७ वैशाख २०८१ शुक्रबार
कला

बिलो

लघुकथा

विवि याक्खा

अघिपछि निकै नै निष्ठा र आदर्शको पाठ सिकाइ गाउँको भलाइमा लाग्नुपर्छ भन्ने जोगबिर अहिले वन निकुञ्जको हाकिम भए यता नै बदलेका छन् । चोरी शिकारी, तस्करहरू त झन् पो बढन थाल्यो।

स्थानीयमा चिन्ता बढ्नु स्वाभाविक हो यसरी दिनै दुर्लभ वन्यजन्तुको चोरी शिकारी र वन फँडानीले! जोगबिरमा पहिलाझैं नभएपछि स्थानीयले गुप्त रूपमा छलफलपछि सब कुराको सुराक गर्न थाले।

रातको समय धेरै बन्दुकहरू पड्केको सुनिन थाले। स्थानीयहरू पनि  सुराकी गर्दै नै आइरहेको थिए। धेरै दिनको प्रयासपछि बल्ल तस्कर फेला पर्यो! पक्रेर प्रहरीमा बुझाउन खोज्दा ऊ बेसरी हाँस्यो।

सबैले तस्करलाई सोध्यो  –किन हाँस्छस्? फसिस्।

अर्काले सोध्यो –तँ किन जोगबिरकोमा छिर्छस्  ?

तस्करले जवाफ दियो – शिकारी हुँ बिलो पुरयाउँछु।

नेतादेखि कर्मचारीसम्म सबै झस्किए    ।

प्रकाशित: २ असार २०७८ १४:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App