२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

न्यायमूर्ति

ठूल्ठूला नेतादेखि शहरका नामुद डनहरूसँग उठबस भएकाले त्यो कायर न्यायमूर्तिले आफ्नी सहोदर बहिनीलाई न्याय दिलाउन सकेन। त्यति मात्र हो र ?

प्रतिभा पुरस्कारको घोषणा

विराटनगरबाट २०३९ सालदेखि वितरण गर्न थालिएका उक्त पुरस्कारहरू निजी क्षेत्रको राष्ट्रिय स्तरको अग्रणी पुरस्कारहरू मानिन्छन्। यस संस्था र यसका पुरस्कारबाट अहिलेसम्म १ सय जति साहित्यकार पुरस्कृत तथा सम्मानित भैसकेका छन्। घोषणा गरिएका पुरस्कारहरू सधैझैं आषाढ २९ गते भानुजयन्तीको अवसरमा वितरण गरिने भएको छ।

राम्रो पनि राम्रै देखिन्छ

त्यो सम्माइलो सिधा बाटो अलिअलि घुमाउरो कहिले कुआकारमा त कहिले ऊ आकारमा कहिले क्ष आकारमा त कहिले ज्ञ आकार क्या मिठो छ है अमिलो त्यो आँपभन्दा चिनाइलो त्यो विषाइलो जुस चाहे उत्तर घुस वा चाहे दक्षिण घुस पूर्व, पश्चिम सके जति सबै जम्मै चुस जम्मै सबै मुछ जम्मै खुस सबै हुस।

बताससँग जङ्गली फूलको साक्षात्कार

के यो युगले आफूसँग राख्ने हैसियत राख्दछ त ? जङ्गली फूल अंकित चित्र जहाँ सुरक्षित महसुस गर्दैन मान्छे एउटा फूलको स्वतन्त्रतादेखि हेर्नुस् लगलग कापिरहेछ कोही, दुरुस्तै अनुहार भएको निर्भीक भई उभिन्छु भन्दा आफ्ना लागि ऊ सिर्फ फूल थिई देख्नेले सिर्फ जङ्गली देखे !

बिलो

रातको समय धेरै बन्दुकहरू पड्केको सुनिन थाले। स्थानीयहरू पनि सुराकी गर्दै नै आइरहेको थिए । धेरै दिनको प्रयासपछि बल्ल तस्कर फेला पर्यो! पक्रेर प्रहरीमा बुझाउन खोज्दा ऊ बेसरी हाँस्यो।

वृद्ध बाआमाको आवाज

म यो भेन्टिलेटरमा अक्सिजनको सहाराले सङ्घर्ष गरिरहेछु। तिम्रो मुहार हेर्ने अन्तिम इच्छा पूरा गर्न तिमीले बिर्सिए पनि म कहाँ भुल्न सक्छु र ? म आमा हुँ तिम्री तिम्रै पर्खाईमा तड्पिरहेछु तड्पिरहेछु ..

आडम्बर

अचानक ती स्त्रीको कुरा सुनेर सब चकित बनेर मुखामुख गर्न थाले। हर्कवीर रणभुल्लमा परे। उनले त्यो भिडमा अन्याय,हिंसाबाट आजित आफ्नी श्रीमती पनि छिन् भनेर सोचेकै थिएनन् । केही समयपछि ती स्त्रीले आफ्नो विगतका सबै घटना छर्लङ्ङ पारेपछि सबैले एकैस्वरमा भने –हो अहिलेको समयमा धर्मको नाममा हिंसा गर्नेहरू धेरै छन्। यी सब धर्मभीरु भनाउँदाहरू हामी जस्तालाई पंगु बनाएर धर्मकै बद्नाम गर्नेहरू हुन्। हामी अन्धभक्त हुनुहुन्न। मुखले बुद्ध वाणी अलाप्दै व्यवहारमा कुटिल बन्ने धर्मात्माहरूसँग होसियार हुनुपर्छ। त्यत्ति भन्दै सब बाटा लागे।

साथी

–मलाई दुईटा कागती देऊ न , मैले भनें। – म भरे आमा आएपछि दिन्छु ल, उसले भनी। म केही नबोली पसलमा गएँ। चारवटा कागती किनेर घर आएँ। चारवटा कागती देखेर छक्क पर्दै आमाले भन्नुभयो – हाम्रोबाट त जे पनि झोला भरेर लैजाने तेरी साथीले चारवटा मात्र कागती दिई।

आज म कस्तो हुन्थे होला ?

यादहरू नाच्ने आँखामा नाचिदिन्छन् यादहरूका चित्र जस्तो कि लाज र डरलाई खल्तीमा राखी कैयन पटक कक्षाकोठामा कुखुरा बनियो , भ्यागुता बनियो रमाएरै। आजभोलि सोच्ने गर्दछु माउसुली भई पुच्छर खसाएर हिँडेको भए ऊ बेला आज म कस्तो हुन्थे होला ?

सतीले सरापेको देश

त्यसैले त भन्ने गर्छन् यो सतीले सरापेको देश , सबै गरिब अनि विकटका जनताको सधैं खालि पेट। नेपालीमा उखान नै छ नि ,बाँदरले आफू पनि घर बनाउँदैन! अनि अर्कालाई पनि घर बस्न दिँदैन ।

भगवान् कहाँ होलान्

सबैमा मेरो माया छ प्रभु मरेर जाने काया छ कालले नलगी मान्दैन मेरो साथ पठाउने को होला मैले जानिन भगवान् कहाँ होलान् मलाई बात बुझाउने को होला ?

वृद्ध चौतारी

उनी आफ्नो समयका भारतीय सेनाका जागिरे थिए। कथाका केही पुस्तकहरू समेत लेखेका उनको प्रतिभा घरमा मृत थियो। छोराबुहारीको व्यस्तता र नातिनातिनाको मोवाइल, टिभी मोहका अगाडि उनको जीवन्त इतिहास भ्यागुत्तो जाडो मौसममा जमीनभित्र निधाएझैं निधाउन बाध्य भएको थियो।

ताली

‘साँच्चिकै सुवर्णनाथ सधैं बेलुका टिल्ल परेर आउँछ। तैपनि सहेकै थिए परिवारले। सुवर्णनाथ टिल्ल परेर आउँछ, कोही बेला घरमा रडाको मच्चाउँछ। तैपनि सहेका छन् त परिवारले।’ यही सम्झियो कमलीकान्तले र कड्कियो, ‘इमानीले ताली पाउने सुन्दर ठाउँ कहाँ होला !’

प्रशान्त महासागरको ढिस्को

भाइले ब्लुमाउनटेनलाई गाडीबाटै बिदाइ गराए। अब ओर्लन थालियो ओरालो। ओरालोभरि पनि जंगलका बीचबीचका ठूलाठूला क्षेत्रफल ओगटेका धनीमानीका हवेलीहरू देखिए सुन्दर–सुन्दर ।विस्तारै हामी नागबेली सडकलाई छाडेर सम्ममा ओर्लिसकेका थियौं। पश्चिमी शरहदमा पुग्नै लागेका घामको न्यानोले हामीलाई स्पर्श गरिरहे पनि भाइले एउटा सुन्दर पार्कमा गाडी बिसाए र हामी पार्कको रमणीयतालाई नियाल्नपट्टि लाग्यौं । पिङ र चाकाचुली,लुकामारी र यस्तै कस्तै अनेकौं खेल खेलिरहेका नानीहरू, फुटबल , क्रिकेट खेलिरहेका युवाहरू अनि पार्कको पूर्वपट्टिको केवल ६० वर्ष पार गरिसकेकाहरूलाई मात्रै प्रवेश अनुमति मिल्ने बार वा पप र वाइन अनि बियरको चुस्की लिइरहेका रैथाने वृद्धवृद्धाहरूको जमघट एकखालको रमाइलो लागिरहेको थियो मलाई ।

ऋण तिर्नलाई आँसु बेच्नु छ बजार खोजिरहेछु

सफर गर्नुपर्छ हात–पाउ टेक्दै गल्ली र गोरेटोमा, सहज छैन यात्रा उकालो अनि ओह्रालो छ हजुर। ऋण तिर्नलाई आँसु बेच्नु छ बजार खोजिरहेछु, बन्धकीमा खुसी राखेर लिएको उधारो छ हजुर। कहाँ हुन्छ र निधारमा भाग्य सबैको उस्तैउस्तै , उता जुन उदाउँदा पनि त यता अँध्यारो छ हजुर।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्