१० मंसिर २०८१ सोमबार
image/svg+xml

अध्यादेशको सहारा खोज्दै ओली

सरकारले संघीय संसद्को हिउँदे अधिवेशन नबोलाई अध्यादेशमार्फत शासन चलाउन सुरु गरेको छ। आफ्नै पार्टीभित्र अप्ठेरोमा पर्दै गएपछि नेकपाको अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको सर्वोच्च निकाय संसद्लाई बन्धक बनाएर अध्यादेश ल्याएका छन्।

देउवाको प्रश्न : प्रधानमन्त्री कार्यालयमा शक्ति थुपार्ने अनि विधेयकहरु मार्फत अघि बढ्न खोज्ने?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भोलीको प्रदर्शनलाई थप जागरुकता र एकता साथ भब्य, ब्यवस्थित र शान्तिपूर्ण बनाउन अपील गरेका छन्। उनले कोरोना महामारीको यो समयमा प्रदर्शनमा भौतिक दुरि राख्न आग्रह गरेका छन्।

डेढ वर्षपछि डाकेको बैठक पनि अन्योलमा

प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्को बैठक समयमै बस्न नसक्दा संवैधानिक आयोगहरू पदाधिकारीविहीन छन्। सबै आयोगमा पदाधिकारी नियुक्ति सिफारिसको जिम्मेवारी पाएको परिषद्को बैठक डेढ वर्षदेखि बस्न सकेको छैन।

लाहोरको प्रदर्शनले सरकारलाई अप्ठेरो पर्ने पाकिस्तानका विपक्षी दलहरुको दाबी

पाकिस्तानका प्रधानमन्त्री इमरान खानका विरुद्धमा यहाँका विपक्षीहरुले लाहोरमा गर्न लागेको विरोध प्रदर्शनले सरकारलाई अप्ठेरो पार्ने बताएका छन्।

प्रधानमन्त्री कप क्रिकेटलाई कास्कीबाट खेलाडी छनोट

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कास्कीबाट महिला खेलाडी छनोट गरिएको छ।

लेबनानका पूर्व प्रधानमन्त्री हरिरिका हत्यारालाई आजीवन काराबासको फैसला

लेबनानका पूर्व प्रधानमन्त्री रफिक हरिरि र अरु २१ जनाको हत्यामा संलग्न भएको अभियोगमा एक व्यक्तिलाई आजीवन जेल सजायको फैसला भएको छ।

संसदीय समितिलाई सरकारले टेरेन

सरकारले संसदीय समितिमा अनुस्थित हुने र समितिले दिएका निर्देशन पनि पालना नगर्ने प्रवृत्ति बढेपछि संसद्को सर्वोच्चतामै प्रश्न उठेको छ। संसदीय समितिले प्रधानमन्त्री र मन्त्रीलाई समितिमा बोलाउँदा नआउने र दिएका निर्देशन पालना नगर्ने प्रवृत्ति बढेको छ। यसबाट संसद्लाई सरकारले नटेरेको तथा संसदीय सर्वोच्चताको मतलब नराखेको देखिएको छ।

प्रधानमन्त्रीले ‘म भ्रष्टाचार गर्दिनँ...’ भन्दा त ‘हाम्रा बाउ घ्याम्पामा लुकेका छैनन्’ भनेजस्तो सुनिँदोरै’छः डा.भट्टराई

पूर्वप्रधानमन्त्री डा.भट्टराईले प्रधानमन्त्री ओलीलाई प्रतिबद्धताअनुसार भ्रष्टाचार काण्ड छानबिन गर्न चुनौतीसमेत दिएका छन्।

नेता नेपालको चेतावनीः अध्यक्षद्वयले आफूलाई सुप्रिम नठान्नु

नेकपाका वरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई पार्टीलाई विधिमा सञ्चालन गर्न र आफूलाई सुप्रिम नठान्न चेतावनी दिएका छन् । बुधबार नागरिक फ्रन्टलाइनसँग कुराकानी गर्दै नेपालले पार्टीको निर्णय कार्यान्वयन गर्नुपर्ने, पार्टीलाई विधिसंगत ढंगले सञ्चालन गर्नुपर्ने र पार्टीभित्र देखिएका समस्या पार्टीको बैठकमा छलफल गरेर टुंगो लगाउनुपर्ने बताएका हुन् ।

पार्टी विवादको मुख्य कारक अध्यक्ष ओली : नेता नेपाल

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले अहिले पार्टीको विवादको मुख्य कारक भने कै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली रहेको बताएका छन्। नागरिक न्यूजको फ्रन्टलाईन कार्यक्रममा बोल्दै नेता नेपालले यस्तो बताएका हुन्।

म भ्रष्टाचार गर्दिन, भ्रष्टाचार गर्न पनि दिन्नः प्रधानमन्त्री

'मैले प्रधानमन्त्री भएदेखि नै “म भ्रष्टाचार गर्दिन, भ्रष्टचार गर्न पनि दिन्न“ भन्ने संकल्पलाई दृढताकासाथ लागू गरेको छु । तर हामी सबैलाई थाहा भएकै कुरा हो कि भ्रष्टाचार एक बहुआयामिक विषय हो । भ्रष्टाचार एक जना प्रधानमन्त्री, मन्त्री वा कुनै एउटा निकायको प्रयासले मात्रै नियन्त्रण गर्न सम्भव हुदैन । भ्रष्टाचारलाई सामाजिक रुपमा नै निन्दा र भ्रत्र्सना गर्नु जरुरी हुन्छ ।'

प्रधानमन्त्रीलाई सुरक्षा बढाइयो

सत्तारुढ नेकपाभित्र आन्तरिक विवादका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले चुनौतीको सामना गरिरहेका बेला सुरक्षा निकायले उनको भ्रमणका क्रममा उच्च सुरक्षा सतर्कता अपनाउन थालेका छन्। नेकपा अध्यक्षसमेत रहेका उनी पार्टी मुख्यालय धुम्बाराहीमा जाने भएपछि आसपासका घरका छतमा समेत सुरक्षाकर्मी परिचालन गरिएलगत्तै मंगलबार कीर्तिपुरको एउटा कार्यक्रममका लागि उनको ‘सवारी’ चलाउन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको हो।

‘सरकार जनहितविरुद्ध चल्दा सडकमा व्यवस्थाविरोधी आवाज’

प्रमुख राजनीतिक दलका नेताहरूले जनहित र जनअपेक्षाअनुसार सरकारले काम गर्न नसक्दा प्रतिगामी शक्ति चलमलाउन थालेको बताएका छन्। मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले मंगलबार बोलाएको सर्वदलीय बैठकमा सहभागी दलका नेताहरूले अहिलेका समस्याको मुख्य कारण सरकार नै भएको स्पष्ट पारे।

बालुवाटारमा सर्वदलीय बैठक सुरु

प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ। समसामयिक राजनीतिक विषयमा छलफल गर्न भन्दै प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका हुन्।

बालुवाटारमा आज ११ बजे सर्वदलीय बैठक बस्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राजनीतिक विषयमा छलफल गर्न भन्दै सर्वदलीय बैठक बोलाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्