coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

धादिङको गजुरीबाट ६ किलो चरेश सहित दुईजना पक्राउ

धादिङको गजुरीबजारबाट प्रहरीले चरेशसहित दुईजनालाई पक्राउ गरेको छ । गजुरी गाउँपालिका वडा नं १ गजुरीबजारबाट ६ केजी चरेश बरामद गरेको हो ।  

पक्राउ पर्नेमा धादिङको नीलकण्ठ नगरपालिका वडा नं ६ सुनौला बजारका २२ वर्षीय दिलिप दाहाल र सोही ठाउँका २० वर्षीय राजन परियार रहेका छन् ।

गल्छीबाट चितवनतर्फ जाँदै गरेको ग १५ प ३३५० नम्बरको स्कुटरलाई रोकी चेकजाँच गर्ने क्रममा लुकाई छिपाई राखेको उक्त परिणामको लागूऔषध चरेश फेला पारेको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी नायव उपरीक्षक लोकनाथ तिम्सीनाले जानकारी दिए । 

प्रकाशित: ९ मंसिर २०७७ ०४:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App