१० आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

महामारी अन्त्यपछि बेरोजगारलाई रोजगारी उपलब्ध गराइने छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड –१९)को सामना गर्न नेपाली युवा एवं विद्यार्थीलाई आह्वान गरेका छन्। एकतीसौँ युवा दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले नेपाललाई अविकासबाट विकासतिर, पछौटेपनबाट समृद्धितिर, गरीबीबाट  सम्पन्नतातिर र परनिर्भरताबाट आत्मनिर्भरतातिर लैजाने संकल्पमा युवाको रचनात्मक सहभागिता हुने आशा व्यक्त गरेका छन्।  

तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घका  संस्थापक अध्यक्ष ओलीले युवाले देशभक्ति, समानता, न्याय, सामाजिक सुरक्षा तथा सम्मानित जीवनसहितको आत्मनिर्भरताबाट राष्ट्र निर्माणमा योगदान हुने अपेक्षा पनि गरेका छन्। 

कोरोना महामारीपछि सिर्जना हुने सम्भावित बेरोजगारको पङ्क्तिलाई रोजगारी उपलब्ध गराउने उपायको खोजीमा सरकार रहेको बताउँदै सन्देशमा प्रधानमन्त्रीले भनेका छन् अहिले हामी रोजगारी र शिक्षाको अवसरका लागि विदेशिएका युवालाई स्वदेशमै रोजगारी र व्यवसायको अवसरको सिर्जना गर्न अग्रसर छौँ। विसं २०२२  जेठ १ गते अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन र २०४७ साल जेठ १ गते तत्कालीन प्ररायुसङ्घ स्थापना भएको थियो। रासस

प्रकाशित: १ जेष्ठ २०७७ १२:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App