१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

ऋण तिर्नलाई आँसु बेच्नु छ बजार खोजिरहेछु

गजल

विकल्प सर्वहारा  

 

यहाँ एक मुठी सास फेर्नलाई पनि साह्रो छ हजुर,

चोट लुकाएर मुटुभित्र हाँस्न झन् गार्‍हो छ हजुर।  

 

बिर्सिदेऊ ती पुरानो अतीत भन्छन् नि भन्नलाई त,

तर के थाहा तिनै अतीतहरू कति प्यारो छ हजुर।

 

सफर गर्नुपर्छ  हात–पाउ टेक्दै गल्ली र गोरेटोमा,  

सहज छैन यात्रा उकालो अनि ओह्रालो छ हजुर।

 

ऋण तिर्नलाई आँसु बेच्नु छ बजार खोजिरहेछु,

बन्धकीमा खुसी राखेर लिएको उधारो छ हजुर।

 

कहाँ हुन्छ र निधारमा भाग्य  सबैको उस्तैउस्तै ,

उता जुन उदाउँदा पनि त यता अँध्यारो छ हजुर।

प्रकाशित: ३० जेष्ठ २०७८ ११:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App