७ आश्विन २०८१ सोमबार
image/svg+xml

मिदासको अनलाइन अपोइन्टमेन्ट सेवा

मिदास टेक्नोलोजीले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको सेवा डिजिटलाइज गर्नुको साथै अनलाइन टिकट सेवा सुरु गरेको छ।

महाधिवेशन प्रभावः काठमाडौंका होटल तथा गेस्टहाउस भरिभराउ

अध्यागमन विभागको तथ्यांकले विदेशी पाहुना बढेको देखाइरहँदा यता राजनीतिक पार्टीका महाधिवेशनमा सहभागी हुन आएका पाहुँनालेसमेत होटलक्षेत्र चलायमान भएको देखिन्छ।

ओमिक्रोन भर्सेस डेल्टाः अब कुन भेरियन्टको वर्चश्व होला?

यो भेरियन्टका कारण मध्यम तथा गम्भीर कुन हिसाबमा मानिस बिरामी पर्छन् भन्ने विषय अझै यकिन हुन सकेको छैन। यसैगरी यो भेरियन्टले खोप लगाएर तथा एकपटक संक्रमित भएर प्राकृतिक रूपमा विकास भएको प्रतिरक्षात्मक क्षमतालाई कसरी असर गर्छ भन्ने विषय पनि अनुत्तरित छ।

‘ओमिक्रोन’बाट जोगिन तत्काल सावधानी अपनाउन आवश्यकः राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ महामारी रोकथाम र नियन्त्रणका सम्बन्धमा चासो राख्दै आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा र मन्त्रालयका उच्च अधिकारीसँग छलफल गरेकी छन्।

निरन्तर निगरानी

यो विषाणुको संक्रमण रोक्ने उपाय भनेको अहिल्यैदेखि निगरानी व्यवस्थालाई सुदृढ तुल्याउनु हो। कोभिड–१९ को पहिलो र दोस्रो लहरबाट हामीले जे सिक्यौँ, त्यसलाई फेरि सम्झना गर्दै अगाडिका दिनको तयारी नगर्ने हो भने हामी फेरि संकटमा पर्नेछौँ।

ओमिक्रोनबाट जोगिन उच्च सतर्कताः दक्षिण अफ्रिकी मुलुकका नागरिकलाई नेपाल प्रवेशमा रोक

विज्ञको सुझाव र कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रअन्तर्गतको समन्वय समितिको बैठकपछि सरकारले दक्षिण अफ्रिकी मुलुकका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाएको छ ।

तलब सरकारको, कामचाहिँ दलको!

कोरोना महामारीका कारण दुई वर्षदेखि थला परेको विद्यालय शिक्षा मंसिर पहिलो सातादेखि बल्लबल्ल तंग्रिन लागेको समयमा शिक्षा ऐन र राजनीतिक दलसम्बन्धी ऐनको उपहास हुनेगरी शिक्षक,प्राध्यापक महाधिवेशन प्रतिनिधि चयन हुनु विडम्बना हो।

कोका–कोलाको अनग्राउन्ड एक्टिभेसन

कोका–कोलाले कोभिड महामारीको समयमा फ्रन्टलाइनमा रहेर काम गर्ने सम्पूर्ण कर्मचारीप्रति विशेष रूपमा समर्पित अन–ग्राउन्ड एक्टिभेसन सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ।

सर्वेक्षण भन्छ: कोरोनाको दोहोरो मारमा बालबालिका

युनिसेफले महामारीसँग जुझ्न घरपरिवारले अपनाएको नकारात्मक उपायहरूको परिणामस्वरुप बाल विवाह, बाल श्रम र अन्य प्रकारका बाल शोषणहरूमा समेत वृद्धि भएको देखिएको उल्लेख गरेको छ।

श्रीराजदेवीको नयाँ कीटाणुनाशक बजारमा

श्रीराजदेवी इन्टरनेसनल प्रालिले भोलाभेला नामक नयाँ कीटाणुनाशक औषधि नेपाली बजारमा बिक्री सुरु गरेको छ।

फस्टाउँदै महिला उद्यमशीलता:सहयोगी छैन राज्य संयन्त्र

ललितपुरकै महांकाल गाउँपालिकाकी चिनीमाया नेगीले दुःखको पहाड छिचोलेकी छन्। उनको कथा अलि भिन्न छ। अहिले समाजकी अगुवा बनेकी उनले पार गरेको दुःख नै बाँकीका लागि ऊर्जा हो। उनी एक सफल व्यावसायी मात्रै होइनन् गाउँमा अन्यायमा परेका महिलाकी उनी आशा पनि हुन्। गाउँमा कसैले कसैमाथि हिंसा गर्‍यो भने उनीहरू चिनीमाया कहाँ आइपुग्छन्।

विदेशको विकल्प

मुलुकले बर्सेनि खाद्यान्न, तरकारी र अन्य अत्यावश्यक वस्तु विदेशबाट आयात गर्नुपरेको छ। देशभित्र खेतबारी भने बाँझा भएका छन्। यिनै युवालाई कृषिमा आकर्षित गर्न नसकिने होइन। तिनका उत्पादनले सहजै बजार पाउने हो भने देशमै बसेर तिनले मनग्गे आम्दानी गर्न सक्छन्।

वायुमण्डलमा हरितगृह ग्यासको घनत्व सर्वाधिक बढ्यो

‘हरितगृह ग्याससम्बन्धी यो प्रतिवेदनले कोप–२६ का लागि महत्वपूर्ण र कटु सन्देश दिएको छ,’ विश्व मौसम विज्ञान संगठन (डब्लुएमओ) का महासचिव पेटेरी टलासले भनेका छन्।

रेमिटेन्समा गिरावट कायमै

विस्तारै वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै गएपछि अर्को वर्षदेखि पुनः रेमिटेन्स वृद्धि हुने अनुमान छ। गत आर्थिक वर्ष हालसम्मकै उच्च नौ खर्ब ६१ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्