५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

लागुऔषध कारोबारीलाई २० वर्ष कैद

रुकुम– रुकुम (पश्चिम)मा अवैध लागुऔषध चरेश र अफिमसहित पक्राउ परेका दुई युवालाई जनही २० वर्ष कैद सजाय हुने भएको छ। गत फागुन ३ गते आठबीसकोट नगरपालिका–४, गोतामकोटको अनहाज्यूलाबाट पक्राउ परेका जाजरकोट त्रिवेणी नलगाड नगरपालिका–१३, ठाटिगुरताका ४२ वर्षीय धनबहादुर मल्ल र सोही नगरपालिका–१२, अलगुरताका ३० वर्षीय चन्द्रबहादुर शाहीलाई अदालतले जनही २० वर्ष कैद सजायका साथै १०÷१० लाख रुपैयाँ जरिवान तोकेको छ।

जिल्ला न्यायाधीश आत्मदेव जोशीको इजलासले दुवैजनालाई दोषी ठहर गर्दै कैद सजायका साथै जरिवाना तोकेको अदालतका श्रेष्तेदार शिवहरि सुवेदीले जानकारी दिए। दुवैजनाले अफिम र चरेश ल्याएको ठहर भएकाले कैद सजाय र जरिवाना गरिएको उनले बताए।

मल्ल र शाहीलाई सात किलो चरेश र पाँच किलो अफिमसहित प्रहरीले पक्राउ गरेको थियो। जाजरकोटतर्फ जाँदै गर्दा गोप्य सूचनाको आधारमा जाजरकोट–डोल्पा सडक खण्डबाट पक्राउ परेका उनीहरूविरुद्ध अवैध लागुऔषध ओसारपसारसम्बन्धी मुद्दा दर्ता गरिएको थियो। प्रहरीले उनीहरूको साथबाट नगद ५० हजार रुपैयाँ र दुई थान स्प्रिङ तराजुसमेत नियन्त्रणमा लिइएको थियो।

प्रकाशित: ३१ असार २०७६ ११:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App