१५ वैशाख २०८१ शनिबार
image/svg+xml

सगरमाथाको उचाइमा हिउँको गहिराइ कति

सगरमाथा चुचुरोमा हिउँको गहिराइ कति होला भन्ने विषय सधैं चासोमा पर्दै आएको छ। यसअघिका अध्ययन नतिजा असंगत र अनिश्चित रहँदा विश्वको सबैभन्दा दुर्गम र उच्चतम स्थानको हिउँको गहिराइ यकिन हुन सकेको थिएन।

कसरी भयो सगरमाथाको उचाइ मापन ?

२०७६ जेठ ८ गते बिहान ३ वजे नापी विभागका दुई कर्मचारी खिमलाल गौतम र रविन कार्की सगरमाथाको चुचुरोमा पुगे। ४२ दिनअघि सगरमाथाको उचाइ नाप्ने जिम्मेवारीसहित त्यसतर्फ लागेका उनीहरूका लागि ऐतिहासिक दिन थियो।

सरकारको ढिलासुस्ती, सगरमाथा मापन गर्ने टोलीले अझै पाएन पुरस्कार रकम

सर्वोच्च शिखर सगरमाथाको उचाई मापन नेपाली प्राविधिक टोलीले सम्पन्न गर्यो। २०७२ को भूकम्पपछि सगरमाथाको उचाईमा बदलाव आएको हुनसक्ने अनुमान गरिएको थियो। अनुमान जस्तै सगरमाथाको उचाई केही बढेको पाइयो।

सगरमाथाको उचाइ अब ८८४८.८६ मिटर

नेपालले आफैं गरेको मापनमा विश्वको सबैभन्दा अग्लो चुचुरो सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको छ। अब सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ दशमलव ८६ मिटर कायम भएको हो। मंगलबार नेपाल र चीनले एकै पटक सगरमाथाको नयाँ उचाइबारे औपचारिक घोषणा गरेका छन्।

सगरमाथाको नयाँ उचाई ८८४८. ८६ मिटर

सगरमाथाको उचाई थोरै बढेको छ। नेपाल र चीनका परराष्ट्रमन्त्रीले संयुक्तरुपमा सार्वजनिक गरेको नयाँ उचाई अनुसार सर्वोच्च शिखर सगरमाथाको उचाई ८८४८. ८६ मिटर रहेको छ।

सगरमाथाको उचाइ थोरै बढ्यो

नेपालले आफै गरेको मापनमा विश्वको सबैभन्दा अग्लो चुचुरो सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटरभन्दा घटेको पाइएन।

सगरमाथाको उचाइ नेपाल र चीनले एकैपटक सार्वजनिक गर्ने

करिब २ वर्षअघि नापी विभागले सगरमाथाको मापन सुरु गरेको थियो। यसका लागि सुशील डंगोलको संयोजकत्वमा सगरमाथा मापन सचिवालय टोली गठन गरिएको थियो। सचिवालयले गत असारमै रिपोर्ट तयार पारेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्