९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

कमजोर धरातलमा नेपाली क्रिकेट

नेपाली क्रिकेटले पुस २३ गते राजधानीस्थित याक एन्ड यती होटलबाट फड्को मार्ने प्रयास गर्‍यो। त्यो दिन नेपाली क्रिकेट इतिहासमा नयाँ अध्याय थपिएको थियो। 'घाम पनि अस्ताउनमात्र आइपुग्छ सुदूर पश्चिममा,' पश्चिमका खेल अभियन्ताहरू भन्ने गर्छन्।

युवाको ‘रहस्यमय मृत्यु’ मा कमजोर अनुसन्धान

अंग्रेजी नयाँ बर्षको पहिलो दिन आइतबार अबेर राति जिल्ला प्रहरी कार्यालय अगाडि २६ बर्षीय एक युवकको रहस्यमय मृत्यु भयो। तीन दिन बितिसक्दा पनि प्रहरीले ‘हत्या वा आत्महत्या’ भन्ने प्रष्ट हुन नसकेको बताएको छ।

यातायातमा कमजोरी भएको गुनासो

पूर्वाञ्चलमा शुक्रबार सुरु सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडीले यातायात व्यवस्थापनमा कमजोरी भएको गुनासो गरेका छन्। मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति नेपालगन्जको व्यवस्थापनमा बिहीबार खेलाडी पूर्वाञ्चल प्रस्थान गरेका हुन्।

मधेसमा दलित निर्णायक, ब्राह्मण कमजोर

हाल तराई–मधेसको राजनीति र समाजमा वर्चश्व कायम गर्दै आएका ३ प्रतिशत भन्दा कम जनसंख्या रहेको उच्च जातको हातबाट खोसिएर आगामी चुनावमा दलित र जनजाति समुदायको हातमा त्यहाँको राजनीति र सामाजिक हैसियत आउने देखिएको छ। सो क्षेत्रको जनसंख्या तथ्यांक र मधेसमा जारी राजनीतिक सचेतनाका कारण आगामी दिनमा तराई–मधेसमा दलित, जनजाति, मुस्लिमहरु हावी हुने प्रस्ट देखिएको छ भने ब्राह्मण समुदाय सो क्षेत्रमा कमजोर हुने लगभग पक्कापक्की भएको छ।

कमजोर टोली माथि रहेको माउरिन्होको दावी

म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोजे मोउरिन्होले कमजोर सोचेको टोली प्रिमियर लिगमा माथि पुग्नुलाई असहज रुपमा लिएका छन्। १४ खेलमा ६ बराबरी नतिजा निकालेको माउरिन्होको युनाइटेड प्रिमियर लिग अंकतालिकाको छैटौं स्थानमा छ।

कमजोर ब्याटिङ प्रदर्शन

नेपाली महिला क्रिकेट टोलीको ब्याटिङ कमजोरी पुनः एकपटक छताछुल्ल हुँदाशनिबार पाकिस्तानलाई ९ विकेटले नतिजा सुम्पिएको छ। थाइल्यान्डको बैंककमा शनिबार सुरु वुमन्स ट्वान्टी–२०एसिया कपक्रिकेटमा नेपाली टोली १८.१ ओभरमा अलआउट हुँदा ४७ रनमात्र जोड्न सफल भयो।

टेक्निकल्ली राम्रो, मार्किङमा कमजोर

जापानी राष्ट्रिय फुटबल टोलीका पूर्व मिडफिल्डर काजुयुकी तोडाले शनिबार नेपाली टोली प्रविधिक रूपमा राम्रो भए पनि विपक्षी खेलाडी ‘मार्किङ’मा कमजोर रहेको औंल्याएका छन्।

लाओसलाई कमजोर आँक्दैनौ : कोजी

लाओसको चुनौती पन्छाउन सके नेपाल एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको उपाधि नजिक पुग्नेछ। उमेर समूह र राष्ट्रिय टोलीले समेत गरी गत वर्ष दक्षिण एसियाका तीन ठूला उपाधि (साफ यु–१९, साग यु–२३ र बंगबन्धु गोल्डकप) जितेको नेपालसामू पहिलोपटक क्षेत्रीय स्तरभन्दा माथिल्लो प्रतियोगिता जित्ने अवसर छ। तर, त्यसको दाबेदार बन्न नेपाली राष्ट्रिय टोलीले शनिबार नेपाली समयअनुसार दिउँसो २ः१५ बजे नेग्री स्टेडियममा लाओसको चुनौती पार गर्नुपर्ने हुन्छ।

टिमोरसँग कमजोरी छताछुल्ल

गत वर्ष नेपाली टोलीका लागि सफलताको वर्ष रह्यो । भदौमा साफ यु–१९ उपाधि जितेको नेपालले माघमा बंगबन्धु गोल्डकप हुँदै फागुनमा दक्षिण एसियाली खेलकुद (साग) मा यु–२३ फुटबलमा स्वर्ण पदक जित्यो । धेरैलाई लाग्थ्यो नेपाली फुटबलको सुखद दिन सुरु भयो । तर मलेसियाको कुचिङमा जारी एएफसी सोलिडारिटी कपको पहिलो खेलमा नेपाली टोलीको कमजोरी फेरि छताछुल्ल भएको छ ।

कूटनीतिक गाडीमा कमजोर ड्राइभर

अस्थिर राजनीतिले नेपालको कूटनीति कमजोर बनाउँदा शक्ति र अर्थतन्त्र दुवै दृष्टिले २१औं शताब्दीको उदयीमान राष्ट्र चीन र भारतले हासिल गरेको प्रगतिको लाभ नेपालले लिन नसकेको परराष्ट्र मामिलाका जानकारहरुको बुझाइ छ।

रायको चेतावनी- ‘हामी हारेका छैनौं, थाकेका पनि छैनौं, यसलाई कमजोरी नठानियोस्’

मधेसी मोर्चाका नेता रामनरेश रायले संविधान संशोधन नगराइकन सेनाको आडमा जबरजस्ती चुनाव गराइए आफूहरुले त्यसलाई कुनै हालतमा सफल हुन नदिने चेतावनी दिएका छन्।

पाकिस्तानलाई नेपाल र भुटान जस्तो कमजोर नसोच्न भारतलाई मुशर्रफको चेतावनी

पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुश्र्रफले पाकिस्तानलाई नेपाल र भुटान जस्तो कमजोर नसोच्न भारतलाई चेतावनी दिएका छन्। भारतीय टेलिभिजन आजतकसँगको एक अन्तरवार्ताका क्रममा मुशर्रफले पाकिस्तान एक शक्तिशाली राष्ट्र भएको भन्दै नेपाल र भुटान जस्तो कमजोर नसोच्न भारतलाई चेतावनी दिएका हुन्।

सम्पत्तिमाथिको अधिकारमा नेपाल कमजोर

नेपाल विश्वमै कमजोर भौतिक तथा बौद्धिक सम्पत्तिको अधिकार भएको राष्ट्रको सूचीमा परेको छ। प्रपर्टी राइट्स अलायन्सको हालै प्रकाशित अन्तर्राष्ट्रिय सम्पत्तिमाथिको अधिकार सूचकांकका अनुसार नेपाल सबैभन्दा कम सम्पत्तिको अधिकार भएका २० राष्ट्रमा परेको छ।

‘गुटबन्दीले एमाले कमजोर'

नेकपा एमालेका नेताहरूले गुटबन्दीले पार्टीलाई कमजोर बनाउँदै लगेको बताएका छन्। एमालेका जारी स्थायी कमिटीको बैठकमा बोल्दै उनीहरूले संस्थागत निर्णय हुन छाडेर गुटको राजनीति मौलाएको भन्दै आगामी चुनावमा त्यसको परिणाम देखिने चेतावनी दिएका हुन्।

नेपालको कमजोर ब्याटिङ

कमजोर ब्याटिङ प्रदर्शन गरेको नेपाल आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा शनिबार नेदरल्यान्ड्ससँग७ विकेटले पराजित भएको छ। अमस्टेभिनस्थित भिआरए मैदानमा नेपालका कुनै पनि ब्याट्सम्यानलेखुलेर खेल्न सकेनन्। ओपनर अनिल मण्डलले बनाएको २० रन नेपाली ब्याट्सम्यानको सबैभन्दा ठूलो स्कोर थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्