बाबुलाई भोट दिन पाइनन् देवयानीले
राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति सम्शेर राणाकी छोरी देबयानी राणाले बाबु (पशुपति) लाई भोट दिन पाइनन्। उनका बाबु पशुपति सिन्धुपाल्चोक–२ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन्।
राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति सम्शेर राणाकी छोरी देबयानी राणाले बाबु (पशुपति) लाई भोट दिन पाइनन्। उनका बाबु पशुपति सिन्धुपाल्चोक–२ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन्।
खोटाङमा प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा भोट हाल्नका लागि मतदाता भित्रिनेक्रम बाक्लिएको छ । आइतबार हुने निर्वाचनमा भोट हाल्नका लागि राजधानी काठमाडौंलगायतका शहरबाट मतदाता जिल्ला भित्रिनेक्रम बढेको हो ।
आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सहभागी हुन उपल्लो मुस्ताङको लोमान्थाङका पेम्बा गुरुङ घर फर्किए। अत्यधिक जाडो भएपछि पोखरा पुगेका गुरुङसहित करिब ४० जनाको टोली उम्मेदवारले व्यवस्थापन गरेको यातायातका साधनमा सडकमार्ग हुँदै बिहीबार गाउँ फर्किएका हुन् ।
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीत मौनअवधिमा आफ्नो पार्टीको पक्षमा मत मागेको सूचना प्राप्त भएको जनाउँदै उपप्रधानमन्त्री कमल थापालाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ।
उपत्यकाका महिला मतदाता उम्मेदवारका खोक्रा आश्वासन र अजेन्डाका भरमा भोट नहाल्ने बताउँछन् । उम्मेदवारले पहिले वाचा गरेका प्रतिबद्धता पूरा गरे÷नगरेको सोध्ने बेला आइसकेको उनीहरूको तर्क छ।
मिक्लाजुङ–६ बेतेनीका ६३ वर्षीय मानबहादुर गोले त्यो कहालिलाग्दो दिन सम्झेर भक्कानिन्छन्। विसं २०७३ असार ७ गते बाढीले उनको घर र खेत बगायो। अहिले जंगलमा टहरा बनाएर बस्दै आएका छन् ।
सोलुखुम्बुको तिङ्लाबासी आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा सहभागी नहुने भएका छन्। राज्य पुनः संरचनाको क्रममा साविकको तिङ्ला गाविसलाई नेचा–सल्यान गाउँपालिकामा समावेश गर्ने निर्णयविरुद्ध उनीहरु आक्रोशित भएका हुन्। तिङ्लाबासीले सोलु–दुधकुण्ड नगरपालिकामा मिसिने माग पूरा हुनुपर्ने उनीहरुको माग छ।
भगवानपुर गाउँपालिका ३ नरहास्थित हुलाकी सडकको उत्तरपट्टि सात परिवार मलिक (डोम) को बस्ती छ । धुलाम्य सडकको छेउमा लहरै फुसका छाप्रामा कष्टपूर्ण जिन्दगी बिताउँदै आएको मलिक बस्तीमा आसन्न चुनावको रौनक छैन ।
कोटेश्वर महादेवस्थानस्थित सावित्रीदेवी गौतमको खाजा पसलमा साँझ–बिहान चिया पिउँदै राजनीतिक गफ गर्नेको भीड लाग्छ। गौतमको पसलअगाडि बेन्च र महादेवस्थान मन्दिरको पेटीमा बसेर राजनीतिक गफ गर्नेका लागि अचेल साझा अजेन्डा बनेको छ– प्रतिनिधि र प्रदेशसभा निर्वाचन । उनीहरू चियाको चुस्कीसँगै कुन पार्टीले चुनाव जित्छ भन्ने अड्कल काटिरहेका हुन्छन्।
चुच्चेपाटीबाट महांकाल पानी ट्यांकी हुँदै कपनतर्फ लाग्दा बाटोमा भेटिन्छ, एउटा ठूलो चौतारो । अग्लो स्थानमा रहेको चौतारोबाट हेर्दा काठमाडौं प्रतिनिधिसभा निर्वाचन क्षेत्र– ४ का अधिकांश भूभाग प्रस्टै देखिन्छन् ।
देश चुनावी रौनकमा छ । प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि विभिन्न दलका नेता, कार्यकर्ता प्रचार–प्रसारमा छन् । देशमा निर्वाचन सम्पन्न गर्न आमनागरिककै अन्तिम भूमिका हुन्छ, उनीहरूले भोट दिएर नै प्रतिनिधि चुनिने हुन् । तर बाहिरी जिल्लाबाट राजधानी आएर विभिन्न पेसा, व्यवसाय गरेर बसेका कतिपय विभिन्न कारण मतदान गर्न जाने छैनन् ।
उपयोगी प्रविधिको अनुसन्धान र विकासमा संलग्न जुम्ल्याहा राम–लक्ष्मण रिमालले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा एउटै मात्र मतदान केन्द्रमा भए पनि स्वदेशी भोटिङ मेसिन प्रयोग गरिदिन निर्वाचन आयोगसँग आग्रह गरेका छन् ।
उपयोगी प्रविधिको अनुसन्धान र विकासमा संलग्न जुम्ल्याहा राम–लक्ष्मण रिमालले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा एउटै मात्र मतदान केन्द्रमा भए पनि स्वदेशी भोटिङ मेसिन प्रयोग गरिदिन निर्वाचन आयोगसँग आग्रह गरेका छन्।
चौतारा–दोलालघाट सडकको बन्देउबाट धुले सडक हुँदै केही अघि बढेपछि आउने जामुने गाउँका माझी युवा टहरोमा दलीय झन्डा गाढ्दै थिए । अलि पर एक्लेबेसीमा उम्मेदवारका प्रचार सामग्री टाँस्न व्यस्त माझी युवाको अर्को टोली भेटियो । इन्द्रावती फाँटको झुम्म बस्ती महादेवटार अझ रंगीन थियो । टहरोको धुरीमा दलीय झन्डा फहराउँदै पाखा, भित्तैभरि छपक्क प्रचार सामग्री टाँसेर माझी समुदाय स्वागतसाथ चुनावको प्रतीक्षामा छ ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस आन्दोलनका सहिदहरुलाई सम्झेर भोट हाल्न आम जनतालाई अपिल गरेका छन। सहिदको सपना र बलिदानीलाई खेर जान नदिन मधेस गठबन्धन लाई जिताउन यस्तो अपिल गरेका हुन्।