१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

साथी

लघुकथा

ममता मृदुल  

 

लिची लटरम्म फलेको देखेर उस्ले भनी, ‘आहा कति धेरै लिची फलेको रहेछ ।’  

तलाई लिची मन पर्छ । ल हिँड बोटमा भनेर टिपेर अघाउन्जेल खान दिए ।  

 हामीलाई देखेर आमाले लिची टिपेर घर लैजाऊ भनेर झोलाभरि लिची दिनुभयो। ऊ खुसी भएर गई।  

हप्ता दिनपछि उसको जन्म दिन रहेछ। मैले केही मन परेका सामान उपहार दिए।  

प्राय म उसलाई केही दिइरहन्थे।  

हाम्रो घर नजिक भएकाले ऊ आइरहन्थी।  आज मलाई चटपटे खान मन लाग्यो । साथीको घरमा लटरम्म कागती फलेको देखेकी थिएँ । साथीको घरमा गए । ओछ्यानभरि मैले दिएको उपहार छरपस्ट राखेर मिलाउँदै गरेको देखे । मलाई देखेर हाँस्दै बस्न भनी ।  

–मलाई दुईटा कागती देऊ न , मैले भनें ।  

– म भरे आमा आएपछि दिन्छु ल, उसले भनी।  

म केही नबोली पसलमा गएँ।  

चारवटा कागती किनेर घर आएँ।  

चारवटा कागती देखेर छक्क पर्दै आमाले भन्नुभयो – हाम्रोबाट त जे पनि झोला भरेर लैजाने तेरी साथीले चारवटा मात्र कागती दिई ।

प्रकाशित: २ असार २०७८ ०९:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App