११ मंसिर २०८१ मंगलबार
image/svg+xml

वन्दसूचीमै नपरेकालाई समानुपातिकको उम्मेदवार भन्दै भोट माग्दै

मंसिर १० गते हुने संघीय प्रनितिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धामा उत्रिएका हिमाली जिल्ला मनाङका उम्मेदवारहरुले समानुपातिक उम्मेदवारको सूचिमै नभएका व्यक्तिलाई समानुपातिक उम्मेदवार भन्दै भोट मागेका छन्।

स्थानीय चुनाबभन्दा फेरिन सक्छ 'भोटिङ ट्रेन्ड'

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मिति नजिकिएसँगै चुनावी माहोल र यसको परिणामबारे अड्कालबाजी सुरु भएका छन्। पहिलो चरणमा मंसिर १० गते ३२ जिल्लामा प्रतिनिधि सभाका ३७ र प्रदेश सभाका ७४ क्षेत्रमा हुने निर्वाचनका लागि ११ दिन बाँकी छ। दोस्रो चरणमा मंसिर २१ गते ४५ जिल्लाका १ सय २८ क्षेत्रको निर्वाचन आउन २२ दिन बाँकी छ।

नमूना मतदानमा भोट दिने अभ्यास

खोटाङ सदरमुकाम दिक्तेलमा आयोजना गरिएको नमूना मतदानमा स्थानीयले मतदान गर्ने अभ्यास गरेका छन् । आसन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा भोट बदर हुन नदिनका लागि मतदाताले नमूना मतदानमा अभ्यास गरेका हुन् । हाटमा अाएका सर्वसाधारणलार्इ केन्द्रित गरेर जिल्ला निर्वाचन कार्यालयले दिक्तेलको हाटडाँडामा नमूना मतदानमा कार्यक्रमकाे अायाेजना गरेकाे थियाे ।

सोलुखुम्बुमा ‘नो भोट नो क्याण्डिडेट’ अभियान

प्रदेश र प्रतिनिधि सभाको चुनावी माहौल तात्दै गएपनि सोलुखुम्बुको तिङला क्षेत्र सुनसान देखिएको छ । तिङ्लाबासीले तिङ्लालाई सोलु दुधकुण्ड नगरपालिकामा समावेश गर्नु पर्ने माग गर्दै ‘नो भोट नो क्याण्डिडेट’ अभियान सुरु गेका छन् ।

छमछमी नाँचेर भोट माग्दै रवीन्द्र मिश्र

विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले आसन्न निर्वाचनमा विवेकशील साझा पार्टीका लागि भोट माग्ने नयाँ तरिका अपनाएका छन् । उनले विवेकशील साझा पार्टीको नयाँ गीतमा नाँच्दै भोट मागेका छन् ।

भक्तपुरमै पैसा बाँडेर भोट !

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले घोषणापत्र नभई पैसाको खाम लिएर मत माग्न आउने नेताहरुलाई लखेटेर पठाउन जनतासँग आग्रह गरेका छन्।

मतदाता भन्छन्- ‘कुरा होइन, काम गर्नेलाई भोट’

काठमाडौं जिल्लाका १० निर्वाचन क्षेत्रमध्ये धेरैले ग्रामीण क्षेत्रलाई छोएका छन् । क्षेत्र– १ ले भने काठमाडौंका कुनै पनि ग्रामीण क्षेत्रलाई छुँदैन ।

पिराडीवासी भन्छन्- ‘भारतीयको बलमिच्याइबाट जोगाउनेलाई भोट’

चुनावका बेला गाउँमा पुग्ने विभिन्न दलका नेताका विकासे अजेन्डा सुन्नमा कम मिठा छैनन् । तर, पर्साको सीमावर्ती गाउँ पिराडीगुठीका बासिन्दाले विकास र अधिकार मात्र छैन । उनीहरू सिमापारी भारततिरबाट हुने दैनिक बलमिच्याइ र अपमानबाट मुक्ति चाहेका छन् ।

‘भारतीयको बलमिच्याईबाट जोगाउनेलाई भोट’

उसो त गाउँमा पुग्ने बिभिन्न दलका नेताहरुको चुनावी अजेण्डाहरु सुन्नमा कम मिठा छैनन्। पर्साको सिमावर्ती गाउँ पिराडी गुठीका बासिन्दाले नेताहरुबाट चाहेको कुरा विकास र अधिकारको अश्वासन मात्र रहेनछ, उनीहरु सिमापारी भारत तिरबाट हुने दैनिक बलमिच्याई र अपमानबाट मुक्ति चाहेका छन्।

विपक्षीको कमजोरी औंल्याउँदै भोट माग्दै

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा वाम गठवन्धन र नेपाली कांग्रेसबीचम कडा प्रतिष्पर्धा देखिएको जाजरकोटमा दुवै पक्षका उम्मेदवारहरुले एक अर्काको कमजोरी देखाउँदै जनतासंग भोट माग्न थालेका छन्। घरदैलो र कार्यकर्ता भेटघाटलाइ तिव्रता दिएका दुवै दलका उम्मेदवारहरुले जनतासंग आफनो वढाइचढाइ र विपक्षीको कमजोरी औंल्याउदै भोट माग्न थालेका हुन् ।

निधिलाई मधेशी जनतासँग भोट माग्ने नैतिकता छैन : राजेन्द्र महतो

धनुषा क्षेत्र नम्बर ३ का राष्ट्रिय जनता पार्टी नेपालका प्रतिनिधि सभाका उम्मेद्वार राजेन्द्र महतोले विमलेन्द्र निधिलाई जनकपुरका जनताले यसपटक चुनाव हराएर ठूलो सबक सिकाउने दाबी गरेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले धनुषाको जनकपुरमा नेता महतोसँग आयोजना गरेको विशेष चुनावी साक्षात्कारमा उनले भने ।

भोट माग्न खेतबारीमै पुग्नथाले उम्मेदवार

ग्रामिण भेगका जनतालाई यतिबेला बाली भित्र्याउने चटारो छ। मतदाताहरु खेतबारीमा ब्यस्त छन्। धान बाली भित्र्याउनु पर्ने र गहुँबाली छर्नु पर्ने दोहोरो कामको चटारो किसानलाई छ।

२६ वर्षपछि मर्स्याङदी पारी पुनःभोट माग्दै गुरुङ

आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा वाम गठबन्धनबाट प्रतिनिसभा सदस्यमा चुनावी मैदानमा उत्रिएका देवप्रसाद गुरुङ २६ वर्ष पछि पुनः भोट माग्रदै पूर्वीभेगका गाउँवस्तीमा पुगेका छन्।

'सके हसिया हथौडा, नभए सूर्यमा भोट हाल्नुस्'

‘माओवादीबाट उठेकाले हसिया हथौडामा भोट हाल्नुस भन्छु । प्रत्यक्ष र समानुपातिकमा दुबै ठाउँ हसिया हथौडामै मत दिनुहोला । तपाईँलाई सूर्य मन पर्छ भने त्यहाँ हाल्दा पनि हुन्छ । त्यो भन्दा बाहिर नजानुहोला,’ माओवादी नेता कृष्णबहादुर महराले भने ।

नेता भोट माग्दै, जनता जागिर

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि घरदैलोमा भोट माग्न पुगेका नेताहरुसँग जनताले जागिर मागेका छन् । उम्मेदवारीको मनोयनपत्र दर्ता गराएर जनताको घरदैलोमा हिडेका कांग्रेस, माओवादी र एमाले लगायत दलका नेताहरुसँग जनताले भोटको बदला रोजगारीको व्यवस्था गरिदिन आग्रह गर्न थालेका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्