७ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

चालीस सदस्यीय प्रारम्भिक टोली

नेपाली राष्ट्रिय फुटबल टोलीका कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईंले बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेलका लागि ४० खेलाडीको प्रारम्भिक टोली घोषणा गरेका छन्।

हुमागाईंले आइतबार घोषणा गरेको टोलीमा मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँगको विवादका कारण टोलीबाहिर रहेका कप्तान तथा गोलकिपर किरणकुमार लिम्बु, विशाल श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, दिनेश राजवंशी, दीपेन्द्र तामाङ, तेज तामाङ, विशाल राई, अञ्जन विष्ट र विमल घर्तीमगर गरी १० खेलाडीमा पुनरागमन गरेका छन्।

जेठमा कुवेतमा सम्पन्न एएफसी एसियन कप छनोट २०२३ दौरान अल्मुताइरीसँगको विवादपछि यी खेलाडी टोलीबाहिर रहेका थिए। नेपाली टोली फर्किए पनि अब्दुल्लाह भने कुवेतमा बसेका थिए। अब्दुल्लाह तीन महिनाको बिदामा छन्।

गत साता अब्दुल्लाहले २६ खेलाडीको नामावली अखिल नेपाल फुटलब संघ (एन्फा) का महासचिव किरण राईलाई इमेल गर्दै बन्द प्रशिक्षणमा बोलाउन आग्रह गरेका थिए। जसमा उनले विवादपछि टोलीबाहिर रहेका १० मध्ये अञ्जन र तेजलाई मात्र टोलीमा समावेश गरेका थिए।

बिहीबार बसेको एन्फा कार्यसमिति बैठकले अब्दुल्लाह बिदामा रहेकाले असोज ११ गते दशरथ रंगशालामा हुने बंगलदेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि हुमागाईलाई कार्यवहाक प्रशिक्षकको जिम्मेवारी दिएको थियो। टोलीका भरत खवास, रेजिन धिमाल र अभिषेक रिजालले पनि पुनरागमन गरेका छन्।

गोलकिपर: किरण कुमार लिम्बु, विकेश कुथु, दीप कार्की, विशाल श्रेष्ठ।

रक्षक: अनन्त तामाङ, रोहित चन्द, विकास तामाङ, दीपेन्द्र तामाङ, दिनेश राजवंशी, विकास खवास, गौतम श्रेष्ठ, छिरिङ गुरुङ, सुमन अर्याल, रेजिन धिमाल, निराश खड्का, अमित तामाङ।

मिडफिल्ड: संजोग राई, पूजन उपरकोटी, राजन गुरुङ, तेज तामाङ, एरिक विष्ट, सेसेहाङ आङदेम्बे, सुदीप गुरुङ, विशाल राई, मनीष डाँगी, सुरजज्यू ठकुरी, सुवास गुरुङ, अभास लामिछाने, आयुष घलान, सुजल श्रेष्ठ, अञ्जन विष्ट।

स्ट्राइकर: विमल घर्तीमगर, नवयुग श्रेष्ठ, आशिष चौधरी, ऋतिक खड्का, जर्जप्रिन्स कार्की, आशिष चापागाई, अभिषेक रिजाल, भरत खवास।

प्रकाशित: ३० श्रावण २०७९ ०१:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App