२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

जलस्राेतबारे बुझ्न १२ सदस्यीय नेपाली टोली भारत र बङ्गलादेशकाे यात्रामा

जलको वास्तविक अवस्था बुझ्न एक नेपाली टोलीले भारत हुँदै बङ्गलादेशको यात्रा सुरु गरेको छ । बाह्र सदस्यीय अनुगमन टोली भारत हुँदै बङ्गलादेशतर्फ गएकाे हाे।

भारतीय र चिनियाँ हाबी

एक साताअघि नेपाल आइटिएफ जुनियर यु १८ सर्किट १ लन टेनिस प्रतियोगिताको उपाधि जितेका मृत्युञ्जय बादोला र वैदेही चौधरीले बिहीबार सर्किट २ मा पनि सेमिफाइनलको यात्रा पक्का गरेका छन्। पुरुष एकलमा भारतका मृत्युञ्जयले आफ्नै देशका पीयूष सुरेन्द्र सालेकरलाई ३–१ को सेटमा हराउँदै अन्तिम ४ मा स्थान पक्का गरेका हुन्।

नेपाल-भारत सम्बन्ध सुधार्न बहस

उपप्रधान एंव गृहमन्त्री विमलेन्द्र निधिले नेपाल र भारतबीचको सम्बन्ध सरकार–सरकार र जनता–जनताबीच एकैनास नरहेको टिप्पणी गरेका छन्। दुई देशबीचको परस्पर सम्बन्धलाई गतिशील बनाउन सरकारीस्तरमा मात्रै केन्द्रित गरेर नहुने उनले बताए।

करिब ५ लाख रूपैयाँ बराबररकाे तिबन्धित भारतीय औषधि बरामद

भारतबाट अवैध रुपमा भित्र्याइएको करिब ५ लाख रुपैयाँ बराबरको अवैध भारतीय औषधि रौतहटबाट बरामद भएको छ। भारतको घोडासहन बजारबाट खरिद गरी बाराको कचोर्वा हुँदै रौतहट भिœयाइरहेको अवस्थामा दुई वटा मोटरसाइकलबाट उक्त अवैध अवैध औषधि सशस्त्र प्रहरीले बरामद गरेको जनाएको छ ।

भारतीय जोडी सेमिफाइनलमा

भारतीय जोडी आदित्य लेयर र पीयूष एस सालिकरले नेपाल आइटिएफ जुनियर यु–१८ लन टेनिस सर्किट २ प्रतियोगिताअन्तर्गत पुरुष डबल्सको सेमिफाइनलमा जापानका रियो लिजुमी र चीनका गुवाङलिन विनको जोडीसँग प्रतिस्पर्धा गर्ने भएका छन्।

४३ नेपाली मजुदर ८ महिनादेखि भारतीय जेलमा

भारतको हिमाञ्चल प्रदेशस्थित एक हाइड्रोपावरमा काम गर्ने ४३ जना नेपाली मजदुर आठ महिनादेखी भारतीय जेलमा थुनिएका छन्। निर्माणधिन जलविद्युत् आयोजनामा कार्यरत नेपालीसहित भारतीय मजदुरलाई आन्दोलन गरेको आरोपमा गएको असार महिनादेखि जेलमा राखिएको हो।

नेपाल-भारतका साझा कुरा

'ग्रेटर नेपाल'को मुद्दाले नेपाल–भारत सम्बन्धमा केही मात्रामा 'बार्गेनिङ' बुँदाको काम त गर्ला, तर यस्ता असम्भव लक्ष्य बोकेका अभियानले साझा र विशाल सांस्कृतिक एकताको बाटोमा अप्ठेरा र अनावश्यक सतर्कताको नीति बढाएको देखिन्छ।

नेपाल-भारतबीच प्रसारण लाइनबारे छलफल

अन्तरदेशीय प्रसारणलाइन निर्माण, विद्युत व्यापार, यसअघि भएका सम्झौता र तिनको कार्यन्वयनमा भएको प्रगति लगायत विषयमा सोमबार नेपाल–भारत सहसचिवस्तरीय संयुक्त कार्य समूह (जेडब्ल्युजी) बैठकमा छलफल भएको छ।

बंगलादेशविरुद्ध भारतको सहज विजय

स्पिनर रविचन्द्रन आश्विन र रवीन्द्र जडेजाप्रेरित भारतले बंगलादेशविरुद्धको एक मात्र टेस्टमा सोमबार २ सय ८ रनको सहज जित हात पार्दै शृंखला जितेको छ। यस जितपछि आगामी महिना घरेलु मैदानमा अस्ट्रेलियाको सामना गर्ने तयारीमा रहेको भारतको मनोबलसमेत बढेको छ।

'भारतीय राजदूत रायको योगदानलाई नेपाली जनताले सम्झिरहन्छ'

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल–भारत सम्बन्धलाई सबल र सुदृढ बनाउनमा नेपालका लागि भारतीय राजदूत रणजित रायले महत्वपूर्ण भूमिका निर्वाह गरेकाे बताएका छन् ।

बाराको विद्यालयबाट हराएका चार बालिका भारतको सीतामडीमा भेटिए

बाराको विद्यालयबाट अाइतबार दिउँसो हराएका चार बालिका भारतको सीतामडीमा फेला परेका छन्। उनीहरुलाई भारतीय प्रहरीको सहयोगमा फेला पारिएको हो।

नेपाली ग्यास बुलेटलाई भारतीयले रोके

खाना पकाउने ग्यास ढुवानीमा भारतीय निर्भरता अन्त्य गर्ने सरकारको तयारीमा भारतीय अधिकारीले तगारो हालेका छन्। नेपाल आयल निगमले सबै प्रक्रिया पूरा गरेर नेपाली ग्यास बुलेटलाई ढुवानी अनुमति दिन गरेको आग्रहलाई भारतले तीन महिनादेखि अल्झाएर राखेको छ।

भारतले महाकाली नदीका तुइन काट्यो, सीमा नाका बन्द

आइतबार बेलुकी ५ बजेदेखि दार्चुलाका भारतसँग जोडिएका सीमा नाकाहरु शिल गरिएका छन्। फ्रेवुअरी १५ अर्थात फागुन ४ गते सीमावर्ती भारतीय उत्तराखण्ड राज्यमा हुन गइरहेको विधानसभा निर्वाचनलाई मध्यनजर गर्दै नाका ३ दिन सम्मका लागि बन्द गरिएको हो।

भारतीय सेनाका लागि कश्मीरमा खटिएका नेपालीको मृत्यु

कश्मीरको जोखिमपूर्ण क्षेत्रमा नेपालीको उपस्थिति धेरै छ। अर्मजा कश्मीर क्षेत्रमा भारतीय सेनाले सुरु गरेको अपरेसनमा पनि सहभागी थिए।

नेपाल-भारतको ऊर्जासचिव बैठक

फागुन पहिलो साता काठमाडौंमा आयोजना हुन लागेको नेपाल र भारतका ऊर्जा सचिवको संयुक्त बैठकमा प्रसारण लाइनको निर्माण तथा सञ्चालन नै प्रमुख एजेन्डाका हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्