नेपाल र जिम्बावे ए बीच प्रतिष्पर्धा
नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज जिम्बावे ए सँग तेस्रो टि २० क्रिकेटमा प्रतिष्पर्धा गरिरहेको छ। खेल दिउँसो १ बजे त्रिभुवन विश्वविद्यालयको मैदान कीर्तिपुरमा सुरु भएको हो।
नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज जिम्बावे ए सँग तेस्रो टि २० क्रिकेटमा प्रतिष्पर्धा गरिरहेको छ। खेल दिउँसो १ बजे त्रिभुवन विश्वविद्यालयको मैदान कीर्तिपुरमा सुरु भएको हो।
शनिबारदेखि कीर्तिपुर मैदानमा जिम्बाब्वेको ए टोलीसँग हुने तीन एक दिवसीय र तीन ट्वान्टी–२० शृंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले बुधबारबाट प्रशिक्षण थालेको छ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले सोमबार त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको फाइनलमा पपुवा न्युगिनी (पिएनजी) को सामना गर्दा स्वाभाविक प्रदर्शनका साथ उपाधि जित्न चाहेको बताएका छन्।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का र नेपाली राष्ट्रिय महिला टोलीकी स्ट्राइकर सावित्रा भण्डारी एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा दशकका सर्वोत्कृष्ट पुरुष र महिला खेलाडी बनेका छन्।
नेपाली क्रिकेट टोलीमा डेब्युपश्चात् लगातार तीन अर्धसतकको कीर्तिमान रचेका कुशल भुर्तेल अहिले विश्वकप क्रिकेट लिग–२ को तयारीमा व्यस्त छन्।
भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले आफ्नो सम्भावित उत्तराधिकारीलाई सहयोग गर्न पाउँदा खुसी भएको बताएका छन्।
सन् २०१८ मा तत्कालिन दिल्ली डेयर डेभिल्स (दिल्ली क्यापिटल्स) ले न्यूनतम मूल्य २० लाख भारतीय रुपैयाँ अक्सनमा किनिएका सन्दीप गत वर्ष पनि अनसोल्ड भएका थिए।
पुबुदुले आफ्नो समूहमा ओमान सबैभन्दा कठिन प्रतिद्वन्द्वी रहे पनि क्यानाडा र फिलिपिन्सलाई पनि कमजोर टोलीका रूपमा लिने गल्ती नगर्ने बताए।
अस्ट्रेलियन पुरुष क्रिकेट टोलीका मुख्य प्रशिक्षक जस्टिन ल्यांगरले शनिबार पदबाट राजीनामाको घोषणा गरे।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले आफूमाथि बहु वर्षको प्रतिबन्ध लगाउने तयारी गर्नुपूर्व उनले विज्ञप्ति जारी गरेको बताएका छन्। ती फिक्सरबाट आफूले १५ हजार डलर लिएको र त्यसबाहेक अन्य कुनै पनि खेलमा फिक्सिङ नगरेको समेत प्रस्ट्याएका छन्। ३५ वर्षे ब्याट्सम्यानले गत वर्ष मात्र अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका थिए।
प्रशिक्षक पुबुदुले यसअघि सन् २०११ देखि २०१५ सम्म नेपाली टोली सम्हालिसकेका छन्। पुबुदुको पहिलो कार्यकालमा नेपाली क्रिकेटले डिभिजन–४ देखि डिभिजन–१ सम्मको यात्रा तय गरेको थियो। उनकै प्रशिक्षणमा नेपालले पहिलो पटक सन् २०१४ मा आइसिसी ट्वान्टी–२० विश्वकप खेलेको थियो।
यसअघि सुदूरपश्चिमले टस जितेर पहिले ब्याटिङ गर्दै सामान्य योगफल मात्रै बनायो। ७ रनमा ३ विकेट गुमाएर धर्मराएको सुदूरपश्चिमले २० ओभरमा ७ विकेट क्षतिमा ८५ रन बनायो।
आगामी मंगलबारदेखि नेपाली राष्ट्रिय क्रिकेट टोली बन्द प्रशिक्षणको लागि पोखरा आउँदै छ। डिसेम्बर २१ तारिखदेखि राष्ट्रिय टोलीको बन्द प्रशिक्षण पोखरामा सुरु गरिने नेपाल क्रिकेट संघको बुधबार बसेको बोर्ड बैठकले निर्णय गरेको हो।
बुधबार बसेको क्यान बोर्ड बैठकले कप्तान ज्ञानेन्द्रसहित, उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई खेलभावनाविपरीत कार्य गरेको भन्दै पदमुक्त गरेको हो । त्यस्तै क्यानले तीव्र गतिका बलर सोमपाल कामी र कमलसिंह ऐरीमाथि अनुशासनको कारबाही गरेको छ।
संयुक्त अरब इमिरेट्स (युएई) मा जारी आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले मलेसियालाई पराजित गरेको छ। जितसँगै नेपाल शीर्ष स्थानमा उक्लेको छ।