सुस्त मनस्थितिकी महिलाको बलात्कारपछि हत्या
मोरङको मिक्लाजुङ ७ मा सुस्त मनस्थिति भएकी एक महिलाको बलात्कारपछि हत्या भएको छ । सोही स्थानकी ४५ वर्षीया शान्तिकुमारी तामाङको बलात्कारपछि हत्या भएको इलाका प्रहरी कार्यालय मधमुल्लाले जनाएको छ।
मोरङको मिक्लाजुङ ७ मा सुस्त मनस्थिति भएकी एक महिलाको बलात्कारपछि हत्या भएको छ । सोही स्थानकी ४५ वर्षीया शान्तिकुमारी तामाङको बलात्कारपछि हत्या भएको इलाका प्रहरी कार्यालय मधमुल्लाले जनाएको छ।
आगलागीमा गम्भीर घाइते भएकी खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडा भञ्ज्याङकी ४५ वर्षीय रत्नमायाँ सार्कीको मृत्यु भएको छ। फागुन ९ गते बिहान भएको घर आगलागीमा गम्भीर घाइते भएकी सार्कीको शनिबार मृत्यु भएको हो।
लगातारका दुई सेट गुमाए पनि उत्कृष्ट पुनरागमन गरेको सशस्त्र प्रहरी बलको एपिएफ क्लबले शनिबार शिवम् न्यु डायमन्डलाई ३–२ ले हराउँदै चौथो एनएसटी– एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ।
‘समान काम समान ज्यालाको कुरा धेरै वर्षदेखि उठेको छ, घरमा महिलाले गर्ने कामको हिसाब कतै छैन । यसका लागि पुरुषलाई घरेलु कामको दायरामा ल्याउनुपर्छ।’
दिगो विकास लक्ष्यहरू (एसडिजी) मानव समाजका सबै पक्षबाट गरिबी अन्त्य गर्ने एउटा साहसिक र विश्वव्यापी सहमति हो, जसको उद्देश्य सन् २०३० भित्र मानव जाति र पृथ्वीका लागि समतापूर्ण न्यायसंगत र सुरक्षित विश्व निर्माण गर्नु हो । १७ लक्ष्य तथा १६९ कार्य लक्ष्यसहित संसार रूपान्तरण गर्ने दिगो विकासका एजेन्डा २०३० को एउटा भाग रहेको छ ।
पाल्पा जिल्ला तानसेन–७ चुच्चेबारीमा महिलाको शव भेटिएको छ ।शव पाल्पा जिल्ला तानसेन नगरपालिका–८ गैरा भन्ने स्थानकी ३८ वर्षीया शान्ति हिताङ्ग रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए।
कुमारी फुटसलले शनिबारबाट प्रथम कुमारी महिला फुटसल प्रतियोगिता गर्ने भएको छ।
नेपालका महिला, गरीब र सीमान्तकृत समूह ऊर्जाको पहुँचबाट वञ्चित रहेको एक अध्ययनले देखाएको छ । एसियाली विकास बैंक (एडिबी)ले गरेको ‘लैंगिक समानता, सामाजिक समावेशिता र ऊर्जा क्षेत्रको समीक्षा’ अध्ययनले विभिन्न संरचनात्मक बाधाले उनीहरुलाई ऊर्जाको फाइदा लिनबाट पूर्णतय वञ्चित गराएको देखाएको हो।
कञ्चनपुरको पुनर्वास नगरपालिका–११ भीम वस्तीका ६४ वर्षीय वृद्धा मानमती धामीको हत्या आरोपमा ६६ वर्षीय रामलाल राना (सन्त) पक्राउ परेका छन्।
गत फागुन ४ गते सालनाल सहितको शिशु फाल्ने महिलालाई पक्राउ गरी कर्तव्य ज्यानमा मुद्दा दर्ता गरिएको छ।
पूर्वी चितवनको राप्ती नगरपालिका–२, गड्यौलीस्थित पूर्व पश्चिम लोकमार्गमा बुधबार बिहान ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।
खोटाङमा एकै दिन दुई महिला र एक पुरुष मृत फेला परेका छन् । रूपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाकी ५० वर्षीय तीर्थकुमारी राई, बराहपोखरी गाउँपालिका–१ बराहपोखरी च्यानडाँडाका ३४ वर्षीय देवीबहादुर राउत र खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी २८ वर्षीय रिना राई सोमबार मृत फेला परेका हुन्।
रौतहट प्रहरीले महिलाको अति संवेदनशील अंगमा प्रहार गरी अलोकतान्त्रिक चरित्र प्रदर्शन गरेको छ। रौतहट जिल्ला अदालतको मुखैमा छाती तथा प्राइबेट अंगमा बुटले हिर्काउँदै लछारपछार गरेर घाइते बनाएको घटनाले प्रहरी अझै लोकतान्त्रिक हुन नसकेको प्रमाणित भएको छ।
नेपालगन्जको बागेश्वरी मन्दिर परिसर सधै ब्यस्त हुने गर्छ। दैनिक धार्मिक आस्थाराख्नेको भिड देखिन्छ मन्दिर वरपर । तर पछिल्लो चार दिन बागेश्वरी मन्दिरको पार्किङ क्षेत्र ब्यापारले ब्यवस्त बन्यो । त्यो पनि महिला केन्द्रित ब्यापार ।
खोटाङमा एकैदिन दुई महिला र एक पुरुष मृत फेला परेका छन्। रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाकी ५० वर्षीय तिर्थकुमारी राई, बराहपोखरी गाउँपालिका–१ बराहपोखरी च्यानडाँडाका ३४ वर्षीय देबीबहादुर राउत र खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी २८ वर्षीय रिना राई सोमबार मृत फेला परेका हुन्।