२ असार २०८१ आइतबार
image/svg+xml
समाज

चरेशसहित इरानी नागरिक पक्राउ

काठमाडौं– लागुऔषध नियन्त्रण ब्युरोले चरेससहित एक इरानी नागरिकलाई पक्राउ गरेको छ । ब्युरोले त्रिभुवन अन्तर्राष्ट्रि«य विमानस्थलबाट एक किलो सात सय ग्राम चरेससहित वाहिद निकजमिरलाई आइतबार पक्राउ गरेको हो ।

वाहिदले सुटकेसमा फल्सबटम बनाई लुकाएर जेट एयरवेजको फ्लाइट नम्बर–२६५ मा  काठमाडौंबाट मुम्बई हुँदै श्रीलंकाको कोलम्बो चरेस लैजान लागेको खुलेको छ ।

ब्युरोका अनुसार वाहिद पहिलोपटक सन् २०१३ मा नेपाल आएका थिए भने पछिल्लोपटक ६ साउनमा नेपाल आएका थिए । वाहिद विगत १५ वर्षदेखि चरेसको अम्मली रहेको ब्युरोले जनाएको छ  । पछिल्लोपटक वाहिद ६ साउनमा नेपाल आएका  थिए ।

पोखरा बसाइको क्रममा बाग्लुङ गई उनले आफैं गाँजा संकलन गरी चरेस बनाएको र श्रीलंका बसाइको क्रममा आफ्नै लागि सेवन गर्न चरेस लैजान लागेकोे प्रारम्भिक अनुसन्धानमा खुलेको ब्युरोले जनाएको छ ।

वाहिदका साथबाट चार सय पाँच ग्राम यार्सागुम्बा समेत बरामद भएको ब्युरोले जनाएको छ ।

प्रकाशित: १० आश्विन २०७३ ०४:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App