बिवाहित महिलाले १८ वर्षे युवालाई प्रेममा पारेपछि...
बर्दिया सानोश्रीकी एक बिवाहित महिलाले अविवाहित युवालाई फेसबुकबाटै अविवाहित भन्दै प्रेम सम्बन्ध सूरु गरेको भेटिएको छ ।
बर्दिया सानोश्रीकी एक बिवाहित महिलाले अविवाहित युवालाई फेसबुकबाटै अविवाहित भन्दै प्रेम सम्बन्ध सूरु गरेको भेटिएको छ ।
स्थानीय तहको निर्वाचनअन्तर्गत रसुवाको तीनवटा गाउँपालिकामा दलित महिलाको कोटामा मनोनयनपत्र दर्ता नहुँदा छवटा सदस्य पद रिक्त हुन पुगेको छ ।
९ कक्षा पढ्दापढ्दै बिहे भयो । एलएलसी गर्नेबित्तिकै १६ वर्षको उमेरमा शिक्षक बनिन् । त्यसपछि जुम्लामा उनको परिचय बन्यो– ‘कान्तिका मेडम !’ अहिले यिनै मेडम चन्दननाथ नगरपालिकाको मेयरमा निर्वाचित भएकी छन् । ६ नम्बर प्रदेशका ७९ स्थानीय तहमा निर्वाचित हुने उनी एक्लो महिला प्रमुख हुन् ।
नवलपरासीको हुप्सेकोट गाउँपालिकाको अध्यक्ष पदमा स्थानीय तहको निर्वाचनमा सम्भवतः नेपालमा पहिलो पटक महिला उम्मेदवार विजयी बनेकी छिन् ।
पहिलो चरणमा आइतबार हुन गइरहेको चुनावमा लागि ४९ हजार ३ सय ३७ उम्मेदवार मैदानमा उत्रिएका छन् । त्यसमध्ये १३ हजार ५ सय ५६ जना निर्वाचित हुनेछन् ।
काठमाडौंकी सरस्वती तुलाधर (७६) ले स्थानीय चुनावमा धेरैपटक मतदान गरेकी छिन् । तर यो पटकको चुनावी रौनक उनलाई छुट्टै लागेको छ । काठमाडौं महानगरपालिका २७ नम्बर वडाकी मतदाता उनी मतदान गर्न आतुर छिन् ।
प्रवेश श्रेष्ठले बनाएको महिलामैत्री ‘फाइट भायोलेन्स एगेन्स्ट ओमन’ नामको कम्प्युटर सफ्टवेर कार्यक्रम अहिले चर्चामा छ । यो कार्यक्रमले महिलामाथि हुने विभिन्न खालका हिंसा न्यूनीकरण गर्न सघाउँछ ।
स्थानीय तह निर्वाचनका लागि नुवाकोटको दुई मतदान केन्द्रमा निर्वाचन गराउने जिम्मेवारी महिला कर्मचारी र महिला सुरक्षाकर्मीले सम्हालिरहेका छन् । विदुर नगरपालिका ४ मा रहेको नुवाकोट आदर्श बहुमुखी क्याम्पस मतदान ‘ख’ केन्द्र र वडा नम्बर ६ महारानी डिहीस्थित मतदान ‘क’ केन्द्रमा महिलाकै नेतृत्वमा निर्वाचनसम्बन्धी कार्य भइरहेको छ । नुवाकोट आदर्श बहुमुखी क्याम्पस मतदान केन्द्रको ‘ख’ केन्द्रको अधिकृतमा महिला तथा बालबालिका कार्यालय प्रमुख भुला भण्डारी छिन् । यस्तै महारानी डिहीमा रहेको मतदान केन्द्रको ‘क’ केन्द्रमा घरेलु तथा साना उद्योग कार्यालयकी अधिकृत अम्बिका घिमिरे छिन् । दुई दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचन सफल बनाउन निर्वाचन कार्यालयले महिलामैत्री मतदान केन्द्रको नेतृत्व गर्ने जिम्मेवारी पाएकी भण्डारी भन्छिन्, ‘केन्द्रमा महिला कर्मचारी मात्र नभई सुरक्षाकर्मी पनि महिला नै छन् । उत्साहसाथ जिम्मेवारी पूरा गर्न लागिपरेकी छु ।’
आइतबार हुने पोखरा–लेखनाथ महानगरपालिकाको जनप्रिय मावि, सिमलचौरको ‘ख’ मतदान केन्द्रको निर्वाचनमा सबै महिला कर्मचारी खटिएका छन् ।
स्थानीय तहको निर्वाचनमा निकै उत्साहका साथ निर्वाचनको प्रतिस्पर्धामा आएका महिला उम्मेदवारको प्रचारशैली पुरुष उम्मेदवारको भन्दा फरक देखिएको छ ।
बैशाख ३१ गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि सुर्खेतका दुई मतदान केन्द्रमा अधिकृतदेखि प्रहरीसम्म महिलालाई मात्रै खटाइएको छ। सुर्खेतका दुई सय ४० मध्ये दुई वटा मतदान केन्द्रमा निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत, कर्मचारी र प्रहरी सबै महिलालाई खटाइएको छ।
नयाँ नेपालको पहिलो सर्त महिला, दलित र सीमान्त नागरिकलाई राज्य सञ्चालनका महत्वपूर्ण जिम्मेवारीमा पुर्याउने हो। यही नारा अघि बढाउँदै माओवादी केन्द्रले तत्कालीन 'माओवादी जनयुद्ध' कालमा समेत आफ्नो प्रभाव विस्तार गरेको हो।
स्थानीय तहको पहिलो चरणको निर्वाचनमा कुल उम्मेदवार ४९ हजार ३३७ जना रहेकामा महिला उम्मेदवारको सङ्ख्या ३९ प्रतिशत रहेको छ ।
वैशाख ३१ गते हुने स्थानीय तहको चुनावका लागि गाउँपालिका र नगरपालिकाका प्रमुख पदमा जाजरकोटमा एक जना मात्र महिला उम्मेदवार चुनावी मैदानमा उत्रिएकी छिन् ।
अहिले राज्यले राज्य सञ्चालन प्रक्रियामा दलित महिलालाई सहभागी गराउने उद्देश्यले जे कानुन ल्याएको छ त्यसले आगामी दस वर्षभित्र दलित महिलाको उपस्थितिलाई गुणात्मकरूपले विकास गर्न सघाउ पुर्याउनेछ।