११ मंसिर २०८१ मंगलबार
image/svg+xml

कसैको शुन्य, कसैको एक भोट

खोटाङमा एक सय मत पनि नपाउने दलको संख्या ३६ पुगेको छ । कुल १ लाख २५ हजार १०८ मतदाता रहेको खोटाङमा प्रत्यक्ष र समानुपातिकतर्फ ३६ साना दलले सय भोट नघाउन सकेनन् । प्रमुख  निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यमा उठेका एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रबादीका महेश बास्तोलाले ८८, राष्ट्रिय जनमुक्तीका गोकर्ण राईले ७८, मंगोल नेशनल अर्गनाइजेसनका बीरलाल राईले ६८ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गणेशबहादुर राईले ४९ मत पाएका छन् ।

दाहालले बढाए मतान्तर, झन्डै २ हजार भोटले अगाडि

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले झन्डै २ हजार मतको अग्रता लिएका छन्। प्रतिनिधि सभा सदस्यमा चितवन-३ बाट उम्मेदवार रहेका उनले निकटम प्रतिद्वन्द्वीसँग ३ हजार ८१८ मतको अग्रता लिएका हुन्।

प्रमुख निर्वाचन आयुक्त यादवले भोट हालेनन्

निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादब मतदानमा मतदान गर्न गृह जिल्ला आएका छैनन्। राजविराजका स्थानीयबासी उनको नाम यहीँको मतदाता सूचीमा रहेको छ। राजविराज–२ स्थित राजदेवी आधारभूत विद्यालय मतदान केन्द्रमा यादबको नाम मतदाता सूचीमा छ। ‘दिउँसो १ बजेसम्म उहाँ मतदान केन्द्रमा आउनु भएको छैन’, एक स्थानीयले नागरिकन्युजसँग भने।

'काम नगरे नेता फेरौं, भोट हाल्न नछोडौं'

चितवनको शक्तिखोर बजार नपुग्दै गैरीबारी चोकमा एउटा सामान्य चिया पसल छ। सो पसलमा मिठो जेरी पनि बन्ने गर्छ। निर्वाचनको मौन अवधि सुरु भएको दिन मंगलबार बिहान सो पसल पुग्दा मान्छेहरु कोही थिएनन्। पसल मालिक जयबहादुर प्रजा अर्थात चेपाङ भन्दै थिए ‘हेर्नु न आज चीनी नभएर न चीया पकाउन पाइयो। न जेरी बनाउन।’

किसानका समस्या सम्बोधन गर्नेलाई भोट

चन्द्रनगरस्थित कामतटोलका रामचन्द्र कापर केवट समुदायका हुन् । डुंगा चलाएर नदी पार गराउने उनको पुख्र्यौली पेसा हो । पौराणिक कालमा उनका पुर्खाले भगवान् रामचन्द्रलाई नदी कटाएको कथा उनी सुनाउँछन् । उनी अहिले खेतीपातीमा व्यस्त छन् । सिँचाइ, मलखादलगायतको समस्याका कारण यसबाट आफ्नो समस्या पार नलागेको उनको दुःखेसो छ ।

डुबान समस्या समाधान गर्नेलाई भोट

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मैदानमा उत्रिएका उम्मेदवारहरु मतदातालाई आकर्षित गर्न अनेक आश्वासन र प्रतिबद्धता जनाउन व्यस्त छन् । दोस्रो चरणमा चुनाव हुन लागेका जिल्लाका बस्तीबस्तीमा राजनीतिक दलका कार्यकर्ताको उपस्थिति बढेको छ । तर कपिलवस्तुको यशोधरा गाउँपालिका पिपराको तुल्सीडिहवा गाउँमा भने चुनावको उत्साह देखिएको छैन ।

उम्मेदवारहरु सहरकेन्द्रित भोट माग्दै

मंसिर २१ गतेको चुनाव आउन ४ दिन बाँकी रहँदा यहाँका उम्मेदवारहरु भोट माग्न सहरकेन्द्रित हुन थालेका छन्। एकचरण गाउँस्तरीय चुनावीसभा र अर्को चरणमा घरदैलो अभियान सकेका उम्मेदवारहरु सदरमुकामलगायत आफ्नो चुनावी क्षेत्रका सहर बजारमा भोट माग्न केन्द्रित हुन थालेका हुन्।

माडी पुगेर राप्रपा नेता लामाले दाहालको पक्षमा भोट मागे

राप्रपा प्रजातान्त्रिकका महामन्त्री रेशम लामाले चितवन पुगेर पुषपकमल दाहालका लागि भोट मागेका छन्। चितवन ३ बाट वाम गठवन्धनका संयुक्त उम्मेदवार पुष्पकमल दाहाल र राप्रपा प्रजातान्त्रिका उपाध्यक्ष विक्रम पाण्डे चुनावी मैदानमा उत्रेका छन्। लामा उद्योग राज्यमन्त्री समेत हुन्।

ऊ बेलाको भोट

भक्तपुर कमलविनायकका खड्गप्रसाद काफ्ले (८४) नेपालको पहिलो संसदीय निर्वाचन (वि.सं. २०१५) मै भोट हाल्न पाउने मतदाता हुन् ।  पहिलो भोट खसाल्दा उनी २५ वर्षका थिए । उमेर परिपक्व भए पनि उनी त्यति राजनीतिक कुरा बुझ्दैनथे । उनलाई सम्झना भएअनुसार, त्यसबेला नेपाली कांग्रेस, किसान संघ, प्रजापरिषद् र नेपाल राष्ट्रवादी गोर्खा परिषद् नाम गरेको पार्टीका कार्यकर्ता भोट माग्न आएका थिए।

भोट हाल्न सिकाउँदै कलाकार

यतिबेला प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको देशभर चटारो छ । पहिलो चरणको निर्वाचन सकेपछि दोस्रो चरणमा भोट हाल्न कलाकार पनि व्यग्र छन् । यस्ता कलाकार  कोही घरमा आएकासँग त कोही आफ्नै प्रयासले मतदान गर्ने विधि सिकिरहेका छन्।

सहिद परिवार भन्छन्– हामी भोटबैंक मात्र भयौं

मलेठ घटनाका सहिद पिताम्बर मण्डलका बुवा गोसाइ मण्डल भन्छन्, ‘शेरबहादुर देउवा, पुष्पकमल दाहाल र बाबुराम भट्टराईसँग भेट भयो भने मेरो छोरा किन मारियो म सोध्थें, अग्रह गर्थे, हात जोडेरै भन्थे सबैजना बाँडीचुँडी सत्ता भोग्नुस् तर कसैको सन्तानलाई अनाहकमा मार्ने काम नगरिदिनुस् ।’

चुनावमा कलाकार : नाच्दै, गाउँदै, भोट माग्दै

दसैं÷तिहार पछिको समय सुटिङका लागि उपयुक्त मानिन्छ । मौसमको अनुकुलताका कारण पनि निर्माता ÷ निर्देशक यो समयमा सुटिङ गर्न रुचाउँछन् । संगीत र नाटकमा संलग्न कलाकारको पनि काम गर्ने समय यही हो ।

सोलुको तिङलामा शून्य भोट

सोलुखुम्बुका तिङलावासीले निर्वाचन बहिष्कार गरेका छन् । प्रशासनिक सुगमताको माग पूरा नभएकाले उनीहरु प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सहभागी नभएका हुन् । उनीहरु स्थानीय तहको निर्वाचनमा समेत सहभागी भएका थिएनन् ।

मतदान शान्तिपूर्ण, ६५ प्रतिशत भोट खस्यो

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि पहिलो चरणमा आइतबार उत्साहपूर्ण मतदान भएको छ । निर्वाचन आयोगको प्रारम्भिक विवरणअनुसार ६५ प्रतिशतभन्दा बढी मत खसेको छ । पहिलो चरणमा चुनाव भएका ३२ जिल्लामध्ये बाजुरामा सबैभन्दा बढी ८० प्रतिशत मत खसेको छ । आयोगका अनुसार अन्तिम विवरण आउँदासम्म खसेको मत प्रतिशत अझै बढी हुनेछ ।

दुर्गमका केन्द्रमा भोट बाँडफाँड

धादिङको रुवीभ्याली गाउँपालिका–२ दोङदेङदेवी मावि मतदान केन्द्रमा दलहरुले भोट बाँडेर लिएका छन्। प्रतिस्पर्धामा रहेका वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले भोट बाँडेर लिएका हुन् । श्रोतका अनुसार मतदान केन्द्रमा बुथ प्रतिनिधि राख्ने विषयमा कुरा नमिलेपछि दुबै गठबन्धनका उम्मेदवार स्थानीय तहको निर्वाचनलाई आधार बनाएर भोट बाँड्न सहमत भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्