२२ वैशाख २०८१ शनिबार
image/svg+xml

लागुऔषध मुद्दामा फरार अभियुक्त पक्राउ

रोल्पा जिल्ला अदालत रोल्पाबाट लागुऔषध चरेश मुद्दामा मिति २०७६ फाल्गुन २९ गते फैसला भई १ वर्ष ६ महिना कैद र पन्ध्र हजार जरिवाना भई हालसम्म फरार रहेका एक जना पक्राउ परेका छन्।

१५ किलो चरेशसहित गोरखामा एक महिला पक्राउ

१५ किलो दुई सय ग्राम लागुऔषध चरेशसहित प्रहरीले एक महिलालाई गोरखामा पक्राउ गरेको छ। धार्चे गाउँपालिका ४ लाप्राककी ४३ वर्षीया कोपिला गुरुङलाई बुधबार बिहान साढे १ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले बताए।

साढे १३ किलो चरेशसहित चार महिला पक्राउ

कपिलवस्तुमा दुई छुट्टाछुट्टै स्थानबाट साढे १३ किलो चरेशसहित चार महिला पक्राउ परेका छन्। कृष्णनगरबाट साढे ७ किलो चरेशसहित ३ महिला तथा शिवराज नगरपालिका–५ चैनपुरबाट ६ किलो चरेशसहित एक जना पक्राउ परेका हुन्।

डेढ किलो चरेशसहित वडा सदस्य पक्राउ

प्रहरीले मार्तडीबाट अवैध लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ।। आइतबार राति मार्तडी बजारबाट बडिमालिका नगरपालिका ३ का वडा सदस्य र एक जना व्यापारीलाई डेढ किलो चरेशसहित पक्राउ गरेको हो ।

दुई किलो ७ सय ग्राम चरेशसहित दुई जना पक्राउ

उक्त लागुऔषध चरेश बरामद गरी दुवै जनालाई पक्राउ गरी मुद्दा दर्ता गरेर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए।

आठ किलो चरेशसहित युवती पक्राउ

अवैध लागूऔषध चरेश ओसारपसारमा संलग्न भएको आरोपमा एक युवतीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। चरेश आठ किलो एक सय ६० ग्रामसहित पर्साको पटेर्वा सुगौली नगरपालिका १ की २४ वर्षीया गीता राईलाई प्रहरीले पक्राऊ गरेको हो।

लागुऔषध कारोबारीलाई २० वर्ष कैद

रुकुम (पश्चिम)मा अवैध लागुऔषध चरेश र अफिमसहित पक्राउ परेका दुई युवालाई जनही २० वर्ष कैद सजाय हुने भएको छ।

२४ किलो चरेशसहित भारतीय नागरिक पक्राउ

२४ किलो चरेशसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयले शनिवार पत्रकार सम्मेलन गरी चरेशसहित वीरगञ्ज १५ स्थित बसपार्कबाट पक्राउ परेका भारतको कलकत्ता शिविरपुर २७ का सहनवाद अब्दुललाई सार्वजनिक गरेको हो।

सत्र किलो चरेशसहित एक जना पक्राउ

रुकुम (पश्चिम) ठुलो परिमाणमा अवैध आगुऔषध चरेशसहित एक जनालाइ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाँफिकोट गाउँपालिका ८ दुलीका ४४ वर्षीय जयराम खत्री रहेका छन्। प्रहरीले खत्रीलाई १७ किलो ५ सय ग्राम चरेशसहित पक्राउ गरेको हो।

४० किलो चरेशसहित २ भारतीय पक्राउ

कपिलवस्तु नगरपालिका १ स्थित बहादुरगंज जाने चोकमा आइतवार बिहान ४० किलो चरेशसहित २ भारतीय पक्राउ परेका छन्। यति ठुलो परिमाणमा चरेश बरामद भएको जिल्लामै यो पहिलो घटना रहेको प्रहरीले जनाएको छ। बिशेष सुराकीको आधारमा भारततर्फ लैजान लागिएको अवस्थामा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।

चरेशसहित दुई पक्राउ

प्रहरीले ६ किलो तीन सय ग्राम चरेशसहित दुई जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय छिन्चुका प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाईका अनुसार भेरीगंगा नगरपालिका–१० मदानेचौरबाट चरेशसहित दुई जनालाई पक्राउ गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्