९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

रौतहटमा स्थानीय तहको नेतृत्वमा एमाले कमजोर

स्थानीय तहको निर्वाचनमा नेकपा एमाले प्रमुख पदमा रौतहटमा कमजोर देखिएको छ। जिल्लामा रहेको १६ नगरपालिका र २ वटा गाउँपालिकामा सम्पन्न भएको मतगणना अनुसार जिल्लामा अग्रपंक्तिमा नेपाली काँग्रेस छ। उसलाई माओवादी केन्द्र र संघीय समाजवादी फोरमले पछ्याउँदैछ ।

डा. केसीको स्वास्थ्य कमजोर, वार्ता अनिश्चित

आमरण अनशनको आठौं दिन डा.गोविन्द केसीको स्वास्थ्य अवस्था अझै कमजोर बनेको छ। सोमबार जाँचका क्रममा शरीरमा क्याल्सियम र म्याग्नेसियमसहित सेता रक्तकोषको संख्यामा कमी आएसँगै उपचारमा संलग्न चिकित्सकहरूले 'प्रि मेडिकल इमर्जेन्सी'को अवस्था रहेकोे बताएका छन्।

महान्यायाधिवक्ता सेसन्स कमजोर : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता जेफ सेसन्समाथि अर्को आरोप लगाएका छन्। राष्ट्रपति ट्रम्पले महान्यायाधिवक्ता जेफ सेसन्समाथि कमजोर भएको आरोप लगाएका हुन्। ट्रम्पले ट्विटरमार्फत महान्यायाधिवक्ता सेसन्सलाई लगाएको पछिल्लो आरोप उनले देशको सबैभन्दा वरिष्ठ अभियोजनकर्तालाई हटाउन बारेमा सल्लाहकारसँग सल्लाह गरिरहेको भन्ने समाचार आइरहेको बेला आएको छ । यस अघि सोमबार राष्ट्रपति ट्रम्पले महान्यायाधिवक्ता सेसन्सलाई ट्विटमार्फत नै उनकै कारण आफू घेरबन्दीमा परेको बताएका थिए।

‘अन्तरघात र व्यस्थापकीय कमजोरीले पराजित’

नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू स्थानीय तहको निर्वाचनमा पार्टी किन पराजित बन्यो भन्नेमा विभाजित देखिएका छन्।

हारपछि नेपालको सम्भावना कमजोर

फितलो ब्याटिङले बिहीबार पनि निरन्तरता पाउँदा सिंगापुर क्रिकेट क्लबमा नेपालले अफगानिस्तानलाई १ सय ४१ रनको नतिजा सुम्पिएको छ।

मिति सार्ने निर्णयले राष्ट्रिय एकता कमजोर : एमाले

सरकारले प्रदेश नम्बर २ को चुनाव मिति सारेकोमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आपत्ति जनाएको छ। मिति सार्ने सरकारी निर्णयले 'राष्ट्रिय एकता' कमजोर पारेको ठहर पनि एमालेको छ।

आपसका कमजोरी खोतल्दै चुनावी अभियानमा

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका पृथीराज राईले कांग्रेसकातर्फबाट वडाध्यक्षको टिकट पाए । असार १४ गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनका लागि वडाध्यक्षको टिकट हात परे लगत्तै उनको अवैध खयर निकासीमा संलग्न भएको भन्दै आलोचना सुरु भयो । गाउँको प्राकृतिक श्रोत र साधनलाई दोहन गरेर सिध्याउने व्यक्तीलाई टिकट दिइएकोमा पार्टीकै कतिपय कार्यकर्तादेखि मतदाताले असन्तुष्टी पोखिरहेको एक स्थानीय बताउँन् ।

दिल्लीको इतिहासकै कमजोर प्रदर्शन

दिल्ली डेरडेभिल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा अहिलेसम्मकै कमजोर प्रदर्शन गरेको छ। आइतबार मोहालीमा दिल्ली ६७ रनमा अलआउट भयो। जुन १० वर्षे इतिहासमा दिल्लीले पहिलो इनिङमा गरेको कमजोर प्रदर्शन हो।

रुपैयाँ बलियो डलर कमजोर

परिवर्तनीय (संसारका धेरैजसो मुलुकमा साटिने) विदेशी मुद्रा अमेरिकी डलरको भाउ २० महिनायताकै कमजोर बनेको छ। निरन्तर रुपमा कमजोर बन्दै गएको नेपाली रुपैयाँ पछिल्लो समय भने डलरको तुलनामा बलियो अवस्थामा देखिएको छ। अमेरिकी डलर कमजोर बन्दै जादाँ नेपाली रुपैयाँ बलियो बन्न पुगेको हो।

'पिछडिएका समुदायको अवस्था झन् कमजोर'

लामो समयदेखि बहिष्करणमा परेका समुदाय दुई वर्षअघिको भूकम्पका कारण थप कमजोर हुँदै गएको एक अध्ययनले देखाएको छ।

पुनर्वास घटनामा भारतलाई माफी मगाउन नसक्नु सरकारको कमजोरी: बाबुराम भट्टराई

नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री वावुराम भट्टराईले संविधान संशोधन गरेर असन्तुष्ट मधेसी, जनजाती थारु लगायतमा माग सम्बोधन गर्दै निर्वाचन गरिनुपर्ने बताएका छन्।

कमजोर

'धिक्कार छ! मैले तिमीलाई धोका दिएको तिमीले देखिनौ? मैले तिम्रो मेहनतको पैसा कसरी उडाएँ देखिनौ? र, पनि तिमी धन्यवाद भनिरहेकी छ्यौ! अरे...मैले त तिमीलाई जाँचेको पो त! म तिमीलाई अस्सी रुबल दिन्छु। यो लेऊ पूरै पैसा!'

आर्मीको कमजोर प्रदर्शन

साबिक उपविजेता एपिएफ र नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप चौथो इन्डो–नेपाल महिला भलिबल प्रतियोगितामा सोमबार जित हासिल गरेका छन्। जितपछि एपिएफले प्रतियोगिताको सेमिफाइनलमा नेपाल पुलिस क्लबसँग खेल्नेछ। साबिक विजेता रेलवेले विभागीय टोली त्रिभुवन आर्मीसँग प्रतिस्पर्धा गर्नेछ।

'नेतृत्व विफल हुँदा कांग्रेस कमजोर'

नेपाली कांग्रेसका नेताहरूले मधेस समस्या समाधानसहित संविधान कार्यान्वयनका लागि पार्टीले राजनीतिक अगुवाइ गर्न नसकेको भन्दै नेतृत्वको आलोचना  गरेका छन्।

कमजोर खर्च क्षमता

आर्थिक वर्षको आधा समयसम्ममा ११.३० प्रतिशतमात्र खर्च गरेको सरकारले बुधबार विकास खर्च वर्षान्तसम्ममा ८० प्रतिशत पुर्‍याउन समृद्ध नेपालको लागि दिगो आर्थिक विकासको तत्कालीन कार्यान्वयन कार्ययोजना जारी गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्