८ वैशाख २०८१ शनिबार
समाज

सरकारको ढिलासुस्ती, सगरमाथा मापन गर्ने टोलीले अझै पाएन पुरस्कार रकम

सगरमाथा मापन गर्न जाने टोलीको विदाई पछि प्रधानमन्त्री निवासमा लिइएको सामूहिक तस्बिर।

सर्वोच्च शिखर सगरमाथाको उचाई मापन नेपाली प्राविधिक टोलीले सम्पन्न गर्यो। २०७२ को भूकम्पपछि सगरमाथाको उचाईमा बदलाव आएको हुनसक्ने अनुमान गरिएको थियो। अनुमान जस्तै सगरमाथाको उचाई केही बढेको पाइयो। यस अघि मानिदै आएको ८८४८ मिटर भन्दा थोरै ८६ सेन्टिमिटर बढेर अब सगरमाथाको उचाई ८८४८.८६ मिटर भएको छ। सगरमाथाको उचाई मंगलबार नेपाल र चीनले संयुक्तरुपमा सार्वजनिक गरेका थिए।

सरकारको यो मिसन सफल बनाउने युवा इन्जिनियर थिए प्रमुख नापि सर्भेयर खिमलाल गौतम र रवीन कार्की। उनीहरुलाई साथ दिएका थिए सर्भेयर सुरजसिंह भण्डारी र अमिन युवराज धितालले।  

गौतम निजामति कर्मचारीको तर्फबाट सगरमाथाको चुचुरोमा पुग्ने पहिलो व्यक्तिसमेत हुन्। सरकारले सगरमाथाको नयाँ उचाई लिने भनेसँगै उनी दोस्रो पटक चुचुरोमा पुगेका थिए।  

 सगरमाथाको उचाई मापन गरेको दुई वर्ष भएर सार्वजनिक भइसक्दा पनि उनीहरुले उक्त रकम पाउन सकेका छैनन। मंगलबार सगरमाथाको उचाई सार्वजनिक गर्ने कार्यक्रममा उनीहरुलाई प्रसंशापत्र दिइए पनि पुरस्कार स्वरुप दिने भएको नगद भने दिइए।  

उक्त टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटर स्थिति निवासमा २०७५ चैत २७ गते विदाई गरेका थिए। सगरमाथा मापनमा जानु अघि उनीहरुलाई प्रोत्साहन पुरस्कार स्वरुप १०/१० लाख दिने घोषणासमेत गरिएको थियो। चुचुरोमा पुग्ने गौतम र कार्कीलाई १०/१० लाख तथा वेश क्याम्पमा रहने सुरज र युवराजलाई ५/५ लाखसहित पुरस्कृत गर्ने निर्णय गरिएको थियो।  

तर सगरमाथाको उचाई मापन गरेको दुई वर्ष भएर सार्वजनिक भइसक्दा पनि उनीहरुले उक्त रकम पाउन सकेका छैनन। मंगलबार सगरमाथाको उचाई सार्वजनिक गर्ने कार्यक्रममा उनीहरुलाई प्रसंशापत्र दिइए पनि पुरस्कार स्वरुप दिने भएको नगद भने दिइए।  

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सगरमाथाको उचाई मापनमा सहभागि टोलीको पुरस्कारको प्रस्ताव बनाएर पठाइसकिएको बताइन्। 'उहाँहरुलाई दिने भनेर घोषणा गरेको पुरस्कार रकमको प्रस्ताव बनाएर अर्थमन्त्रालयमा पठाइसकिएको छ', मन्त्री अर्यालले नागरिक न्यूजसँग भनिन्, 'अर्थबाट प्रस्ताव पास भएपछि उहाँहरुले उक्त रकम पाउनुहुन्छ।'

सगरमाथाको मापनका क्रममा हिँउले गौतमको खुट्टाका औंला खाएको थियो। मापन कार्य सकेर फर्केलगत्तै उनीहरुलाई नर्भिक अस्पतालमा उपचारसमेत गर्नु परेको थियो।  

गौतम र कार्की चुचुरोमा पुगेका थिए भने भण्डारी र धितालले उनीहरुलाई वेसक्याम्पबाट सहयोग गरेका थिए। नेपाल माउन्टेन एकेडेमीका प्रशिक्षक छिरिङजाङ्बु शेर्पाले उनीहरुलाई हिमालमा गाइड गरेका थिए।

गौतमको टोलीले  १ महिना भन्दा बढि समय लगाएर सगमाथाको उचाई लिएको थियो। ०७६ जेठ ८ गते उनीहरु शिखरमा पुगेका थिए। उनीहरुले मापनको क्रममा १ घन्टा १६ मिनेट शिखरमा बिताएका थिए।

सन् १९५४ मा भारतीय सर्भेयरले सगरमाथाको मापन गरेका थिए। भारतीय सर्भेयरले सगरमाथाको उचाई ८८४८ मिटर रहेको तथ्य सार्वजनिक गरेपछि नेपालले त्यसलाई आधिकारिक मान्दै आएको थियो। त्यसको ६४ वर्षपछि नेपालले आफ्नै प्राविधिकबाट सगरमाथाको उचाई मापन गरेको हो।

सन् १९९९ मा न्यास्नल जिओग्राफिक सोसाइटीले सगरमाथाको उचाइ ८,८५० मिटर रहेको बताएको थियो तर त्यसलाई नेपालले मान्यता दिएको थिएन।  

 

 

 

 

 

 

प्रकाशित: २६ मंसिर २०७७ १०:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App