९ जेष्ठ २०८१ बुधबार
image/svg+xml

बुटवलमा २५ केजी चरेश सहित ४ जना पक्राउ

बुटवलमा २५ केजी चरेश सहित ४ जना पक्राउ परेका छन्। चरेश विक्रीका लागि बार्गेनिङ गरिरहेको बेला शनिबार राती बुटवल इटटाभट्टी लाइनबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

९ किलो चरेशसहित महिला पक्राउ

रोल्पा प्रहरी ठुलो मात्रामा लागुऔषध चरेशसहित एक महिलालाई पक्राउ गरेको छ। रोल्पा थवाङबाट दाङ जाँदै गरेको रा १ ख ७४२ नम्बरको बसमा लुकाई छिपाई लैजाँदै गरेको अवस्थामा माडि गाउँपालिका घर्तीगाउँ बजारबाट एक महिलासहित ९ किलो चरेश प्रहरीले बरामद गरेको हो।

पाँच किलो चरेश सहित चार जना पक्राउ

सशस्त्र प्रहरीकोे विशेष टोलीले ५ केजी चरेश सहित चार जनालाई काठमाडौंको गुर्जुधाराबाट पक्राउ गरेको छ। बुधबार दिउँसो लागु औषध चरेश विक्री वितरणका लागि हिडिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरी नेपाल प्रहरीलाई बुझाएको छ।

डेढ किलो चरेशसहित वृद्ध पक्राउ

लागूऔषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय महेन्द्रनगरले १ किलो ५०० ग्राम चरेशसहित एक ७४ वर्षीय वृद्धलाई पक्राउ गरेको छ।

चरेशसहित दुई युवक पक्राउ

कञ्चनपुर प्रहरीले लागुऔषधसहित भीमदत्तनगरपालिका १९ बागफाँटाबाट दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भीमदत्त नगरपालिका ६ ऐठपुरका २१ बर्षीय सर्जन बडायत र १८ बर्षीय आशिष राना रहेका छन्।

ट्रकबाट ७० किलो चरेश बरामद

मुग्लिनतर्फ जाँदै एलपी ट्रकसहित धादिङ प्रहरीले ७० किलो चरेश बरामद गरेको छ। धादिङको गजुरी हुँदै मुग्लीनतर्फ जाँदै गरेको ना६ख १३७ नम्वरको एलपी ट्रक चेकजाँचको क्रममा ७० किलो चरेश सहित ट्रकका चालक र सहचालक पक्राउ परेका हुन्।

हङकङ जाने सुकुटीमा चरेश

प्रहरीले मासुको सुकुटीमा लुकाएर हङकङ लैजाने तयारीमा रहेको चरेश सहित दुई जनालाई समातेको छ। लागूऔषध नियन्त्रण ब्युरोले शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन केजी चरेससहित दुईजनालाई समातेको हो।

तीन किलो चरेश हङकङ लैजाँदै गर्दा दुई पक्राउ

तीन किलो चार ग्राम चरेश सहित दुई जनालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट प्रहरीले पक्राउ गरेको छ।

ठमेलमा 'चरेश बेच्ने प्रहरी' खोज्दै ब्युरो

लागूऔषध नियन्त्रण ब्युरोका अधिकारी सोमबार अपरान्हदेखि ठमेलमा चरेश बेच्ने प्रहरीको खोजीमा सक्रिय छन्। ब्युरोले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेका टर्कीस नागरिकको बयानको आधार आफुलाई प्रहरी बताउने चरेश विक्रेताको खोजी तिब्र पारेको हो।

चरेशसहित इरानी नागरिक पक्राउ

लागुऔषध नियन्त्रण ब्युरोले चरेससहित एक इरानी नागरिकलाई पक्राउ गरेको छ । ब्युरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो सात सय ग्राम चरेससहित वाहिद निकजमिरलाई आइतबार पक्राउ गरेको हो ।

पर्सामा प्रहरीले चरेश कारखाना फेला पार्‍यो

वीरगन्ज- पर्सामा गोप्यरुपमा चलाइएको चरेश उद्योग प्रहरीले फेला पारेको छ। सो स्थानबाट १ जनालाई प्रहरीले पक्राउ गरेको छ भने चरेश बनाउन प्रयोग हुने सामान समेत बरामद गरेको छ।

१२ किलो चरेशसहित दुई पक्राउ

१२ किलो चरेशसहित कोहलपुरमा दुई युवक पक्राउ परेका छन्। उनीहरुको साथबाट २२ पोका चरेश पक्राउ परेको हो। क्षेत्रीय प्रहरीको अनुसन्धान ब्युरो र इलाका प्रहरी कार्यालय कोहलपुरले चरेशसहित हुम्ला सिमीकोट-९ का नन्द सुनार र बाजुरा गोत्री- ८ का दिपक भण्डारीलाई पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्