४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

मरुहिटी, ढोकाटोल, क्षेत्रपाटी चोक, ढल्को लगायतका क्षेत्रमा आज ४ घण्टा विद्युत सेवा बन्द हुने

आज काठमाडौको स्वास्थ्य सेवा विभाग परिसर, भीमसेनस्थान, रामघाट, मरुहिटी, ढोकाटोल, क्षेत्रपाटी चोक, ढल्को, ब्रम्हटोल, जैसीदेवल चोकसम्म विद्युत् आपूर्ति बन्द हुने भएको छ।

दिप्रुङ चुइचुम्माद्वारा निःशुल्क यातायात सेवा बन्द

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ज्येष्ठ नागरिकलाई प्रदान गर्दै आएको निःशुल्क यातायात सेवालाई कटौती गरेको छ।

आकस्मिक सेवा बाहेक सम्पूर्ण सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा

नेपाल चिकित्सक संघले भोलि देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवाहरू पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेको छ।

शल्यक्रिया बन्द हुँदा सेवाग्राही हैरान

अस्पतालले गत साउनमा शल्यक्रियाबाट बच्चा निकाले पछि आमाहरूमा एकपछि अर्कोमा गर्दै सङ्क्रमण बढ्दै गएकाले यही भदौ १ गतेदेखि शल्यक्रिया बन्द गरेको हो।

सिमकोटमा विद्युत् सेवा बन्द

वितरण केन्द्रका अनुुसार नहर मर्मत गर्नुपर्ने भएपछि हिल्दुम विद्युत् वितरण केन्द्रद्वारा आपूर्ति गर्दै आएको विद्युत् सेवा बुधबार दिउँसोदेखि बन्द गरिएको छ।

मनकामना केबलकार चार दिन बन्द

मनकामना केबलकार सेवा चार दिन बन्द हुने भएको छ। नियमित मर्मतसम्भारका लागि चार दिन सेवा बन्द गरिन लागेको हो।

पाँचथर अस्पताल तोडफोड: आकस्मिक बाहेकका सेवा बन्द

स्वास्थ्यकर्मीको लापरवाहीले बालिकाको ज्यान गएको आरोप लगाउँदै तोडफोडमा उत्रिएको समूहले ढुङ्गामुढा गर्दा अस्पतालको बाहिरी संरचनामा क्षति पुगेको छ।

सङ्क्रमणले मालपोतको सेवा बन्द

कार्यालयमा रहेका १२ कर्मचारीमा एण्टिजिन परीक्षण गराउँदा पाँचमा कोभिड– १९ पुष्टि भएपछि बुधबारदेखि सम्पूर्ण सेवा बन्द गरिएको कार्यालय प्रमुख रवीन अधिकारीले बताए ।

रोल्पा अस्पतालमा शल्यक्रिया सेवा बन्द

केन्द्र सरकारको सहयोगमा केहि वर्ष यता सुरु भएको जटिल अवस्थाको प्रसुती सेवा ‐सिईओएनसि) कार्यक्रम बन्द भए संगै शल्यक्रिया सेवा पनि राेकिएकाे हाे। शल्यक्रिया सेवा बन्द हुँदा साउनको १५ दिनमा अस्पतालले ३ जनालाई बाहिर जिल्ला रिफर गर्नु परेको छ।

उर्लाबारी नगरपालिकाको सेवा बन्द

उर्लाबारी नगरपालिकाले बुधबार सार्वजनिक सूचना प्रकाशन गरी एक हप्ताका लागि उर्लाबारी नगरपालिका र अन्तर्गतका कार्यालयहरूको अत्यावश्यकबाहेक सबै सेवा बन्द गरेको मेयर खड्ग फागोले जानकारी दिए।

धरान उपमहानगरपालिकामा अत्यावश्यकबाहेक सेवा बन्द

उपमहानगरपालिकामा कार्यरत कर्मचारी संक्रमित हुन थालेको साथै समुदायस्तरमा पनि कोरोना संक्रमण फैलिए पछि धरान उपमहानगरपालिकाले अत्यावश्यक बाहेकका अन्य सबै सेवाहरु बन्द गरेको छ।

चिकित्सक कोरोना उपचारमा खटिँदा ओपिडी सेवा बन्द

कोरोना संक्रमणको जोखिम बढेको भन्दै जोखिम कम गर्न ओपिडी सेवा बन्द गरेको हो। आकस्मिक सेवामार्फत उपचार भइरहेको निमित्त अस्पताल निर्देशक डा.राजीव शाहले जानकारी दिए।

जिल्ला प्रशासन कार्यालय रसुवाको अत्यावश्यक बाहेकका सेवा बन्द

जिल्लामा कोभिड–१९ को संक्रमण बढ्दै गएको, राष्ट्रसेवक कर्मचारीमा समेत कोरोना देखिएको, कार्यालयमा भीडभाड बढ्दै गएको र कागजातबाट समेत कोरोना संक्रमण फैलन सक्ने भएकाले सेवा स्थगित गरिएको सूचनामा उल्लेख छ।

नगरको सरकारी कार्यालयको सेवा बन्द गर्ने निर्णय

नयाँ भेरियन्टसहितको कोरोना भाइरस (कोभिड–१९)को महामारीलाई मध्यनजर गर्दै खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले स्वास्थ्य संस्था बाहेक सबै सरकारी कार्यालयको सेवा बन्द गरेको छ ।

दैलेख अस्पतालको ओपिडि सेवा बन्द

जिल्ला अस्पताल दैलेखमा ओपिडि सेवा शुक्रवारदेखि बन्द गरिएको छ। अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना देखिएपछि सेवा बन्द गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्