१० मंसिर २०८१ सोमबार
image/svg+xml

मोदीलाई नारायणकाजीको आग्रह : 'पशुपतिनाथको आशिर्वाद लिएर सच्चिनुस् '

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद नारायणकाजी श्रेष्ठले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पशुपतिनाथको आशिर्वाद लिएर सच्चिन आग्रह गरेका छन् । सोमबार बसेको राष्ट्रियसभाको विशेष समयमा बोल्दै सांसद श्रेष्ठले मोदी आत्धात्मिक व्यक्तित्व भएकाले पशुपतिनाथ र मुक्तिनाथसँग आराधना गरी सत्यको मार्गमा हिड्ने शक्ति लिन आग्रह गरे ।

प्रधानमन्त्री रोजगार कार्यक्रममा दोब्बर रकम

सरकारले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’लाई आगामी आर्थिक वर्ष ०७७/७८ मा पनि निरन्तरता दिने भएको छ । २ लाख बढीलाई रोजगारी दिनेगरी सरकारले यसवर्ष ११ अर्ब ६० करोड रुपैया छुट्याएको हो ।

सर्वदलीय बैठक : प्रधानमन्त्रीको प्रस्तावमा सहमति हुन सकेन

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनको प्रस्ताव सर्वसम्मतिबाट टुंगो लगाउन सबै राजनीतिक दलहरुलाई आग्रह गरेका छन्। मंगलबार साँझ बालुवाटारमा बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले नेपालको अद्यावधिक नक्सा अनुसार निशान छाप परिवर्तन गर्न संसदमा पेश भएको प्रस्ताव सर्वसम्मतिले पारित गर्न आग्रह गरे।

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रोजगारी प्रदान

तनहुँको बन्दीपुर गाउँपालिका –५को झारगाउँमा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत सडक ढलान शुरुवात गरिएको छ।

विदेशमा रहेका नेपालीलाई स्वदेश ल्याउने योजना बनाइरहेका छौं : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशबाट फर्किनुपर्ने अवस्थामा रहेका नेपालीहरुलाई स्वदेश फर्कने व्यवस्थाका लागि सरकारले योजना बनाइरहेको बताएका छन्। राष्ट्रका नाममा सम्वोधन गर्दै जुनसुकै मुलुकमा रहेका नेपालीहरुलाई पनि सरकारले समयमै उद्धार गर्ने कुरामा निश्चिन्त रहन उनले आग्रह गरे।

प्रधानमन्त्रीको सम्वोधन : २ प्रतिशत जनसंख्याको कोरोना परीक्षण गर्ने योजना

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रणका लागि सुरुवाती दिनमा अलमल भएपनि अहिले सरकारले चालेका कदमहरु सफल भएको बताएका छन्। सोमबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लक डाउन, अन्तर्राष्ट्रिय सीमा नाका र उडानहरु बन्द गर्ने निर्णयले डरलाग्दो क्षतिबाट मुलुकलाई जोगाएको बताए।

अपाङ्गता भएका व्यक्तिको भत्ता कटौती हुँदैन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले अपाङ्गता भएका व्यक्ति वा अन्य कुनै पनि पनि सामाजिक सहायता रकम कटौती नहुने बताए। सोमबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सामाजिक सुरक्षाको दायरा फराकिलो पारिने बताए। योगदानमा आधारिक सामाजिक सुरक्षा प्रणालीलाई परिमार्जन गर्दै सबै श्रमिकहरुको सामाजिक सुरक्षा कोषमा गर्नुपर्ने योगदान रकम तत्काल सरकारी कोषबाटै मिलान गरिने उनले बताए।

प्रधानमन्त्रीले सम्वोधनमा के भने ? (पूर्णपाठसहित)

प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्वोधन गरेका छन्। उनले कोरोनाका कारण क्षति व्यहोरेका औधोगलाई सरकारले राहतको व्यवस्था गर्ने बताएका छन्। उनले यतिबेला विदेशमा रोजगारी गुमेर ठूलो संख्यामा हाम्रा श्रमिकहरु स्वदेश फर्किनु परेको बताउँदै कोरोना महामारीका कारण नेपालमा कार्यरत विदेशी श्रमिकहरु पनि ठूलो संख्यामा आ–आफ्नो देशमा फर्केको या फर्कने अवस्था रहेको बताए।

नीति अनुसन्धान प्रतिष्ठानमा प्रधानमन्त्रीको अध्यक्षतामा परिषद्

नयाँ विषयको खोज अनुसन्धान गर्ने र सरकारलाई सुझाव दिन गठन गरिने नीति अनुसन्धान प्रतिष्ठान (थिंक ट्यांक)को सञ्चालक समितिमाथि प्रधानमन्त्रीको अध्यक्षतामा परिषद् रहने व्यवस्था गरिएको छ । राष्ट्रिय सभाको विधायन समितिले संसद्मा पेस गरेको नीति अनुसन्धान प्रतिष्ठान विधेयकमा खोज अनुसन्धान गर्ने सञ्चालक समितिमाथि प्रधानमन्त्रीको अध्यक्षतामा ११ सदस्यीय परिषद् रहनेछ ।

दबाबमा रोकियो ओम्नीलाई कालोसूचीमा राख्ने प्रक्रिया

‘आइटीसम्बन्धी ठेक्काको जिम्मा पाएको ओम्नीआबद्ध तुलहरि प्रधानमन्त्रीको सचिवालयसँग नियमित सम्पर्कमा रहेका छन् । ओम्नीलाई चिन्दिनँ भनेर प्रधानमन्त्रीले भन्नु गलत हो ।’

नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री (Live)

‘अन्य देशबाट संक्रमित भएर आएको अलिक नरम देखिएको थियो तर भारतबाट आएको कडा भाइरस देखिएको छ ।’ उनले भने । समयमै लकडाउन त गरेका नै ‌हौं तर भारतबाट आउनेक्रम रोक्न सकेनौं जसले कोरोनाको संक्रमण बढ्यो । तर यसमा आत्तिनु पर्दैन वडावडामा क्वारेन्टिन बनाउछौं ।

विदेशबाट नेपाली फर्काउन आलटाल गर्दै सरकार

रोजगारी तथा विभिन्न कारणले विदेशमा रहेका नेपालीले कोरोनाको प्रभावका कारण स्वदेश फर्किन चाहे पनि सरकार भने तत्काल स्वदेश फर्काउने पक्षमा नरहेको पाइएको छ । विदेशमा रहेका नेपालीहरूलाई स्वदेश फर्काउने कुरा त टाढाको विषय हो,यस बारेमा अहिलेसम्म उच्चस्तरीय बैठकमा गम्भीर ढंगले छलफलसमेत भएको छैन ।

महामारी अन्त्यपछि बेरोजगारलाई रोजगारी उपलब्ध गराइने छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड –१९)को सामना गर्न नेपाली युवा एवं विद्यार्थीलाई आह्वान गरेका छन्।

बाबुरामले संसदमै मागे प्रधानमन्त्रीको राजीनामा

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । संघीय संसदको छटौ अधिवेशन अर्थात् बजेट अधिवेशनको पहिलो दिन शुक्रबारको प्रतिनिधिसभा बैठकमा शुभकामना मन्तव्य दिँदै जनता समाजवादी पार्टीका नेता भट्टराईले प्रधानमन्त्रीले संविधान, लोकतन्त्र र कानुन विरोधी गतिविधिमा संलग्न भएको दाबी गर्दे नैतिकताको आधारमा राजीनामा गर्नुपर्ने तर्क गरेका हुन ।

साँझ ७ बजे दीप प्रज्ज्वलन गर्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ दीप प्रज्वलन गर्न आग्रह गरेका छन्। वुद्ध जयन्तिको अवसरमा सन्देश दिँदै उनले कोरोना भाइरसको महामारीले धुमधामले वुद्ध जयन्ती मनाउन सकिने अवस्था नभएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्