५ आश्विन २०८१ शनिबार
image/svg+xml

खोप खरिदमा अनियमितता गर्नेहरुमाथि कडा कारबाही गर्न सरकारलाई निर्देशन

संसदीय समितिले कोभिड-१९विरुद्धको खोप खरिदमा अनियमितता गर्नेहरुमाथि कडा कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ।

खोप पाउन सधैं सास्ती (फोटो फिचर)

कोरोना भाइरस संक्रमण विरुद्ध साउन ४ गतेसम्म भेरोसेलको पहिलो मात्रा लगाएका व्यक्तिहरुका लागि सोमबारदेखि दोश्रो डोज खोप लगाउन थालिएको छ । पोखरा महानगरपालिकाभित्रका केन्द्रमा खोप लगाउन पुगेका नागरिकको भीडभाड रहेको छ ।

पहिला खोप, अनि मात्र पर्यटन पूर्वाधारमा ध्यान: व्यवसायी

सरकारको न्यूनतम साझा कार्यक्रमले पर्यटन पूर्वाधारमा जोड दिने बताए पनि अहिले पर्यटन क्षेत्रको आधारभूत समस्या कोरोनाविरुद्वको खोप भएको व्यवसायीको भनाइ छ। खोपको व्यवस्था भए विदेशी नागरिकलाई नेपाल सुरक्षित भएको महसुस गराउन सकिने जनाउँदै व्यवसायीले आश्वासनभन्दा व्यवहारिक पक्ष हेर्न सरकारलाई आग्रह गरेका छन्।

वडाका ३ स्थानमा भेरोसेल खोपको व्यवस्था गर्न स्थानीयको माग

काठमाडौंका स्थानीयवासीले वडाका ३ वटा स्थानमा भेरोसेल खोपको दोस्रो डोजको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

जापानबाट आइपुग्यो ३ लाख डोज खोप, कसले पाउँछन् ?

कोभ्याक्स परियोजनामार्फत जापान सरकारले नेपाललाई दिएको कोभिड १९ विरुद्धको खोप नेपाल आइपुगेको छ।

जतिसक्दो चाँडो सबै नागरिकलाई खोप उपलब्ध गराउनुपर्छ : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले जनजीवनलाई सामान्य बनाउन जतिसक्दो चाँडो सबै नागरिकलाई कोभिडविरुद्ध खोप उपलब्ध गराउनुपर्ने बताएकी छन्।

चीनले विश्वलाई दुई अर्ब डोज कोरोनाविरुद्धको खोप सहयोग गर्ने

चीनले यसै वर्षभित्रमा विश्वका विभिन्न देशलाई कम्तीमा पनि दुई अर्ब डोज कोरोना भाइरसविरुद्धको खोप सहयोग दिने भएको छ।

महानगरका ३२ वटै वडामा भेरोसेलकाे दोस्रो मात्रा लगाउन खोप केन्द्र

महानगरका स्वास्थ्य विभाग प्रमुख करिबहादुर कुँवरका अनुसार खोप लगाउन आउँदा पहिलोपटक लगाएको कार्डसहितको विद्युतीय दर्ता नम्बर लिएर आउनुपर्ने र पहिलो खोप लगाएको २१ दिन पुगेको हुनुपर्ने व्यवस्था गरिएको छ।

विद्युतीय खोप प्रमाणपत्र: प्रक्रिया झन्झटिलो बनाइएपछि चर्काे आलोचना

स्वास्थ्य सेवा विभागबाट उपलब्ध हुने क्युआर कोडसहितको प्रमाणपत्र प्राप्त गर्न मन्त्रालयको वेबसाइटमा गएर अनलाइन दर्ता गर्न सकिने व्यवस्था गरिएको छ। अनलाइन दर्ता गर्न असमर्थलाई यस्तो प्रमाणपत्र लिन राष्ट्रिय अनुसन्धान तथा तालिम केन्द्र, कीर्तिपुरमा ८ थरी कागजात पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।

खोप प्रमाणपत्रको खल्बली

कर्मचारी संयन्त्र किन जहिल्यै कागतको थुप्रोमात्र बढाउन चाहन्छ ? खोप लगाएको प्रमाणपत्र हेरेका भरमा क्युआर कोडसहितको प्रमाणपत्र बनाइदिन सकिन्छ। लम्बेतान कागज माग गरेर असजिलोमा पार्नुको अर्थ छैन। वास्तवमा खोप लगाउन थाल्दा खोप केन्द्रबाटै यस प्रयोजनका निम्तिसमेत मिल्ने गरी प्रमाणपत्र दिएको भए सहज हुन्थ्यो।

आठ लाख खोपको मात्रा यहि साता नेपाल आइपुग्ने

जापानमै उत्पादित कोभिड–१९ विरुद्धको सो खोपको पहिलो खेप शनिबार काठमाडौं आइपुग्ने काठमाडौँस्थित जापानी राजदूतावासले जनाएको छ। दोस्रो खेप आइतबार आइपुग्ने समेत बताइएको छ।

पहिलो मात्रा लगाईसकेका अर्घाखाँचीका २० हजार नागरिक दास्रो खोपको पर्खाइमा

पहिलो मात्रा लगाएको चार महिना बितिसके पनि ९ हजार एकसय २५ जनाले खोपको दोस्रो मात्रा लगाउन पाएका छैनन्।

भेरोसेलको दोस्रो मात्रा शुक्रबारदेखि लगाईने

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलेको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा आगामी शुक्रबारदेखि लगाउने निर्णय गरेको हो।

टाइफाइड मेरी र खोप पासपोर्ट

अपारदर्शी र धूर्ततवरले होइन, खोप पासपोर्टको विषयलाई तार्किकरूपमा सम्बोधन गर्न आवश्यक छ। त्यसो गर्दा आमसमुदायको समर्थन जुट्न सक्छ र सुरक्षित जीवनका लागि बाटो खुल्न सक्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्