१० मंसिर २०८१ सोमबार
image/svg+xml
कला

ताली

लघुकथा

दामोदर न्यौपाने

कोरोनाको बेला थियो। कमलीकान्तको अफिस बन्द भयो। घरबाटै हुन्थ्यो अफिसको काम पनि।

अफिसको कम सकेर कोही बेला किताब समाउँछ। कोही बेल कला समाउँछ। काममा एकोहोरिने बानी छ कमलीकान्तको। यसो गर्दा कोही बेला खाजा खान बिर्सन्छ। कोही बेला खाना खान बिर्सन्छ। पानी खाने त परको कुरा ! उसले पानी नखाने भएकाले घरका जिस्काउँथे– कस्तो घुन जस्तो ! खाना खान समयमै न आउँदा घन्टी बजेको बज्यै हुन्थ्यो। घन्टी बजेको बज्यै गरे पछि कमलीकान्त दौडेर खाना खान गयो।

भान्सामा छिर्नासाथ श्रीमती रिसाएर फन्नक्क उठिन्। केही भनिनन् तर रिसाएको बुझ्यो कमलीकान्तले।  

‘म भट्टीमा रक्सी खाएर आको हो र रिसाउनु ?’ कमलीकान्त कउिड्कियो, ‘पल्ला घरे सुवर्णनाथ योभन्दा ढिला आउँछ ! त्यो पनि त सहन्छ परिवार! म त कामै गरेर आएको हुँ !’

‘साँच्चिकै सुवर्णनाथ सधैं बेलुका टिल्ल परेर आउँछ। तैपनि सहेकै थिए परिवारले। सुवर्णनाथ टिल्ल परेर आउँछ, कोही बेला घरमा रडाको मच्चाउँछ। तैपनि सहेका छन् त परिवारले।’ यही सम्झियो कमलीकान्तले र कड्कियो, ‘इमानीले ताली पाउने सुन्दर ठाउँ कहाँ होला !’  

प्रकाशित: १ असार २०७८ ०८:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App