२ असार २०८१ आइतबार
image/svg+xml
समाज

चरेशसहित दुई युवक पक्राउ

महेन्द्रनगर – कञ्चनपुर प्रहरीले लागुऔषधसहित भीमदत्तनगरपालिका १९ बागफाँटाबाट दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भीमदत्त नगरपालिका ६ ऐठपुरका २१ बर्षीय सर्जन बडायत र १८ बर्षीय आशिष राना रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले समाजमा अपराध मुक्तिका लागि ‘लागु औषध र अवैध मदिरा नियन्त्रण’ गर्ने अभियान अन्तर्गत उनीहरुबाट ५ सय ग्राम चरेश बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता ज्ञानबहादुर सेठीले शंकास्पद व्यक्तिसंग खान तलासी गर्दा कालो पदार्थ चरेश बरामद गरिएको बताए।

दुवैलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा राखेर थप अनुसन्धान भइरहेको र लागुऔषध ओसारपोसार मुद्दा चलाइने प्रहरीले जनाएको छ।  

कञ्चनपुर प्रहरीले गाउँ गाउँमा लागुऔषध नियन्त्रणका लागि विशेष अभियान चलाएपछि दिनदिनै प्रयोगकर्ता र तस्कर पक्राउ पर्न थालेका छन्।

प्रकाशित: १७ माघ २०७४ १०:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App