१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

लाहोरको प्रदर्शनले सरकारलाई अप्ठेरो पर्ने पाकिस्तानका विपक्षी दलहरुको दाबी

पाकिस्तानका प्रधानमन्त्री इमरान खानका विरुद्धमा यहाँका विपक्षीहरुले लाहोरमा गर्न लागेको विरोध प्रदर्शनले सरकारलाई अप्ठेरो पार्ने बताएका छन्।

उनीहरुले प्रधानमन्त्री इमरान खानले अनुरोध गरेबमोजिम सो जुलुश नरोक्ने पनि बताएका छन्। प्रधानमन्त्री खानले शुक्रबारमात्र यहाँका विपक्षी दलहरुलाई सो आग्रह गरेका थिए।

पाकिस्तानका प्रमुख विपक्षी दल पिपिपिका अध्यक्ष विलावल भुट्टोले यो विरोध प्रदर्शनले सरकारलाई आफू कमजोर भएको सन्देश दिने बताएका छन्। उनले शुक्रबार साँझ आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन्। उनले भने,– ‘यो सरकारका विरुद्धमा कराँची, पेशावर र गुजरनवालामा जस्तै लाहोरमा हुन लागेको यो प्रदर्शनबाट पनि सरकारलाई धक्का मिल्ने छ।’

तर पछिल्लो समयमा पाकिस्तानमा कोभिड १९ को असर निकै बढ्दै गएको छ। त्यसैले देशमा ठूलो संख्यामा जुलुश निकाल्दा यसबाट कोभिडको संक्रममण बढ्ने भन्दै सो जुलुश ननिकाल्न प्रधानमन्त्री खानले भनेका छन्।

पाकिस्तानमा वर्तमान सरकारका विरुद्धमा विभिन्न ११ वटा विपक्षी दलहरुले आन्दोलनलाई जारी राखेका छन्।  ती विपभक्षी दलहरुले भोलि आइतबार पाकिस्तानको लाहोरमा विशाल जुलुश निकाल्ने तयारी गरेका छन्।

यसअअघि देखि नै सरकारले सो नारा जुलुश र सरकारका विरुद्धमा हुने भनिएको विरोध प्रदर्शन रोक्नका लागि पटक पटक आग्रह गर्दै आएको थियो। तर विपक्षी दलहरुले भने कराँची, पेशावरलगायतका विभिन्न स्थानमा विशाल रुपमा विरोधका कार्यक्रम गरेका छन्।

एकातरि देशमा कोभिडको समस्या रहेको छ भने अर्कातर्फ विपक्षी दलहरुले भने आन्दोलन जारी राखेका छन्। पाकिस्तानका अधिकारीहरुले यहाँको सरकारले हाल कोरोना भाइरसको दोस्रो वेभको कडा मात्रामा सामना गर्नु परिरहेको बताएका छन्।

पाकिस्तानका प्रधानमन्त्री खानले नै हालैमात्र सरकारले यहाँका अस्पतालका कम्तीमा पनि ६४ प्रतिशत अस्पतालका बेडहरु कोरोना भाइरसका विरामीहरुलाई भनेर छुट्याइएकोमा अहिले ती सबै भरिएका र कोरोना भाइरसको दोस्रो वेभका कारण यहाँ निकै समस्या परेको बताएका छन्।

तर यो महामारीका बीचमा पनि विपक्षी राजनीतिक दलहरुले भने गएका केही महिनादेखि नै सरकारका विरुद्धमा आन्दोलनलाई जारी राखेका छन्। आन्दोलनका कारण विभिन्न स्थानमा झडपहरु पनि भएका छन्।

यसैले यहाँको सरकारले हालैका दिनहरुमा एकातर्फ कोरोनाको महामारी र अर्कातर्फ विपक्षी दलहरुका विरोध प्रदर्शन गरी दोहोरो समस्याको सामना गर्नु परिरहेको यहाँका अधिकारीहले बताएका छन्।

प्रकाशित: २७ मंसिर २०७७ ०४:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App