२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

पहिलो मात्रा लगाईसकेका अर्घाखाँचीका २० हजार नागरिक दास्रो खोपको पर्खाइमा

भुमिकास्थान–९, ढिकुराका खिमप्रसाद चुँदालीले चैतको पहिलो साता भारतिय खोप ‘कोभिशिल्ड’ को पहिलो मात्रा लगाए। चार महिना बितिसक्दा पनि खोपको दोस्रो मात्रा लगाउन नपाएको उनले गुनासो गरे। मालारानी–७, बामरुकका ईन्द्रबहादुर खड्काले पहिलो चरणमा ‘भेरोसेल’ खोप लगाए। महिनौं बित्दासमेत खोपको दोस्रो मात्रा लगाउन नपाएकोमा दुःख व्यक्त गरे। ‘पहिलो मात्रा लगाएर के फाईदा?,उनले भने,‘दुई डोजनै लगाउन पाएको भए बल्ल सुरक्षित महसुस हुन्थ्यो।’

अर्घाखाँचीमा कोरोना विरुद्धको पहिलो मात्राको खोप लगाएका ९ हजार एकसय २५ जना कोभिसिल्ड र ११ हजार पाँचसय १ जना भेरोसेल खोपको पर्खाईमा छन्। जिल्लामा भारतीय खोप ‘कोभिशिल्ड’ को पहिलो मात्रा १२ हजार ९ सय ३४ जनाले लगाएका छन्। त्यसमध्ये ३ हजार आठसय ९ जनाले दोस्रो मात्रा लगाइ सकेका छन्।

पहिलो मात्रा लगाएको चार महिना बितिसके पनि ९ हजार एकसय २५ जनाले खोपको दोस्रो मात्रा लगाउन पाएका छैनन्। चाईनिज खोप ‘भेरोसेल’ को पहिलो मात्रा १४ हजार ६ सय ३३ जनाले लगाइ सकेका छन् भने ३ हजार एकसय ३२ जनाले दोस्रो मात्रा पनि लगाएका छन्। ११ हजार पाँचसय १ जना अहिले पनि दोस्रो मात्राको खोपको पर्खाइमा छन्।  

अमेरिकी खोप ‘जोन्सन एण्ड जोन्सन’ ९ हजार पाँचसय ५० जनाले लगाएका छन्। अर्घाखाँचीमा १ लाख १४ हजार ७ सय पाँच जना १८ वर्षभन्दा माथिका नागरिक छन्।  तीमध्ये अहिलेसम्म ३६ हजार सातसय १७ जनाले कोरोना विरुद्धको भ्याक्सिन लगाएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सूचना अधिकारी विजय बरालले जानकारी दिए।

प्रकाशित: २० श्रावण २०७८ १३:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App