coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

प्रतिभा पुरस्कारको घोषणा

प्रतिभा पुरस्कार प्रतिष्ठान विराटनगरका कार्यसमिति अध्यक्ष दधिराज सुवेदीको अध्यक्षतामा बसेको बैठकले पुरस्कार  सिफारिस समितिको निर्णय अनुसार २०७७ सालका विभिन्न पुरस्कारहरुको घोषणा गरेको छ। 

जसअनुसार साहित्यकार डा. राजेन्द्र विमललाई ५० हजार राशिको राष्ट्रिय स्तरको प्रतिभा पुरस्कार, पाणीनी संस्कृत विद्यालय (गुरुकुल ) विराटनगरलाई ५० हजार राशिको लीलानाथ विश्वमञ्जरी बराल प्रतिभा पुरस्कार, साहित्यकार गङ्गा सुवेदीलाई ५० हजार राशिको ज्वालाप्रसाद पोखरेल प्रतिभा पुरस्कार, साहित्यकार लक्ष्मी उप्रेतीलाई ५० हजार राशिको दिनबन्धु गोयल प्रतिभा पुरस्कार, महाकाव्यकार भानुभक्त सुवेदी कुभिण्डेलीलाई २१ हजार राशिको विराटलक्ष्मी प्रतिभा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ। यसैगरी २० हजार राशिको षडानन्द प्रतिभा पुरस्कार कविद्वय शुभलक्ष्मी लम्साल र ममता मृदुललाई संयुक्त रूपमा प्रदान गरिने भएको जानकारी प्रतिष्ठानका सचिव कविराज न्यौपानेले  गराएका छन्।

विराटनगरबाट २०३९ सालदेखि  वितरण गर्न थालिएका उक्त पुरस्कारहरू निजी क्षेत्रको राष्ट्रिय स्तरको अग्रणी पुरस्कारहरू मानिन्छन्। यस संस्था र यसका पुरस्कारबाट अहिलेसम्म १ सय जति साहित्यकार पुरस्कृत तथा सम्मानित भैसकेका छन्। घोषणा गरिएका पुरस्कारहरू सधैझैं आषाढ २९ गते भानुजयन्तीको अवसरमा वितरण गरिने भएको छ।

प्रकाशित: ३ असार २०७८ ०९:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App