६ आश्विन २०८१ आइतबार
image/svg+xml

अस्तव्यवस्त काठमाडौंका कोभिड खोप केन्द्र

‘बुधबार बिहान ११ बजेदेखि लाइन बसेँ साँझ ५ बजेसम्म पनि पालो आएन भिड उस्तै थियो। समाजिक दूरी कायम थिएन। त्यही भएर आज म बिहान ४ बजेदेखि आफ्नो ठाउँ सुरक्षित गर्न लाइनमा बस्न आइपुगेको हुँ,’ डल्लुकी सानुमैया महर्जनले भनिन्, ‘लाइनमा सबेरै आउनु पर्ने चिन्ताले रातभरि निन्द्रानै लागेन।

खोप नपाउँदा खेल क्षेत्र निराश

कोरोना विरुद्धको खोपको प्राथमिकतामा खेल क्षेत्र अझै परेको छैन । खेलाडीले खोप लगाउन पाएका छैनन् । खेलकुद क्षेत्रमा निराशा छाएको छ । मोफसलका खेलाडीहरुले खोप पाएका छैनन् ।

देउवा सरकारकाे पहिलो निर्णय: सबैलाई खोप

सपथ ग्रहणलगत्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर देउवाले पदभार सम्हालेपछि बसेको मन्त्रिपरिषद् बैठकले असोजसम्ममा एकतिहाइ जनसंख्या र चैतसम्म सबै नागरिकलाई खोप लगाइसक्ने निर्णय गरेको हो। बैठकले कानुनमन्त्री कार्कीलाई सरकारको प्रवक्ताको जिम्मेवारी पनि तोकेको छ।

थाइल्यान्डले सिनोभ्याक र अष्ट्राजेनेकाको मिश्रित खोप दिने

थाइल्यान्डले चीनको सिनोभ्याक कम्पनीले उत्पादन गरेको खोपको पहिलो डोज लगाएकालाई दोस्रो डोज दिँदा अष्ट्राजेनेकाको खोप दिने निर्णय गरेको छ। रोगविरुद्ध लड्न सक्ने क्षमता बढाउन यी दुवै कम्पनीको खोप दिन लागिएको थाइल्यान्डले सोमबार जनाएको छ।

मंगलबारदेखि खोप अभियान सञ्चालन, ७७ वटै जिल्लामा पहिलो मात्राको खोप लगाउने

सरकारले मंगलबारदेखि कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाउने भएको छ।

अमेरिकाले दिएको खोप नेपाल आइपुग्यो, प्रधानमन्त्रीलाई हस्तान्तरण

अमेरिकाले जोनसन एण्ड जोनसन कम्पनीले उत्पादन गरेको १५ लाख ३४ हजार ८५० डोज खोप नेपाललाई उपलब्ध गराएको हो।यो खोप एक डोज मात्रा लगाए पुग्ने खोप हो।

अमेरिकाबाट खोप सोमबार काठमाडाैं आइपुग्ने

अमेरिकाले कोभ्याक्सअन्र्गत अनुदान स्वरूप नेपालका लागि दिने १५ लाख डोज खोप सोमबार काठमाडौं आइपुग्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ। प्रधानमन्त्रीका सल्लाहाकार राजन भट्टराईले ट्विट गर्दै सोमबार आइपुग्ने कुराको जानकारी गराएका हुन्। उनले खोप कोभ्याक्समार्फत अनुदानमा दिइने खोप अमेरिकाले पठाउन लागेको ट्विटमा उल्लेख गरेका छन्।

खोप उपलब्ध गराउन जी–२० को पहल आवश्यक

जी–२० देशका अर्थमन्त्रीको बैठकले विश्वलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउन ठोस योजना ल्याउन आवश्यक छ। उक्त बैठकमा अमेरिका, बेलायत, युरोपियन युनियन, रुस, चीन, भारतजस्ता खोप उत्पादन गर्ने प्रमुख देश सहभागी रहने भएकाले यी राष्ट्र मिलेर काम गरेमा सन् २०२२ को सुरुसम्म सम्पूर्ण विश्वलाई खोप उपलब्ध गराउन सक्छन्।

अमेरिकाले आज १५ लाख डोज खोप नेपाल पठाउँदै

अमेरिकाले नेपालका लागि कोरोना भाइरसविरुद्धको खोप आज पठाउने भएको छ। कोभिड-१९ विरुद्ध जोन्सन एन्ड जोन्सनको १५ लाख डोज खोप अमेरिकाले नेपाललाई पठाउने भएको हो।

कोरोना खोपसहितका माग राख्दै अर्घाखाँचीका शिक्षक धर्नामा

शिक्षक, कर्मचारी र विद्यार्थीका लागि तत्काल खोप उपलब्ध गराउनु पर्ने, संघिय सरकारको बजेट अनुसारका बालविकास शिक्षक, विद्यालय कर्मचारी र सहायक कर्मचारीको पारिश्रमिक व्यवस्था गरिनु पर्ने, पालिका तहका शैक्षिक योजना निर्माणमा शिक्षकका पेशागत संघ संगठनको अनिवार्य प्रतिनिधित्व गराइनु पर्ने लगायतका माग राखेर धर्ना दिएका हुन्।

आइपुग्यो आठ लाख डाेज खोप, ६० वर्षमुनि उमेर समूहका मानिसलाई प्राथमिकता

कोरोना भाइरसविरुद्धको ‘भेरोसेल’ खोप नेपाल आइपुगेको छ। चीनबाट खरीद गरिएको खोप नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाजमार्फत आज बिहान ६ बजे नेपाल आइपुगेको हो। बिहीबार साँझ उक्त जहाज खोप लिनका लागि चीनतर्फ गएको थियो।

‘खोप लगाऊ, व्यवसाय खोल्न देऊ’

कोभिड–१९ का कारण लगाइएको लकडाउन तथा निषेधाज्ञाका कारण पर्यटनसँग सम्बद्ध होटल तथा रेस्टुरेन्टहरू थला परेकाले यसको पुनरुत्थान गर्ने एउटा मात्र विकल्प भनेको कोरोना खोप भएको उनीहरूको भनाइ छ।

‘खोप लगाएर व्यवसाय खोल्न देउ’

पर्यटनसँग सम्बद्ध यहाँका दुई संस्थाले कोरोनाबिरुद्धको खोप उपलब्ध गराउन प्रदेश सरकारसँग माग गरेका छन् ।

भक्तपुरमा भेरोसेलको दोस्रो मात्रा : खोप लगाउन २८ किलोमिटर यात्रा

उनले खोप अभियान चलिरहँदा बुधबारमात्र ६७ जना काठमाडौं ठेगाना भएका सेवाग्राही भएको बताए। ‘किन भनेर पनि सोधेँ, त्यो क्रममा उहाँहरुले काठमाडौंमा धेरै भीड छ, त्यहाँ बस्दा पालो नआउने भएपछि आएको बताए।’ इन्चार्ज साहले भने।

ललितपुरमा भेरोसेल खोपको दोस्रो मात्रा शुक्रबार र शनिबार लगाइँदै

मुलुकमा फैलिरहेको कोरोना महामारीबाट जोगाउन पहिलो मात्राको खोप लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई यही असार २५ र २६ गते उक्त कार्यक्रम गर्न लागिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्