४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

सिमकोटमा विद्युत् सेवा बन्द

हुम्लाको सदरमुकाम सिमकोटसहित आसपासका क्षेत्रमा एक हप्तासम्मका लागि विद्युत् सेवा बन्द भएको छ। फर्बे ट्याङ्कीबाट मुहानसम्मको नहर मर्मत गर्नुपर्ने भएपछि हिल्दुम वितरण केन्द्रले एक हप्ताका लागि सिमकोटको विद्युत् सेवा बन्द गरेको हो।  

वितरण केन्द्रका अनुुसार नहर मर्मत गर्नुपर्ने भएपछि हिल्दुम विद्युत् वितरण केन्द्रद्वारा आपूर्ति गर्दै आएको विद्युत् सेवा बुधबार दिउँसोदेखि बन्द गरिएको छ। फर्बे ट्याङ्कीदेखि मुहानसम्मको नहर चुहिने समस्या आएपछि त्यसलाई मर्मत गर्न थालिएकाले  विद्युत् आपूर्ति बन्द गरिएको नेपाल विद्युत् प्राधिकरणका प्रमुख साजन ऐडीले बताउनुभयो। निर्माण कम्पनी पक्षलाई एक हप्ताभित्र सम्पन्न गर्न केन्द्रले निर्देशन दिइएको छ। यसबाट सिमकोट र खार्पुनाथ गाउँपालिकाका दुुई हजारभन्दा बढी ग्राहक प्रत्यक्ष मर्कामा परेका छन्।  

बुधबारदेखि सदरमुकाम सिमकोटका सरकारी तथा गैरसरकारी कार्यालयको काम र व्यवसायसमेत बन्द भएका छन्। यस्तै हुम्ला जिल्ला अस्पतालमा विद्युत् सेवा नहुँदा एक्सरे, भिडियो एक्सरे सेवा पनि ठप्प भएको छ। वितरण केन्द्रका सेवाग्राहीले हप्ता दिनसम्म अन्धकारमा बस्दै आउनुपर्ने भएको छ। प्रत्येक वर्ष दशैँको मुखमा वितरण केन्द्रले मर्मतका लागि भन्दै विद्युत् सेवा बन्द गर्दै आएको छ।रासस

प्रकाशित: ३० भाद्र २०७९ ०६:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App