका लागि बेचिसकेको छ भने रहिम स्टर्लिङलाई चेल्सीले यसै सिजन अनुबन्धित गरिसकेको छ। २०१५ देखि सिटीमा २०२२ सम्म खेलेका स्टर्लिङ यसै सिजनको खेलाडी सरुवा बजारबाट अनुबन्धित भएका हुन्।

सिटीले बेचेका तीन खेलाडीमध्ये स्टर्लिङलाई सिटीका लागि प्रभावशाली खेलाडीका रूपमा हेरिएको थियो। पछिल्लो पाँच वर्ष उनकै उत्कृष्ट प्रदर्शनबाट सिटीले बेग्लै पहिचान बनाउन सफल भएको थियो।

‘सिटीबाट खेल्दा ओलिक्स, रहिम, ग्राबियलसँग काम गर्दा मलाई निकै सहज भएको थियो। सिटीले सफलता हात पार्दा उनीहरूको योगदान निकै यादगार छ,’ आइतबारबाट सुरु हुने प्रिमियर लिगपूर्वको पत्रकार सम्मेलनमा सिटीका प्रशिक्षक ग्वार्डिओलाले भने, ‘कुनै समय क्लब, खेलाडी, एजेन्टका लागि बाटो भागबन्डा गर्नुपर्ने हुन्छ। विशेषतः खेलाडीको इच्छा प्रमुख विषय हुन्छ। सिल्भाले सिटीमा निरन्तरता दिँदा मलाई मन पर्छ। उनी हाम्रा लागि विषेश खेलाडी हुन्। के हुने हो म त्यसमा अनभिज्ञ छु।’

सिल्भा सिटीबाट बाहिर गए पनि सिटीको टोली बलियो रहनेछ। एर्लिङ हाल्यान्डको अनुबन्धनसँगै सिटी बलियो देखिएको हो। नर्वेका सुपरस्टार हाल्यान्डले आइतबार लिभरपुलविरुद्धको कम्युनिटी सिल्डको फाइनल खेलमा मध्यम प्रदर्शन गरेका थिए। जहाँ हाल्यान्डले सिटीका लागि डेब्यु गरेका थिए। हाल्यान्ड यसै सिजन जर्मन बुन्डेसलिगाको क्लब बोरुसिया डर्टमन्डबाट साबिक विजेता सिटी भित्रिएका थिए। सिटीले उनलाई १.२ बिलियन डलरमा अनुबन्धित गरेको हो।

तर प्रशिक्षक ग्वार्डिओलाले हाल्यान्ड छिट्टै सिटीमा अभ्यस्त हुने प्रतिक्रिया दिए। लिभरपुलविरुद्धको खेलमा हाल्यान्डले बल निकाल्न र सिटीको शैलीमा खेल्न संघर्ष गर्नुपरेको थियो। हाल्यान्डले प्रशिक्षक पेग ग्वार्डिओलाकै कारण सिटी आउने निर्णय गरेका थिए।

‘सिटीले खेल्ने शैलीमा छिट्टै हाल्यान्डलाई ल्याउनेछ। उनले पनि उत्तिकै मिहिनेत गरिरहेका छन्,’ सिटीका प्रशिक्षक ग्वार्डिओलाले थपे, ‘समय भने अवश्य लाग्नेछ। अन्य लिगका खेलाडी अनुबन्धित हुँदा अभ्यस्त हुन समय लाग्छ। यो प्रिमियर लिगको विशेषता पनि हो।’

प्रकाशित: २१ श्रावण २०७९ ०१:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App