१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

बालुवाटारमा सर्वदलीय बैठक सुरु

प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ। समसामयिक राजनीतिक विषयमा छलफल गर्न भन्दै प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका हुन्। बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको सहभागिता छ।  

सडकमा पूर्वराजा ज्ञानेन्द्र शाहको पक्षमा नाराबाजी हुन थालेपछि प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका हुन्। देशका विभन्न भागमा पूर्वराजाको समर्थनमा जुलुस निस्कन थालेका छन्। पछिल्ला दिनमा काठमाडौं उपत्यकालगायत मुलुकका विभिन्न भागमा राजसंस्था र हिन्दु राष्ट्रका पक्षमा नाराबाजी भइरहेको छ। यस्तो गतिविधिलाई सरकारले नै संरक्षण गरेको आरोप सत्तारुढ दल नेकपाभित्रैबाट लागेको छ।  

 

 

प्रकाशित: २३ मंसिर २०७७ ०६:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App