२ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

ट्रकबाट ७० किलो चरेश बरामद

धादिङ- मुग्लिनतर्फ जाँदै एलपी ट्रकसहित धादिङ प्रहरीले ७० किलो चरेश बरामद गरेको छ। धादिङको गजुरी हुँदै मुग्लीनतर्फ जाँदै गरेको ना६ख १३७ नम्वरको एलपी ट्रक चेकजाँचको क्रममा ७० किलो चरेश सहित ट्रकका चालक र सहचालक पक्राउ परेका हुन्।

बेनिघाट रोराङ गाउँपालिका वडा नं ५ मा रोकेर चेकजाँच गर्ने क्रममा लुकाइ छिपाइ बेच्न लैजादै गरिएको अवस्थामा अवैध चरेश बरामद गरिएको इलाका प्रहरी कार्यलय गजुरीका प्रमुख प्रहरी निरीक्षक बरुण बहादुर सिंहले बताए।

प्रहरीले ओसार प्रसारमा संलग्न ट्रक चालक मकवानपुर मनहरी गाउँपालिका ६ का कृष्ण बहादुर राइ र सहचालक मनहरी ६ कै आयुष लामालाइ नियन्त्रण लिइएको छ।

प्रतिवन्धित लागुपदार्थ चरेश बेचबिखनको लागि लैजादै गरेको अवस्थामा विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यलय गजुरीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाइ पक्राउ गरेको हो। प्रहरी निरिक्षक सिंहले भने, 'ट्रकमा चरेश ओसार–पशार हुदैछ भन्ने सुचनाको आधारमा हामीले सक्रियता बढाएका थियौँ।'

धादिङको दक्षिणी क्षेत्रको महाभारत पर्वत आसपासका गाउँपालिकाहरुमा अवैध रुपमा गाँजा र चरेशको खेती हुने गरेको पाइन्छ। प्रतिवन्धित लागपदार्थहरु खुलेआम खेती भइरहदा स्थानिय प्रशासनले बेला–बेलामा गाँजा फडानी अभियान चलाइरहे पनि त्यो सफल हुन सकेको छैन।

पक्राउ परेकाहरुले नै बेच्न लैजादै थिए कि उनीहरु भरियामात्र थिए भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अनुसन्धानपछि पक्राउ परेकाहरुलाई लागुपदार्थ ओसार–पसार ऐन अन्तरगत मुद्धा चलाइने प्रहरीले जनाएको छ।

प्रकाशित: २३ जेष्ठ २०७४ ०९:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App