१२ मंसिर २०८१ बुधबार
image/svg+xml

नबिलद्वारा विद्यालयलाई ४ लाख सहयोग

नबिल बैंकले सिन्धुपाल्चोकको फाटकशिलामा अवस्थित श्री फाटकशिला माध्यमिक विद्यालयलाई ४ लाख १ हजार रुपैयाँ सहयोग प्रदान गरेको छ । भूकम्पबाट क्षतिग्रस्त विद्यालयका लागि बैंकका कर्मचारीबाट संकलित रकम हस्तान्तरण गरिएको बैंकले जानकारी दिएको छ ।

पूर्व प्रधानमन्त्री डा. भट्टराईले अक्सफोर्ड विश्वविद्यालयमा लेक्चर दिने

नयाँ शक्ति नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई लन्डन आइपुगेका छन्। शुक्रवार लन्डनस्थित हित्रो विमानस्थलमा आइपुग्दा वेलायतका लागि नेपाली राजदूत डा. दूर्गा वहादुर सुवेदीले स्वागत गरे।

प्राविधिक विश्वविद्यालयको तयारी

विश्वबजारमा बिक्नसक्ने प्राविधिक जनशक्ति उत्पादन गर्न सरकारले प्राविधिक विश्वविद्यालय खोल्ने तयारी गरेको छ। शिक्षामन्त्री धनीराम पौडेलले बिहीबार मन्त्रालयमै पत्रकार सम्मेलन गरी  एसियाली विकास बैंकको सहयोगमा मकवानपुरको चितलाङमा सरकारले २ सय मिलियन डलर (करिब २१ अर्ब २० करोड रुपैयाँ) खर्चमा विश्वविद्यालय स्थापना योजना अघि बढाएको जानकारी दिए।

रुढी मान्यता तोड्दै मुस्लिम चेलीहरु विद्यालयतर्फ

छोरा सरह छोरीलाई पनि शिक्षित बनाउनु पर्ने भन्दै रौतहटका मुस्लिम समुदायका अगुवाहरुले छोेरीहरुलाई विद्यालय पठाउन थालेका छन्।

खेलकुद विश्वविद्यालयको गृहकार्य : मन्त्री

युवा तथा खेलकुद मन्त्रालयले खेलाडीको स्वास्थ्य र जीवन बिमा गर्ने तथा खेलकुद विश्वविद्यालय स्थापनाको गृहकार्य सुरु गरेको मन्त्री दलजीत श्रीपालीले बताएका छन् । मन्त्रालयले सोमबार खेलकुद विश्वविद्यालय र खेलाडी कल्याण कोष स्थापना, खेलाडीको जीवन तथा स्वास्थ्य बिमा गर्ने, खेलकुद अस्पताल वा खेलकुद मेडिसिन सेन्टर स्थापना गर्ने लगायतका निर्णय गरिसकेको र कार्यान्वयनका लागि मातहतको राष्ट्रिय खेलकुद परिषद (राखेप) लाई निर्देशन दिएको मन्त्री श्रीपालीले जानकारी गराए ।

अमेरिकामा भूकम्पका कारण विद्यालयहरु बन्द

अमेरिकाको ओक्लाहोमा राज्यमा आइतबार साँझ भूकम्पको गएको छ । भूकम्पको कारण सोमबार सो प्रान्तको सार्वजनिक बिद्यालयहरु बन्द गरिएको छ । सो भूकम्पको कारण भएका क्षतिहरुको विवरण सङ्कलनको लागि विद्यालय बन्द गरिएको बताइएको छ ।

स्यालको टोकाइबाट शिक्षकको मृत्यु भएपछि जिल्लाका सबै विद्यालय बन्द

स्यालले टोकेर शिक्षकको मृत्यु भएपछि शोकमा आइतबार जिल्लाका सम्पूर्ण विद्यालयको पठनपाठन बन्द भएका छन् । गत असोज १८ गते गरुडा नगरपालिका वार्ड नम्बर ३ का शिक्षक वसन्तकुमार यादव बिहानी भ्रमण(मर्निङ वाक)मा निस्केका वेला बहुला स्यालले टोकेको थियो।

राजधानीका विद्यालयमा बम विस्फोट गराउने मुख्य योजनाकार पक्राउ

प्रहरीले असोज ४ गते उपत्यकाका नौ बिद्यालयमा बम राख्ने संगठनका मुख्य योजनाकारलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले माओवादी कम्युनिष्ट केन्द्रका महासचिव महासचिव केशव दाहाल उर्फ प्रकाश तथा विद्यार्थी संगठनका मीन देवकोटा भन्ने विनोद थापालाई पक्राउ गरेको छ। उनीहरु विद्यालय बम विस्फोट काण्डका योजनाकार हुन्।

विदेशी विश्वविद्यालयको सम्बन्धन तत्काल रोक्न निर्देशन

व्यवस्थापिका–संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिले विदेशी विश्वविद्यालयका कलेजलाई नेपालमा सम्बन्धन दिने कार्य तत्काल रोक्न निर्देशन दिएको छ ।

सामुदायिक विद्यालयमा छोराछोरी पढाउने शिक्षक र कर्मचारी पुरस्कृत हुने

आफ्ना छोराछोरीलाई सार्वजनिक विद्यालयमा पढाउने कर्मचारी र शिक्षकलाई पुरस्कृत गर्नेलगायत १९ बुँदे कार्ययोजनासहित शिक्षा क्षेत्रमा रुपान्तरणको यात्रा प्रारम्भ भएको शिक्षामन्त्री धनीराम पौडेलले बताएका छन् ।

अष्ट्रेलियाको ला ट्रोब विश्वविद्यालयले नेपालीलाई छात्रवृत्ति दिने

काठमाडौं—अस्ट्रेलियाको मेलवर्न सहरस्थित विश्वकै प्रतिष्ठित ला ट्रोब विश्वविद्यालयले नेपाली विद्यार्थीलाई १५ देखि २५ प्रतिशतसम्म छात्रवृत्ति उपलब्ध गराउने घोषणा गरेको छ।

विद्यालयमा बम राख्नेलाई बिस्फोटक तथा संगठित अपराध

काठमाडौं– उपत्यकाका नौ विद्यालयमा विस्फोटक पर्दाथ राखेको र बिस्फोट गराएको आरोपमा पक्राउ परेका दुईजना बिरुद्ध प्रहरीले बिस्फोटक तथा संगठित अपराध अन्तर्गत कारवाही अघि बढाएको छ।

नाक थुन्दै विद्यालय

उपत्यकाका आधा दर्जनभन्दा बढी विद्यालयमा मंगलबार राखिएका बमले मानवीय क्षति त पु¥याउन भ्याएन तर अभिभावक, विद्यार्थी र आम नेपालीको मन एकैचोटि छियाछिया पार्यो ।

विद्यालयमा बम आतंक

‘हामीले तपार्इंहरुको के बिगारेका छौं र ? यसरी स्कुलमा बम पड्काएर हामीलाई नतर्साउनुस्,’ राजधानीको जोरपाटीस्थित आकाशदीप माविकी १३ वर्षीया छात्रा सुस्मिता गुरुङले भयमिश्रित प्रश्न गरिन् । त्यो प्रश्न कसलाई ?

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्